काठमाडौँ : वीर गणेशमान सिंह फाउन्डेसनअन्तर्गतको वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा वीर गणेशमान सिंह दोश्रो १० के रोड रेस चैत पहिलो साता हुने भएको छ । प्रतियोगिता चैत ७ गते हुने आयोजक कमिटीका संयोजक सन्जिव तुलाधरले मंगलबार आयोजित पत्रकार सम्मेलनमा…
खेलकुदमन्त्रीलाई तेक्वान्दो संघको बधाइ
काठमाडौं : नेपाल तेक्वान्दो संघले नवनियुक्त युवा तथा खेलकुदमन्त्री दावा लामा तामाङलाई बधाइ ज्ञापन गरेको छ । सातदोबाटोस्थित संघको केन्द्रीय कार्यालयमा सोमबार विशेष कार्यक्रम गरी मन्त्री तामाङलाई बधाइ दिएको हो । संघका उपाध्यक्ष भरत महर्जनले सफल कार्यकालको शुभकामना दिँदै बधाइ…
राष्ट्रिय महिला फुटबल लिग : चन्द्रपुर र वालिङ विजयी
काठमाडौँ : राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज सम्पन्न खेलमा रौतहटको चन्द्रपुर नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिका आ–आफ्नो खेलमा विजयी भएका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेल चन्द्रपुरले विराटनगर महानगरपालिकालाई १–० गोलले पराजित गरेको हो ।…
बार्टीले जितिन् यारा भ्याली क्लासिक टेनिस
मेलबर्न : विश्व नम्बर एक टेनिस खेलाडी अस्लेघ बार्टीले यारा भ्याली क्लासिक टेनिसको उपाधि जितेकी छिन् । आइतबार बिहान भएको फाइनलमा स्पेनकी गार्बिन मुगुरुजालाई पराजित गर्दै बार्टीले उपाधि जितेकी हुन् । उपाधि जित्ने क्रममा अस्ट्रेलियाकी बार्टीले मुगुरुजालाई ७–६(३), ६–४ ले…
कार्यालय लिलाम गर्नेलाई लोकतान्त्रिकको तालासाँचो !
काठमाडौं : नेपाली कांग्रेसको शुभेच्छुक संस्थाका रुपमा २०७१ सालमा लोकतान्त्रिक खेलकुद संघ स्थापना भयो । स्थापनासँगै संघले कार्यालय स्थापना पनि ग¥यो । विभिन्न संघसंस्था र व्यक्तिहरुसँग सहयोग मागेर कार्यालयमा फर्निचर राखिएको थियो । त्यही कार्यालयमा संघको बैठक पनि बस्यो ।…
मेयर कप क्रिकेटलाई महानगरको साथ
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौं महानगरपालिकाको सहकार्यमा मेयर कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताका लागि मंगलबार काठमाडौं महानगरपालिका र क्यानबीच सम्झौता भएको छ । सम्झौतापत्रमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र काठमाडौं महानगरपालिकाका…
‘खेलकुदलाई बजेटको समस्या हुँदैन’
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली खेलकुदको विकासका लागि बजेटको कमी नहुने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मंगलबार आयोजना गरेको ‘खेलकुदसँग प्रधानमन्त्री’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बजेटका कारण खेलकुदका गतिविधि नरोकिने बताए । प्रधानमन्त्री ओलीले…
एउटै खेलमा २२ गोल : सावित्रा एक्लैको दर्जन गोल
काठमाडौं : विभागीय टोली एपीएफ क्लबले महिला लिग फुटबलमा गोल वर्षा गरेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा आइतबार भएको खेलमा एपीएफले चौदण्डीगढी नगरपालिकालाई २२–० गोलले हरायो । एपीएफको जितमा सावित्रा भण्डारी एक्लैले १२ गोल गरिन् । दर्जन गोल गर्न…
प्रधानमन्त्री कप क्रिकेट : एपीएफ फाइनलमा
काठमाडौँ : सशस्त्र प्रहरी बलको एपीएफ क्लब नेपाल पुलिस क्लबलाई पराजित गर्दै चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न खेलमा एपीएफले पुलिसलाई ३० रनले हराएको हो ।…
नवीन र आयशा सम्मानित
काठमाडौं : सुमेरु ग्रुपको सहयोगमा नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले पल्सर स्पोर्ट्स अवार्ड– २०७६ अन्तर्गत वर्षका उत्कृष्ट प्रशिक्षक अवार्ड विजेता नवीनकुमार श्रेष्ठ र स्पेसल अवार्ड विजेता आयशा शाक्यलाई सम्मान गरेको छ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङ तामाङको…
बक्सिङ संघको झिङ्गे दाउ
काठमाडौं : नेपाल बक्सिङ संघका पदाधिकारीको चार वर्षे कार्यकाल समाप्त भएको लामो समय भइसकेको छ । संघको चार वर्षे कार्यकाल गत जेठ २१ गते नै समाप्त भइसकेकाले संघ अहिले काम चलाउको अवस्थामा छ । कोरोना भाइरसको महामारी र नयाँ खेलकुद…
राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणले पोखराको खेल क्षेत्रमा जगाएको उत्साह
कास्की : पर्यटकीय शहर पोखरा पछिल्ला वर्षहरुमा खेल पर्यटनको गन्तव्यसमेत बनेको छ । वर्षभरि नै यहाँ खेलकूद गतिविधि सञ्चालन हुने गर्दछन् । रङ्गशालाको ४२५ रोपनी जमीनमा फुटबल, क्रिकेट, भलिबल, टेनिस, आर्चरीलगायत सबै खेलका पूर्वाधार एउटै थलोभित्र रहेकाले पोखरा रङ्गशाला ‘स्पोर्टस्…
गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो साता
काठमाडौं : नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो साता हुने भएको छ । नागार्जुन नगरपालिकाको विशेष सहयोगमा नागार्जुन बक्सिङ खेलकुद समितिको आयोजनामा हुने प्रतियोगिता फागुन १९…
पौडेललाई प्रचार प्रसारको बिदाइ
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् प्रचार प्रचार शाखामा कार्यरत कर्मचारी श्री चन्द्र प्रसाद पौडेललाई प्रचार प्रसार शाखा कर्मचारी परिवारले बिदाइ गरेका छन् । सेवा निबृत्त हुन लागेका पौडेललाई शाखा प्रमुख दुर्गा प्रसाद दुलालले कदर पत्र प्रदान गर्दै बिदाई गरेका हुन्…
पूर्वगोल रक्षक शाहीको निधन
काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोल रक्षक तथा अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का पूर्वमहासचिव लोकबहादुर शाहीको निधन भएको छ । शाहीको ६५ वर्षका उमेरमा आइतबार राति निधन भएको हो । लामो समयदेखि विभिन्न रोगबाट पीडित शाहीको दैलेखको चौडत्तास्थित…
तेक्वान्दो खेलाडीलाई खेल सामग्री सहयोग
काठमाडौं : तेक्वान्दोका विभिन्न प्रशिक्षकहरुले चितवनका खेलाडीहरुका लागि खेल सामग्री सहयोग गरेका छन् । काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिका सचिव एवं युनाइटेड तेक्वान्दो डोजाङका प्रशिक्षक कुमार लामा घिसिङ, काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिका कोषाध्यक्ष एवं सीतापाइला तेक्वान्दो डोजाङका प्रशिक्षक बब्लु शिवाकोटी, राष्ट्रिय…
पुष्पाले जितिन् बंगलादेशमा स्वर्ण
काठमाडौं : नेपाली धाविका पुष्पा भण्डारीले बंगलादेशमा आयोजना भएको बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा आइतबार स्वर्ण जितेकी छन् । महिलातर्फको निर्धारित दूरी पुष्पाले दुई घण्टा ५९ मिनेट तीन सेकेन्डमा पूरा गरेकी थिइन् । पुष्पाले गत वर्ष नेपालमा नै आयोजना भएको…
