गोवा : भारतमा कोरोनाभाइरस विरुद्धको आयुर्वेदिक उपचारलाई वैज्ञानिक रुपमा प्रमाणित गर्न कार्यदल गठन गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले नै कार्यदल गठन गरेर आयुर्वेदिक उपचार पद्धतिबाट कोरोनाभाइरसको उपचार हुन्छ की हुँदैन परीक्षण गर्न र वैज्ञानिक रुपमा पुष्टि गर्न निर्देशन दिनु…
कोरोनाका चार लाख बढी संक्रमित निको भए
जेनेभा : कोरोना भाइरस (कोभिड–१९) का चार लाखभन्दा बढी संक्रमित निको भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर चार लाख दुई हजार दुई सय ७० संक्रमित निको भइसकेका छन् । अहिलेसम्म विश्वभर १७ लाखभन्दा धेरै मानिस संक्रमित…
कोरोनाको औषधी परीक्षण सकारात्मक
न्युयोर्क : विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमित बिरामीहरूमा गरिएको एउटा औषधीको प्रारम्भिक परीक्षणले उत्साहजनक नतिजा देखाएको छ । अमेरिकी औषधी निर्माता कम्पनी गिलियड साइन्सेसका अनुसार कोरोना भाइरसबाट संक्रमित ५३ जना बिरामीमा गरिएको औषधीको परीक्षणले सकारात्मक परिणाम दिएको बताइएको…
अमेरिकामा कोरोनाबाट मर्नेको संख्या २० हजार नाघ्यो
न्युयोर्क : अमेरिकामा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको छ । विश्वभर १७ लाख ७८ हजार २१० जना संक्रमित हुँदा अमेरिकामा मात्रै ५ लाख ३२ हजार ९२ जना संक्रमित भेटिएको छ । शनिबार मात्रै २९ हजार २१६ जना नयाँ संक्रमित…
दुई हप्ताका लागि लकडाउन अवधि थप्ने तयारी गर्दैछौं : केजरीवाल
नयाँ दिल्ली : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरसको सङ्क्रमण भारत विभिन्न राज्यमा फैलिने क्रममा कमी नआएपछि दुई हप्ताका लागि बन्दाबन्दी (लकडाउन) को अवधि थप्ने तयारीमा रहेको भारतीय अधिकारीहरूले बताएका छन् । प्रधानमन्त्रीले राज्य सरकारका मन्त्रीहरूसँग भिडियो सम्मेलनमार्फत शनिबार वार्ता गरेपछि…
इटालीमा २१ दिन लकडाउन थपियो
काठमाडौं : इटालीमा लकडाउनको समय २१ दिन लम्ब्याइउको छ । अब इटालीमा मे ३ सम्म लकडाउन हुनेछ । इटालीका प्रधानमन्त्री गिउसेपे कोन्टेले मुलुकमा जारी रहेको लकडाउनको समय मे ३ सम्मका लागि बढाउने निर्णय गरेका हुन् । इटालीमा मार्च ९ मा…
गर्मीमा रोकिन्छ त कोरोना महामारी, के भन्छन् बैज्ञानिक ?
लन्डन : गर्मी मौसमले कोरोना भाइरस फैलिन रोक्न सक्छ भन्ने धारणा बिस्तारै सेलाउँदै गएको छ। महामारी बनेर फैलिएको उक्त भाइरस अहिले विश्वका लगभग सबै क्षेत्रमा पुगिसकेको छ। तर के नयाँ अनुसन्धानमा आशाको कुनै संकेत हुन सक्छ? चीनबाट फैलिएको विश्वास गरिएको…
कोरोनाबाट एकै दिन सात हजार बढीको ज्यान गयो, मृत्यु हुनेको संख्या एक लाख नाघ्यो
काठमाडौं : कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ७ हजार ९ जनाको ज्यान गएको छ । तथ्यांक अनुसार सबैभन्दा धेरै अमेरिकामा दुई हजार ४३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ । काेराेनाका कारणा एकै दिनमा एउटै देशमा यति धेरैले ज्यान…
अमेरिकामा एकै दिन दुई हजारको मृत्यु
न्युयोर्क : कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै दुई हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । २४ घण्टामा विश्वभर ७ हजार ९ जनाले ज्यान गुमाउँदा अमेरिकामा दुई हजार ४३ जनाको मृत्यु भएको छ । तथ्यांक अनुसार यो अहिलेसम्म एउटै…
भारतको लकडाउन लम्बिन सक्छ : मुख्यमन्त्री रावत
देहरादुन : भारतमा लगाइएको देशव्यापी २१ दिने लकडाउन लम्बिन सक्ने एक मुख्यमन्त्रीले शुक्रबार बताउनुभएको छ । उत्तराखण्डका मुख्यमन्त्री त्रिबेन्द्र सिंह रावतले कोरोना भाइरस विरुद्धको लडाईलाई सफल पार्न लकडाउन लम्बिनसक्ने बताउनुभएको हो । “भारतका सवै राज्यहरुले लकडाउनलाई पूर्णरूपमा कार्यान्वयन गराएका छन्,…
ओलम्पिक अर्को वर्ष पनि अनिश्चित
टोकियो : जापानमा हुने तय भएको टोकियो ओलम्पिक प्रतियोगिता निर्धारित समयभन्दा एक बर्ष पछाडि पनि हुनेमा आशंका व्यक्त गरिएको छ । टोकियो ओलम्पिकका प्रमुख कार्यकारी अधिकृत तोशिरो मुटोले अर्को बर्षपनि ओलम्पिक हुन्छ भन्ने सुनिश्चित गर्न नसकिने बताउनुभएको हो । विश्वभरी…
कोरोनाको उपचारमा मलेरियाको औषधिको परीक्षण शुरु
वासिङ्टन डिसी : अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच) ले बिहीबार मलेरिया (औलो) रोगको उपचारमा प्रयोग हुने हाइड्रोक्सीक्लोरोक्विनलाई कोरोनाभाइरसको उपचारका लागि परीक्षण गर्न औपचारिक अनुमति दिएको घोषणा गरेको छ । दी हिलमा छापिएको एक रिपोर्टका अनुसार टेनिसी राज्यको नेस्भिलस्थित भ्यान्डरबिल्ट विश्वविद्यालय…
अमेरिकामा एक करोड ६८ लाखले रोजगारी गुमाए
न्यूयोर्क : कोरोनाभाइरस महामारीका कारण उद्योग व्यवसाय बन्द भएपछि संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुगेको छ । विश्व अर्थतन्त्रलाई नै घुँडा टेकाउन लागेको कोरोनाभाइरसका कारण अमेरिका सहित विश्वका धेरै देश बन्दाबन्दी (लकडाउन) को अवस्थामा छन् ।…
कोरोनाबाट मर्नेको संख्या ९५ हजार नाघ्यो
जेनेभा : विश्व महामारी कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ९५ हजार ७६६ पुगेको छ। त्यस्तै हालसम्म १५ लाख ९५ हजार ३५० जनामा संक्रमण पुष्टि भइसकेको छ। संक्रमितमध्ये ३ लाख ५४ हजार ६ जना निको भइसकेको जोन्स हप्किन्स…
४० करोड भारतीय गरिबीमा फस्दैछन् : आईएलओ
वासिंटन : संयुक्त राष्ट्रसंघीय श्रम संगठन (आईएलओ) ले हालै प्रकाशित गरेको रिपोर्ट अनुसार संसारभर करिब २ अर्ब मानिसलाई कोरोना महामारीले प्रभावित पार्ने देखिएको छ । यसअघि नै महामारीले दशौँ लाख मानिसको रोजगारी जोखिममा परिसकेको बताइएको छ । राष्ट्रसंघीय रिपोर्ट अनुसार…
ट्रम्पलाई बिडेनको चुनौती !
वासिङ्टन : अमेरिकी राष्ट्रपति पदका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका तर्फबाट पूर्वउपराष्ट्रपति जोय बिडेनबीच प्रतिस्पर्धा हुने भएको छ । डेमोक्रेटिक पार्टीका प्रतिस्पर्धी बर्नी स्यान्डर्सले आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि बिडेन उम्मेदवार बन्ने बाटो खुलेको हो । स्यान्डर्सले कोरोना…
कोरोनाले ८८ हजारको ज्यान लियो, १५ लाखभन्दा बढी संक्रमित (अपडेट)
काठमाडौँ : कोरोना भाइरस संक्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको संख्या ८८ हजार ४०३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट विश्वभर ६ हजार ४ सय जनाको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार संसारभर १५ लाख १३ हजार २४३ जना कोरोना…
