विशेष Archives | Page 35 of 241 | नेपालमाला

 

बेलायती राजा चार्ल्सलाई क्यान्सर

लन्डन : बेलायती राजा चार्ल्स तृतीयमा क्यान्सर देखिएको छ । ७५ वर्षीय राजाको उपचारका क्रममा क्यान्सर पत्ता लागेको जानकारी बकिङहम दरबारले सोमबार एक वक्तव्यमार्फत् सार्वजनिक गरेको हो । दरबारले सोमबारबाटै उनको उपचार सुरु भएको पनि जनाएको छ । प्रोस्टेट शल्यक्रिया…

‘समुदायमा कांग्रेस’ अभियान स्थगित

काठमाडौं : नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान र महामन्त्री गगन कुमार थापाको संवाद यात्रा स्थगित भएको छ । केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनको शोकमा ‘समुदायमा कांग्रेस’ अभियान र संवाद यात्रा स्थगित भएको हो । यसको औपचारिक निर्णय आज बिहान बोलाइएको…

पूर्वमन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य बुढाथोकीको निधन

 काठमाडौं : पूर्व सामान्य प्रशासन मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशव कुमार बुढाथोकीको निधन भएको छ । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ८ घर भएका बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा निधन भएको नेपाली कांग्रेसका कोशी प्रदेश सभापति…

सोमदेखि संसदको हिउँदे अधिवेशन, यस्ता छन् कार्यसूची

काठमाडौं : संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आह्वान गरेअनुसार हिउँदे अधिवेशनको पहिलो बैठक अपराह्न ४ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ । बैठक ढिलो बोलाइएका कारण शीर्ष नेताहरुको आज सम्बोधन नगरी आगामी २४…

मन्त्रालयलाई बालेनको जवाफ : धरहराको पार्किङ बन्द हुँदैन, पत्र केपी ओलीलाई लेख्नू

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरहराको नि:शुल्क पार्किङ बन्द नहुने बताएका छन् । शहरी विकास मन्त्रालयले समन्वय नै नगरी निर्माणाधीन धरहराको बेसमेन्टमा पार्किङ गराएको भन्दै महानगरपालिकाको ध्यानाकर्षण गराएको थियो । मन्त्रालयले निर्माणाधीन अवस्थामा रहेको ठाउँमा पार्किङ गर्दा जोखिम…

दोस्रो सन्तानको पर्खाइमा विराट र अनुष्का

काठमाडौं : बलिउड अभिनेत्री अनुष्का शर्माको गर्भावस्थाको बारेमा पहिल्यैदेखि समाचार आउन थालेको थियो । लगभग यो पुष्टि भएको छ । दक्षिण अफ्रिकाका पूर्वकप्तान एबी डिभिलियर्सले शनिबार आफ्नो लाइभ कुराकानीमा अनुष्का दोस्रो सन्तानकी आमा बन्न लागेको बताएका छन् । ती क्रिकेटरले…

उद्घाटनको तीन वर्ष बित्दा पनि बनेन धरहरा

काठमाडौं : ११ वैशाख २०७८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामसाथ उद्घाटन गरेको पुनर्निर्मित धरहरा निर्माण झन्डै तीन वर्ष बित्दा पनि पूरा हुन सकेको छैन । जसले गर्दा आयोजनाको म्याद मात्र ६ पटकसम्म थप्नु परेको छ । २०७२ सालको…

इच्छाराज तामाङलाई ३ वर्ष कैद, एक अर्ब ७२ करोड रुपैयाँ जरिवाना

 काठमाडौं : विशेष अदालतले पूर्वसांसद एवं सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर गर्दै ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने आदेश गरेको छ । विशेष अदालतले उनलाई त्यति नै रकम जरिवाना पनि…

पुलिसलाई प्रधानमन्त्री कप क्रिकेट उपाधि

काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो । पुलिस प्रतियोगितामा…

कानुनविपरीत ठहरिए जग्गा फिर्ता गर्छु : अरुण चौधरी

काठमाडौं : बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिनाको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीले कानुन विपरीत भए जग्गा फिर्ता गर्ने बताएका छन् । प्रहरीलाई बयान दिँदै चौधरीले आफूले सो जग्गा कानुनसम्मत नै लिएको बताउँदै आफूले कुनै हिनामिना नगरेको बताएका हुन्…

भोलि देशका धेरै ठाउँमा वर्षा र हिमपात हुने

काठमाडौं : आइतबार नेपालका धेरै स्थानहरुमा मौसम बदली भई वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शनिबार अपराह्न विशेष बुलेटिन जारी गर्दै देशका विभिन्न ठाउँमा वर्षा र हिमपात हुने जानकारी दिएको…

शनिबार घाम लाग्ने, आइतबारदेखि फेरि वर्षा र हिमपात

काठमाडौं : पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यका र आसपासका जिल्लामा पनि हल्का वर्षा भएको छ । लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका जिल्लाहरुमा भने वर्षासँगै हिमपात पनि भएको छ । पश्चिमी वायुको अहिलेको प्रणाली पूर्वतिर सर्दै जाने क्रममा काठमाडौंमा पनि छिटपुट…

रोजगारदाताको पीडा कसले सुन्ने ? : पूर्वमिस नेपाल अनुष्का

काठमाडौं : मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ यतिबेला उद्यमशीलतामा व्यस्त छिन् । डेजर्ट बनाउने उनको घरेलु ब्राण्ड ‘माक्कुसे’ले काभ्रेबाट ताजा खुवा ल्याएर यो परिकार बनाइरहेको छ । काठमाडौंमा परम्परागतरुपमा उत्पादन भएका नेपाली परिकारलाई अन्तर्राष्ट्रिय ब्राण्डिङ गर्ने उनको सोच हो ।…

पश्चिम नेपालमा वर्षा र हिमपात, काठमाडौंमा वर्षाको सम्भावना कम

काठमाडौं : पश्चिमी भूभागमा वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ । त्यसको प्रभावले सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, कर्णाली प्रदेशका थोरै स्थानहरूमा र लुम्बिनी…

मुस्ताङको सिन्तामणिमा बस्न रातकै पौने ३ लाख

काठमाडौं : अमेरिकाको नेशनल जियोग्राफिक म्यागजिनले तयार पारेको विश्वका उत्कृष्ट होटलको सूचीमा नेपालको मुस्ताङस्थित सिन्तामणि पनि परेको छ । जहाँ एक रात बिताउन करसहित २ लाख ७३ हजार रुपैयाँ तिर्नुपर्छ । यो सूचीमा एसिया महादेशबाट तीनवटा होटल पर्न सफल भएका…

नेपाल बंगलादेशसँग पराजित

काठमाडौं : नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग पराजित भएको छ । दक्षिण अफ्रिकामा बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको हो । नेपालले दिएको एक सय ७० रनको लक्ष्य बंगलादेशले २५.२ ओभरमा पूरा…

अमेरिकाको संसद्का लागि उम्मेदवारी दिने ह्यारी भण्डारीको घोषणा

काठमाडौँ : नेपाली मूलका ह्यारी भण्डारीले अमेरिकाको तल्लो सदन (कंग्रेस)का लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । दुई पटक मेरिल्यान्ड डिस्ट्रिक्ट–८ जितेर मेरिल्यान्ड राज्यको विधायक बनेका डेमोक्र्याटिक पार्टीका नेता भण्डारीले अब वासिङ्टन डीसीमा रहेको क्यापिटल हिल अर्थात् केन्द्रीय संसद्‌मा जाने…