वासिङ्टन : अमेरिकी राष्ट्रपति पदका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका तर्फबाट पूर्वउपराष्ट्रपति जोय बिडेनबीच प्रतिस्पर्धा हुने भएको छ । डेमोक्रेटिक पार्टीका प्रतिस्पर्धी बर्नी स्यान्डर्सले आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि बिडेन उम्मेदवार बन्ने बाटो खुलेको हो ।
स्यान्डर्सले कोरोना भाइरसको महामारीले पूरै विश्वका साथै अमेरिकालाई पनि आक्रान्त पारेको जनाउँदै राष्ट्रपतीय निर्वाचनमा सहभागी नहुने घोषणा गरेपछि बिडेनलाई राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्ने बाटो खुलेको हो ।
मत सर्वेक्षणमा बिडेनसँग पछाडि रहेको र व्यवहारिक रुपमा जित असम्भव नरहेकाले आफू पछि हटेको स्यान्डर्सले बताएका छन् । डेमोक्रेटिकभित्रको मत विभाजनमा बिडेनको पक्षमा एक हजार दुई सय १७ र स्यान्डर्सको पक्षमा नौ सय १४ उभिएका थिए । बिडेनको पक्षमा टेक्सस, नर्थ क्यारोलिनालगायत ठूला राज्यमा ठूलो जमात देखा परेको थियो । राष्ट्रपति उम्मेदवार बन्न दुई हजार तीन सय दुईको समर्थन अनिवार्य हुनुपर्ने प्रावधान छ ।
आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्प र बिडेनबीच प्रतिष्पर्धा हुने लगभग निश्चित भएको छ ।
Previous Article
कोरोनाले ८८ हजारको ज्यान लियो, १५ लाखभन्दा बढी संक्रमित (अपडेट)
Next Article