दुबई : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । मंगलबार राति दुबईमा भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई पाँच विकेटले पराजित गर्दै मुम्बईले उपाधि जितेको हो ।
दिल्लीले दिएको एक सय ५७ रनको लक्ष्य मुम्बईले १८.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले ६८ रन बनाए । यसैगरी इसन किसनले ३३, क्विन्टन डी ककले २० र सूर्यकुमार यादवले १९ रन बनाए । दिल्लीका एनरिच नोट्जेले दुई तथा कागिसो रबाडा र मार्कस स्टोइनिक्सले एक÷एक विकेट लिए ।
मुम्बईले आईपीएलको ट्रफी उचालेको यो पाँचौं पटक हो । मुम्बईले यसअघि सन् २०१३, २०१५, २०१७ र सन् २०१९ मा उपाधि जितेको थियो । अहिलेसम्म ६ पटक फाइनलमा पुगेको मुम्बईको पाँचौं उपाधि हो । सन् २०१० मा फाइनलमा पुगे पनि मुम्बई चेन्नई सुपर किङ्ससँग पराजित भएको थियो । दिल्ली भने पहिलो पटक फाइनलमा पुगेको हो । कोरोना भाइरसको महामारीका कारण यस पटक आईपीएलका खेल संयुक्त अरब इमिरेट्स (यूएई) मा सञ्चालन गरिएको थियो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले खराब सुरुवात गरेको थियो । टे«न्ट बोल्टको पहिलो बलमै मार्कस स्टोइनिक्सलाई गुमाएको दिल्लीले २२ रनमा तीन विकेट गुमाएको थियो । त्यसपछि कप्तान श्रेयर अ्यर र रिषभ पन्तले ९६ रनको साझेदारी गर्दै दिल्लीलाई सम्मानजनक योगफलतर्फ लगेका थिए । दिल्लीले सात विकेटको क्षतिमा एक सय ५६ रन जोडेको थियो ।
अ्यरले अविजित ६५ रन बनाए । यसैगरी पन्तले ३८ बलमा ५६ रन बनाए । प्रारम्भिक ब्याट्सम्यान शिखर धवनले १५ र अक्सर पटेलले नौ रन बनाए । मुम्बईका ट्रेन्ट बोल्टले तीन विकेट लिए । यस्तै नाथन कल्टर नाइलले दुई र जयन्त यादवले एक विकेट हात पारे ।
Previous Article
विश्वका घुम्नैपर्ने १० गन्तव्य सूचीमा अन्नपूर्ण सर्किट
Next Article

नेपालमाला
