काठमाडौं : सुप्रिम शिव बाबा स्कुलका त्रिजन चौधरीले प्रथम विद्यालयस्तरीय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । उनले पुरुष ४१ केजीमुनि शुक्रबार स्वर्ण जितेका हुन् । नेपाल तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा उनले श्री विष्णुदेवीका रन्जितकुमार श्रेष्ठलाई पराजित गरे ।
पुरुष ४८ केजीमुनि मावि कलाखोलाका कमल परियार, ५१ केजीमुनि राष्ट्रिय विभूति शिक्षा सदनका निश्चल धामी, ४५ केजीमुनि विश्व निकेतनका कैलाश थापा, ५५ केजीमुनि विश्व निकेतनका निश्चल धोली, ५९ केजीमुनि श्री बालकुमारीका सुवास कोयी राई र ६३ केजीमुनि श्री जनता माविका प्रदीप विश्वकर्माले पहिलो स्थान हात पारे ।
शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा ५८९ पुरुष र ३४७ महिला गरी ९३६ जना खेलाडीले ६८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् । जसमा पुम्सेमा ३० र ग्योरोगीमा ३८ स्वर्ण रहेको छ ।
Previous Article