काठमाडौं : सातदोबाटो युथ क्लब ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ । सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत शनिबार भएको खेलमा लिगको दोस्रो स्थानमा रहेको खुमलटार युवा क्लब श्रीभगवती क्लबसँग २–१ गोलले पराजित भएपछि शीर्ष स्थानमा रहेको सातदोबाटो दुई खेल अगावै ‘ए’ डिभिजनमा उक्लिएको हो ।
खुमलटारले १० खेलबाट २२ अंक बनाएको छ । खुमलटारले अब एक खेल खेल्न बाँकी छ । उक्त खेल जिते पनि खुमलटारको २५ अंक हुनेछ । शीर्षस्थाको सातदोबाटोको नौ खेलबाट २५ अंक छ । यसअघिको खेलमा सातदोबाटोले खुमलटारलाई हराएकाले सातदोबाटो अबका खेलमा पराजित भए पनि ‘हेड टु हेड’का आधरमा च्याम्पियन बन्नेछ ।
खुमलटारले सुरुआती अग्रता जोगाउन नसक्दा हार खेपेको थियो । खुमलटारका लागि सविन केसीले सुरुआती गोल गरे । श्रीभगवतीका डोना थापा र आशिष श्रेष्ठले गोल गरेका थिए । जितसँगै श्रीभगवतीले १२ अंक बनाएको छ । यसैगरी शनिबार नै भएको अर्को खेलमा ब्वाइज युनियनलाई जित दिलाउन मिलन लिम्बूले ७२औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै ब्वाइज युनियनले १० खेलमा १७ अंक बनाएको छ । ब्वाइज युनियन चौथो स्थानमा छ । नौ अंक बनाएको टुसाल आठौं स्थानमा छ ।
Previous Article
दोस्रो चरणको खोप आजदेखि
Next Article

नेपालमाला
