खेल Archives | Page 40 of 62 | नेपालमाला

 

राम अवाले मार्काको दौडधूप : हिस्स बुढी खिस्स दाँत !

काठमाडौं : नागार्जुन नगरपालिकाको स्युचाटारमा वीर गणेशमान सिंह बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता आयोजनाको घोषणा भएदेखि नै नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले र उनी मार्काका केही व्यक्तिहरुको दौडधूप सुरु भयो । नागार्जुन बक्सिङ खेलकुद समितिको आयोजना र नागार्जुन नगरपालिकाको विशेष…

सातदोबाटो ए डिभिजन लिगमा बढुवा

काठमाडौं : सातदोबाटो युथ क्लब ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ । सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत शनिबार भएको खेलमा लिगको दोस्रो स्थानमा रहेको खुमलटार युवा क्लब श्रीभगवती क्लबसँग २–१ गोलले पराजित भएपछि शीर्ष स्थानमा रहेको सातदोबाटो दुई खेल अगावै…

एक करोड लगानीमा आईटीएफ तेक्वान्दो एकेडेमी

रामेछाप : रामेछापको खाडाँदेवी गाउँपालिकामा एक करोड ११ लाख रुपैयाँको लागतमा आईटीएफको राष्ट्रिय तेक्वान्दो एकेडेमी निर्माण भएको छ । खाँडादेवी गाउँपालिकास्थित गाल्पा बजारमा केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त लगानीमा एकेडेमी निर्माण भएको हो । एकेडेमीले दुई रोपनी…

गणेशमान सिंह स्मृति फुटसल : क्षेत्र नम्बर ४ लाई उपाधि

काठमाडौं : नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता गणेशमान सिंहको १०६औं जन्मजयन्तीका अवसरमा आयोजना भएको प्रथम गणेशमान सिंह स्मृति काठमाडौं क्षेत्रस्तरीय फुटसल प्रतियोगिताको उपाधि क्षेत्र नम्बर ४ ले जितेको छ । नेपाल तरुण दल काठमाडौं क्षेत्र नम्बर १ को आयोजनामा मध्यबानेश्वरस्थित…

गणेशमान सिंह बक्सिङ : चन्द्र र रमिसा उत्कृष्ट

काठमाडौं : बक्समान्डुका चन्द्र तामाङ र आरडीएसकी रमिसा श्रेष्ठ वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका छन् । चन्द्र पुरुष र रमिसा महिलातर्फ उत्कृष्ट बनेका हुन् । चन्द्रले मोटरसाइकल र महिलातर्फकी उत्कृष्ट खेलाडी रमिसाले स्कुटर प्राप्त…

गणेशमान सिंह बक्सिङको आज समापन : उत्कृष्ट खेलाडीले मोटरसाइकल र स्कुटर पाउने

काठमाडौं :  नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता गणेशमान सिंहको स्मृतिमा काठमाडौंको स्युचाटारमा सञ्चालन भएको वीर गणेशमान सिंह बागमती प्रदेश स्तरीय बक्सिङ प्रतियोगिता आज सकिँदै छ । फागुन १७ गतेबाट सुरु भएको प्रतियोगिताको शनिबार १४ वटै तौल समूहको फाइनल खेल हुने…

गणेशमान सिंह स्मृति बक्सिङ : सनिल र सुस्मिता फाइनलमा

काठमाडौं : ललितपुरका सनिल शाही र नक्सालकी सुस्मिता तामाङ वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको पुरुष ६४ केजी तौल समूहमा सनिलले धादिङका पवन गुरुङ र महिला ४८ केजीमा सुस्मिताले भक्तपुरकी अस्मिता…

गणेशमान सिंहको स्मृतिमा फुटसल

काठमाडौं : नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता गणेशमान सिंहको १०६औं जन्मजयन्तीका अवसरमा अन्तर क्षेत्र फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल तरुण दल काठमाडौं क्षेत्र नम्बर १ को आयोजनामा शनिबार मध्यबानेश्वरस्थित बानेश्वर रिक्रियसन सेन्टरमा हुने प्रतियोगितामा काठमाडौं जिल्लाका नौ…

गणेशमान सिंह बक्सिङ : आज सेमिफाइनलका खेल

काठमाडौं : वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताअन्तर्गत शुक्रबार सेमिफाइनलका खेल सञ्चालन हुने भएको छ । काठमाडौंको स्युचाटारमा जारी प्रतियोगितामा शुक्रबार १४ वटै तौल समूहको सेमिफाइनलका खेल सञ्चालन हुने आयोजक नागार्जुन बक्सिङ खेलकुद समितिले जनाएको छ । प्रतियोगिताको…

गणेशमान सिंह स्मृति बक्सिङ : रमिसा र माया सेमिफाइनलमा

काठमाडौं : आरडीएसकी रमिसा श्रेष्ठ र बोसिगाउँकी माया क्षत्री वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको महिला ४८ केजी तौलसमूहमा रमिसाले प्लाटिनमकी तेजीमाया गुरुङ र मायाले भक्तपुरकी करुणा चक्रधरलाई पराजित गर्दै अन्तिम…

आरबीबी–एनभीए राष्ट्रिय क्लब लिग भलिबल अर्को महिना

काठमाडौं : नेपाल भलिबल संघ (एनभीए) को आयोजना तथा राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) को मुख्य प्रायोजनमा पाँचौं आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगिता चैत १९ गतेदेखि हुने भएको छ । प्रतियोगिता बारे जानकारी दिन बिहीबार आयोजित…

गणेशमान सिंह बक्सिङको भव्य उद्घाटन : तेजीमाया र जानुका क्वार्टरफाइनलमा

काठमाडौं : प्लाटिनियमकी तेजीमाया गुरुङ र तारकेश्वर बक्सिङ क्लबकी जानुका थापा वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको महिला ४८ केजी तौल समूहमा तेजीमायाले चितवनकी कल्पना रावल र यही तौल समूहमा जानुकाले…

गणेशमान सिंह बक्सिङ : सनिल क्वार्टरफाइनलमा

काठमाडौं : ललितपुरका सनिल शाही वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको पुरुष ६४ केजी तौल समूहमा नक्सालका एबल थापालाई पराजित गर्दै सनिलले अन्तिम आठमा स्थान बनाएका हुन् । सनिल १३औं दक्षिण…

गणेशमान सिंह बक्सिङ सुरु : औपचारिक उद्घाटन बुधबार

काठमाडौं : वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ सोमबारदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन पुरुष ५२ केजीमा आइएमटीडिओका नारायण भुजेलले टीवाइसीका पदम शाही ठकुरी तथा बक्समान्डुका वाङदी शेर्पाले टीवाइसीका राजन भट्टलाई पराजित गरे । ५६ केजीमा…

गणेशमान सिंह बक्सिङ सोमबारदेखि

काठमाडौं : नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ सोमबारदेखि सुरु हुने भएको छ । यसअघि फागुन १९ देखि २२ गतेसम्म आयोजना गर्ने घोषणा गरिए पनि खेलाडीहरुको उत्साहजनक सहभागिताका कारण…

तेक्वान्दोको पुम्से सेमिनार तथा अभिमुखीकरण

काठमाडौं : काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा दोश्रो पुम्से सेमिनार तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको कार्यक्रम शनिबार सम्पन्न भएको हो । पुम्सेतर्फ दक्षिण कोरियाली तेक्वान्दो प्रशिक्षक क्वान योङ दलले प्रशिक्षण दिएका थिए…

मनास्लुद्वारा मन्डेकाजी सम्मानित

काठमाडौं : कराते खेलाडी मन्डेकाजी श्रेष्ठलाई चुच्चेपाटीस्थित मनास्लु वल्र्ड कलेजले शनिबार सम्मान गरेको छ । २०७६ साल मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण जित्दै देशको प्रतिष्ठा अभिबृद्धि गरेकोमा मन्डे सम्मानित भएका हुन् । सागको…