कोरोनाले ८८ हजारको ज्यान लियो, १५ लाखभन्दा बढी संक्रमित (अपडेट)

काठमाडौँ : कोरोना भाइरस संक्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको संख्या ८८ हजार ४०३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट विश्वभर ६ हजार ४ सय जनाको मृत्यु भएको छ ।
पछिल्लो विवरण अनुसार संसारभर १५ लाख १३ हजार २४३ जना कोरोना भाइरसबाट संक्रमित भएको विवरण सार्वजनिक भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर ८३ हजार ९३३ संक्रमण पुष्टि भएको छ ।
चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई सर्तकता अपनाउन आग्रह गरेको छ ।
कोरोना भाइरसका कारण अमेरिका, फ्रान्स, इटाली र स्पेनमा भयावह स्थिति उत्पन्न भएको छ ।
कोरोना भाइरसबाट इटालीमा १ लाख ३९ हजार ४२२ कुल संक्रमित भएका छन् भने १७ हजार ६६९ को मृत्यु भएको छ । २६ हजार ४९१ निको भएर फर्किएका छन् ।

स्पेनमा एक लाख ४८ हजार २२० कुल संक्र्रमित भएका छन् भने १४ हजार ७९२ को मृत्यु भएको छ । यसैबीच ४८ हजार दुई सय २१ निको भएका छन् ।
अमेरिकामा ४ लाख २७ हजार ७९ कुल संक्रमित भएका छन् भने १४ हजार ६६५ को मृत्यु भएको छ । २२ हजार ३१४ निको भएका छन् ।
फ्रान्समा एक लाख १२ हजार ९५० कुल संक्रमित भएका छन् भने १० हजार ८६९ को मृत्यु भएको छ । २१ हजार २५४ निको भएका छन् ।
बेलायतमा अहिलेसम्म ६० हजार ७३३ कुल संक्रमित भएका छन् भने ७ हजार ९७ को मृत्यु भएको छ ।
इरानमा ६४ हजार ५८६ संक्रमित भएका छन् भने ३ हजार ९९३ को मृत्यु भएको छ । २९ हजार ८१२ निको भएका छन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments