गणेशमान सिंहको स्मृतिमा फुटसल

काठमाडौं : नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता गणेशमान सिंहको १०६औं जन्मजयन्तीका अवसरमा अन्तर क्षेत्र फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।
नेपाल तरुण दल काठमाडौं क्षेत्र नम्बर १ को आयोजनामा शनिबार मध्यबानेश्वरस्थित बानेश्वर रिक्रियसन सेन्टरमा हुने प्रतियोगितामा काठमाडौं जिल्लाका नौ वटा क्षेत्रले प्रतिस्पर्धा गर्ने छन् ।
एक दिने प्रतियोगिताको समूह एमा क्षेत्र नम्बर ३, क्षेत्र नम्बर ४, क्षेत्र नम्बर ७ र क्षेत्र नम्बर १० रहेका छन् । यसैगरी समूह बीमा क्षेत्र नम्बर २, क्षेत्र नम्बर ९, क्षेत्र नम्बर ८, क्षेत्र नम्बर १ र क्षेत्र नम्बर ६ छन् । प्रतियोगिताका खेलहरु लिगकम नकआउटका आधारमा सञ्चालन हुने नेपाल तरुण दल काठमाडौं क्षेत्र नम्बर १ का अध्यक्ष दीलिप थापाले जानकारी दिए ।
प्रतियोगिताको विजेताले १० हजार र उपविजेताले नगद पाँच हजार पुरस्कार पाउने छन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments