काठमाडौँ : नेपाली क्रिकेटका ‘ग्लोबल आइकन’ सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) टी ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने हुनुभएको छ । होबर्टले आज विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको उहाँका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभयो । सम्झौता रकम भने…
दोस्रो मैत्रीपूर्ण खेल बराबरी : बंगलादेशलाई शृंखला
काठमाडौं : पाहुना टोली नेपालसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल शृंखला बंगलादेशले जितेको छ । मंगलबार भएको दोस्रो मैत्रीपूर्ण खेल बराबरीमा सकिएपछि बंगलादेशले शृंखला १–० ले जितेको हो । पहिलो खेलमा बंगलादेशसँग नेपाल २–० गोलले पराजित भएको थियो । ढाकास्थित बंगबन्धु रंगशालामा…
अनलाइन करातेमा नेपालका चार खेलाडीलाई स्वर्ण
काठमाडौं : सोतो कप इन्टरनेसनल अनलाइन कराते च्याम्पियनसिपमा नेपालका चार खेलाडीले स्वर्ण जितेका छन् । च्याम्पियनसिपमा खेलाडी एवं प्रशिक्षक रवीन्द्र मानन्धर, नीता आचार्य, सञ्जु देसार र मनिष कार्कीले स्वर्ण जितेका हुन् । क्यानडा कराते संघको आयोजनामा भएको च्याम्पियनसिपको ४० वर्ष…
नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल आज
काठमाडौँ : बंगलादेशको निमन्त्रणामा ढाकामा रहेको नेपाली फुटबल टोलीले मंगलबार दोस्रो मैत्रीपूर्ण खेल खेल्न लागेको छ । बंगलादेशस्थित बंगबन्धु रंगशालामा दोस्रो मैत्रीपूर्ण खेल हुन लागेको हो । खेल अपराह्न पौने ५ बजे सुरु हुनेछ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल…
बंगलादेशसँग नेपाल पराजित
काठमाडौं : पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । बंगलादेशको ढाकामा शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग २–० गोलले पराजित भएको हो । बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशलाई जित दिलाउन मोहमद नाविब जीवन र मबुबुर रहमानले…
जुडो क्लबलाई पन्ध्र लाखको सहयोग
काठमाडौं : सोलुखुम्बुको एभरेष्ट जुडो क्लबलाई १५ लाख बराबरको खेल सामाग्री प्रदान गरिएको छ । सोलुखुम्बुकै खुम्जुङमा तालिम केन्द्र स्थापना गर्न ५० थान म्याट र १ सय ३१ थान गी प्रदान गरिएको नेपाल जुडो संघका महासचिव समेत रहेका क्लबका संस्थापक…
काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो : स्टेफिनो पपुलर खेलाडी
काठमाडौं : काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा मलेसियाका स्टेफिनो एटम पपुलर खेलाडी बनेका छन् । युट्युवमा सबैभन्दा बढी भ्यु प्राप्त उनको भिडियोले सबैभन्दा बढी लाइक पाएको प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए । पपुलर खेलाडी बनेका एटमले दुई…
मैत्रीपूर्ण फुटबल : बंगलादेशलाई हराउने दाबी
काठमाडौं : कोरोना भाइरस महामारीका कारण लामो समय विश्राममा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले शुक्रबार बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दै छ । ढाकाको बंगबन्धु रंगशालामा हुने खेलमा नेपालको लक्ष्य जित रहेको टोलीका प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् । एक साताअघि…
जोमासा स्पोर्ट्स क्लबको उद्घाटन
काठमाडौं : कीर्तिपुर–२, ट्याङ्लाफाँटमा नेपाल जोमासा स्पोर्ट्स क्लब सञ्चालनमा आएको छ । नेपालमा जोमासा मार्सल आर्ट्सको विकास र विस्तार गर्ने उद्देश्यसहित स्पोर्ट्स क्लबको शुभारम्भ गरिएको हो । स्पोर्ट्स क्लबको बिहीबार एक कार्यक्रम आयोजना गरी उद्घाटन गरिएको थियो । स्पोर्ट्स क्लबको…
आईपीएल क्रिकेट : मुम्बईलाई पाँचौं उपाधि
दुबई : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । मंगलबार राति दुबईमा भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई पाँच विकेटले पराजित गर्दै मुम्बईले उपाधि जितेको हो । दिल्लीले दिएको एक सय ५७ रनको लक्ष्य मुम्बईले १८.४ ओभरमा पाँच…
नवौँ राष्ट्रिय खेलकूदका लागि कोरोना चुनौती : सिलवाल
कास्की : राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आगामी फागुन अन्तिम साता गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता तोकिएको मितिमा आयोजना गर्न कोरोना सङ्क्रमण चुनौतीका रुपमा रहेको बताउनुभएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति तथा जिल्ला…
अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो : पाकानोन र चियानी उत्कृष्ट
काठमाडौं : काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा थाइल्यान्डका पाकानोन चान्चारान र सुरिनेमकी चियानी तिजिङहिनतोजी उत्कृष्ट खेलाडी भएका छन् । पाकानोन पुरुष र चियानी महलिातर्फ उत्कृष्ट खेलाडी घोषित भएका हुन् । च्याम्पियनसिपमा पाकानोनले छात्र १२ वर्षमुनिको प्रतिस्पर्धामा स्वर्ण जितेका थिए…
अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो : कमल र जितबहादुरलाई स्वर्ण
काठमाडौं : नेपालका कमल श्रेष्ठ र जितबहादुर बोटले ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । कमलले पुरुष ४० वर्षमुनि र जितबहादुरले पुरुष २९ वर्षमुनिको स्पर्धामा स्वर्ण जितेका हुन् । कमल गत मंसिरमा नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली…
क्रिकेट खेलाडीको वर्गीकरण परिमार्जन
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका पुरुष तथा महिला खेलाडीको वर्गीकरणमा परिमार्जन गरेको छ । यसअघि गरिएको खेलाडी वर्गीकरणको चौतर्फी विरोध भएपछि क्यानले केही खेलाडीको वर्गीकरण परिमार्जन गरेको हो । खेलाडी वर्गीकरण छनोट समितिले तयार गरेको नयाँ…
भर्चुअल तेक्वान्दो च्याम्पियनसिप सुरु : थाइल्यान्डका पाकानोनलाई स्वर्ण
काठमाडौं : थाइल्यान्डका पाकानोन चानथाराङ्सीले ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । शनिबारबाट सुरु भएको च्याम्पियनसिपको छात्र १२ वर्षमुनिको स्पर्धामा पाकानोनले स्वर्ण जितेका हुन् । उनले भारतका देवासिस दासलाई पछि पारे । यस स्पर्धामा मलेसियाका बालाजी तेक्वान्दो…
क्रिकेट टोलीको प्रशिक्षण मङ्सिर दोस्रो सातादेखि
काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आगामी मङ्सिर दोस्रो सातादेखि शुरु हुनेभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रशिक्षणका लागि राष्ट्रिय खेलकूद परिषद (राखेप) ले अनुमति दिएको जनाएको छ । राखेपबाट प्रशिक्षणको अनुमति पाएपछि छठ पर्वको लगत्तै प्रशिक्षण…
खड्कालाई मुवाथाइ संघको सम्मान
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागको सदस्यमा मनोनित उमेश खड्कालाई नेपाल राष्ट्रिय मुवा थाइ संघले शुक्रबार सम्मान गरेको छ । संघका उपाध्यक्षसमेत रहेका खड्कालाई शुक्रबार अध्यक्ष गणेशलाल कक्षपतिले खादा तथा सम्मानपत्रबाट सम्मान गरेका हुन् । संघको संस्थापक उपाध्यक्षसमेत रहेका…
