गणेशमान सिंह स्मृति फुटसल : क्षेत्र नम्बर ४ लाई उपाधि

काठमाडौं : नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता गणेशमान सिंहको १०६औं जन्मजयन्तीका अवसरमा आयोजना भएको प्रथम गणेशमान सिंह स्मृति काठमाडौं क्षेत्रस्तरीय फुटसल प्रतियोगिताको उपाधि क्षेत्र नम्बर ४ ले जितेको छ ।


नेपाल तरुण दल काठमाडौं क्षेत्र नम्बर १ को आयोजनामा मध्यबानेश्वरस्थित बानेश्वर रिक्रियसन सेन्टरमा भएको खेलमा क्षेत्र नम्बर ८ लाई ४–२ गोलले पराजित गर्दै क्षेत्र नम्बर ४ ले उपाधि जितेको हो । प्रतियोगितामा क्षेत्र नम्बर ८ का रुद्रमान सिंह उत्कृष्ट खेलाडी घोषित भए । उपाधि विजेता क्षेत्र नम्बर ४ ले १० हजार र उपविजेता क्षेत्र नम्बर ८ ले पाँच हजार नगद पुरस्कार प्राप्त गरे ।
विजेतालाई बागमती प्रदेश सांसद दीपेन्द्र श्रेष्ठ, नेपाल तरुण दल काठमाडौं जिल्ला अध्यक्ष कृष्णजी खड्का र आयोजक नेपाल तरुण दल काठमाडौं क्षेत्र नम्बर १ का अध्यक्ष दीलिप थापाले पुरस्कार प्रदान गरेका थिए ।


प्रतियोगितामा काठमाडौं जिल्लाको नौ वटा क्षेत्रले प्रतिस्पर्धा गरेका थिए ।

3.5 2 votes
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments