विशेष Archives | Page 34 of 241 | नेपालमाला

 

ललिता निवास जग्गा हिनामिना मुद्दाको फैसला आज

काठमाडौँ : बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले बिहीबार फैसला सुनाउने भएको छ । मुद्दाको अन्तिम किनारा लगाउने गरी विशेषले उक्त मुद्दालाई बुधबार हेर्दाहेर्दैमा राखेको हो । उक्त मुद्दा विशेषका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा…

यूएईमा बन्यो पहिलो भव्य हिन्दु मन्दिर

काठमाडौं : मुस्लिम बहुल देश यूएईको राजधानी अबुधाबीमा हिन्दुहरुको पहिलो मन्दिर स्थापना भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरको उदघाटन गरेका छन् । यो मन्दिरको निर्माण बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था अर्थात् बीएपीएसले गरेको हो । मन्दिर बनाउन जग्गा…

कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत, ६ जना एकै पालिकाका

बुटवल : कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको छ । मृतकमध्ये ७ पुरुष र ३ महिला हुन् । मृतकहरुमा रौतहट औराही-३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत…

नेपालमा फेरि खुल्ला त टिकटक ? : सरकारको शर्त मान्न टिकटक तयार

 काठमाडौं : टिकटकले नेपाल सरकारलाई अर्को पत्र लेखेर प्रतिबन्ध हटाउन आग्रह गरेको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्र पठाउँदै टिकटकले नेपालको कानुनअनुसार आफ्नो प्लेटफर्म चलाउने प्रतिबद्धता जनाउँदै प्रतिबन्ध फुकाइदिन आग्रह गरेको हो । टिकटकले समाजिक द्वेष फैलाएको…

सर्वोच्चको आदेशविरुद्ध कार्य गर्नु अदालतको अवहेलना : संवैधानिक विज्ञ

काठमाडौं : संवैधानिक कानुनका विज्ञहरूले सर्वोच्च अदालतको आदेशका आधारमा गृह मन्त्रालयले फागुन १ गते सार्वजनिक बिदा नरहेको प्रष्ट पार्दासमेत केहि स्थानीय निकायहरूले बिदा घोषणा गर्नु  ‘अराजकता’ को संज्ञा दिएका छन्।  सर्वोच्च अदालतको आदेश विपरीत नेकपा माओवादी केन्द्रले जितेका दुई दर्जन बढी…

सर्वोच्चको आदेशविपरित जनयुद्ध दिवसलाई राष्ट्रिय उत्सवको रूपमा मनाउन प्रधानमन्त्री प्रचण्डको अपील

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्चको अदालतको आदेशविपरित जनयुद्ध दिवसलाई राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन अपील गरेका छन्। मंगलबार बिहान जनयुद्ध दिवसको शुभकामना दिँदै उनले जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने नेपालीहरूको साझा दिवस भएको बताएका…

विद्यालयस्तरीय तेक्वान्दो मंगलबारदेखि

काठमाडौं : प्रथम विद्यालयस्तीय तेक्वान्दो प्रतियोगिता मंगलबारदेखि सुरु हुने भएको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल तेक्वान्दो संघले जनाएको छ । विद्यालय तहमा अध्ययनरत खेलाडीहरुको खेल कौशल उजागर गर्ने र…

बाल यौन शोषणका आरोपीको सजाय मिनाह गरेकोमा माफी माग्दै हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा

काठमाडौं : बालगृहका बालबालिकामाथि यौन शोषण गरेको मुद्दामा दोषी ठहरिएका एक अभियुक्तको सजाय माफ गरिदिएको विषयमा आलोचना भएपछि हंगेरीकी राष्ट्रपतिले राजीनामा दिएकी छन् । राष्ट्रपति केटलिन नोभाकले टेलिभिजनमार्फत् देशवासीलाई सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेकी हुन् । उनले सरकारी बालगृहका…

पाकिस्तानमा नवाजको नेतृत्वमा सरकार बनाउने गृहकार्य

काठमाडौं : पाकिस्तानको निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजा अनुसार आम निर्वाचनमा एकल बहुमत ल्याउन दलहरु असफल भएका छन् । यसअनुसार अब पाकिस्तानमा गठबन्धन सरकार बन्ने पक्का भएको छ । यो निर्वाचनबाट इमरान खान नेतृत्वको पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई)ले भने सबैभन्दा धेरै…

तराईंमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं : देशका पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा मौसम सफा रहेको छ । तराईका धेरैजसो स्थानमा भने हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको आंशिक प्रभाव परेका कारण दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा…

एसीसी वुमन्स प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

काठमाडौं : नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा भुटानलाई ८ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । लगातार दोस्रो जितले नेपाल समूह डी मा शीर्षस्थानमा उक्लिदै क्वाटरफाइनल यात्रा लगभग पक्कापक्की बनाएको छ । जितको लागि ६६ रनको…

प्रजातन्त्र दिवस तीन दिन भव्यताका साथ मनाउने सरकारको निर्णय

काठमाडौं : सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते तीन दिन विविध कार्यक्रम आयोजना…

टीकापुर जग्गा हिनामिनामा २४९ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ : नक्कली कागजात खडा गरी कैलालीको टीकापुरमा झन्डै ७ बिघा सार्वजनिक जग्गा हिनामिना गरेको अभियोगमा टीकापुर नगर विकास समितिका तत्कालीन पदाधिकारी एवं कर्मचारीहित २ सय ४९ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । समितिका तत्कालीन तीन अध्यक्ष, कर्मचारी र बाँकी…

लाइसेन्स नलिई घरजग्गा कारोबार गरे २५ लाख जरिबाना र ६ महिना कैद

काठमाडौं : इजाजतपत्र (लाइसेन्स) नलिई घरजग्गा कारोबार गर्न नपाइने गरी मालपोत ऐन संशोधन सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । बुधबार प्रतिनिधिसभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरेको…

गिरीबन्धु टी स्टेटको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्ने निर्णय खारेज

काठमाडौँ  : सर्वोच्च अदालतले गिरीबन्धु टी स्टेटको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्ने निर्णय खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले ओली सरकारको पालामा भएको भूमिसम्बन्धी ऐन २०२१ (संशोधन) लाई खारेज गरी पाउँ भनी परेको निवेदनविरुद्ध सुनुवाइ गर्दै ओली सरकारको…

फेरि चार फुटबल खेलाडी अस्ट्रेलिया पलायन

काठमाडौं : नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरु विदेशिने क्रम फेरि सुरु भएको छ । राष्ट्रिय टिमबाट खेलिसकेका आशिष चौधरीसहित सेसेहाङ आङदम्बे, सिमान्त थापा र अनिश देउला मंगलबार अष्ट्रेलिया प्रस्थान गरेका छन् । नेपालको घरेलु लिग नियमित नहुँदा फुटबलरहरु विदेशिने क्रम…

बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित ३ जना आज छुट्ने

काठमाडौं : बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जनालाई प्रहरीले आज बुधबार छाड्ने तयारी गरेको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा…