गणेशमान सिंह बक्सिङ : आज सेमिफाइनलका खेल

काठमाडौं : वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताअन्तर्गत शुक्रबार सेमिफाइनलका खेल सञ्चालन हुने भएको छ । काठमाडौंको स्युचाटारमा जारी प्रतियोगितामा शुक्रबार १४ वटै तौल समूहको सेमिफाइनलका खेल सञ्चालन हुने आयोजक नागार्जुन बक्सिङ खेलकुद समितिले जनाएको छ । प्रतियोगिताको फाइनल खेल र समापन शनिबार हुनेछ । प्रतियोगितामा एक सय ७३ खेलाडीले सहभागिता जनाएका छन् ।
सिंहले प्रजातान्त्रिक आन्दोलनका लागि गर्नुभएको संघर्ष, त्याग, समर्पण र बलिदानका बारेमा अहिलेका पुस्तालाई खेलकुदका माध्यमबाट अवगत गराउने उद्देश्यले नागार्जुन नगरपालिकाको विशेष सहयोगमा आयोजना भएको प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै पुरुषमा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा भइरहेको छ ।
प्रतियोगिताका हरेक तौल समूहका विजेता खेलाडीले नगद १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै दोस्रो हुनेले सात हजार र तेस्रो स्थान हासिल गर्ने दुई खेलाडीले जनही चार हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताका उत्कृष्ट महिला खेलाडीलाई स्कुटर र पुरुष खेलाडीले मोटरसाइकल प्रदान गरिने नागार्जुन बक्सिङ खेलकुद समितिका अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments