अन्तर्राष्ट्रिय Archives | Page 36 of 36 | नेपालमाला

 

काबुल हत्याको निन्दा   

काबुल : अफगानिस्तानमा कार्यरत संयुक्त राष्ट्रसंघीय मिसनमाथि भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । काबुलमा भएको बम हमलामा परी अफगानिस्तानमा कार्यरत राष्ट्रसंघीय मिसनका कर्मचारीको निधन भएको थियो । उक्त हमलाको निन्दा गर्दै संयुक्त राष्ट्रसंघले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा…

न्युजिल्याण्डमा भूकम्प, हजारौ विस्थापित

विलिङटन :  न्युजिल्याण्डमा आइतबार बिहान ५.९ म्याग्नीच्युडको भूकम्प आएको छ । देशको उत्तरी क्षेत्रमा आएको भूकम्पपछि हजारौं व्यक्ति विस्थापित भएका छन् । स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार भूकम्पपछि आइतबार मध्याह्नसम्ममा ५ हजार भन्दा बढी विस्थापित भएका थिए । भूकम्पका कारण कति…

कङ्गोमा विमान दुर्घटना, २३ को मृत्यु

गोमा :  आइतबार कङ्गोमा भएको विमान दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको उद्धारकर्मीहरूले जनाएका छन् । विमानले धावन मार्गबाट उडान भरेको केही समयभित्रमा नै विमानमा प्राविधिक समस्या आएर प्रजातान्त्रिक गणतन्त्र कङ्गोको घना वस्तीमा खसेको थियो । विमानमा दुई चालका…

तालिवानसँग सम्झौताका लागि पहल जारी : ट्रम्प   

वासिङ्टन  :   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानी तालिवान समूहसँग वार्ता सुरू भएको बताउनुभएको छ । शुक्रबार अमेरिकी समाचार संस्था ‘फक्स न्यूज’ को ‘फक्स एण्ड फ्रेन्ड्स’ कार्यक्रमका लागि दिएको अन्तवार्तामा उहाँले भन्नुभयो, “हामीले तालिवान समूहसँग सम्झौताका लागि वार्ता गरिरहेका छौँ ।…

भाइ राष्ट्रपति दाजु प्रधानमन्त्री

काठमाडौं : श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षेले प्रधानमन्त्रीमा आफ्ना दाजुको नाम प्रस्ताव गरेका छन्। प्रधानमन्त्री रणिल विक्रमासिंघेले राजीनामा दिएपछि उनले यस्तो घोषणा गरेका हुन्। प्रधानमन्त्री रणिल विक्रमासिंघेले राजीनामा गरेपछि महिन्दाले उक्त जिम्मेवारी पाएका छन्। हाल प्रतिपक्षी नेता रहेका महिन्दाले बिहीबार औपचारिक रूपमा…

ब्रेक्जिटमा ढिलाई भएको भन्दै बेलायती प्रधानमन्त्रीद्वारा जनतासँग क्षमा याचना  

लण्डन : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अक्टोबर ३१ मा नै यूरोपेली यूनियन (इयू) बाट बाहिरिने भनी गरेको प्रतिज्ञा पूरा गर्न नसकेकोमा बेलायती जनतासँग आइतबार क्षमा याचना गर्नुभएको छ । त्यस्तै ब्रेक्जिट अभियानका अर्का नेता निगेल फारेजले आगामी महिना हुने आम…