काठमाडौं : नेपाल लकडाउन भएको डेढ महिना नाघेको छ । गत चैत ११ गतेबाट सुरु भएको लकडाउन सरकारले जेठ ५ गतेसम्म लम्ब्याएको छ । कोरोना भाइरसको संक्रमण रोक्नका लागि सुरु गरिएको लकडाउनमा सबैभन्दा बढी पीडित बनेका छन्, दैनिक श्रम बेच्ने…
स्वास्थ्य परीक्षण गरेर मात्र सांसद बैठकमा जान पाउने
काठमाडौं : प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुमा आजबाट कोरोना भाइरस संक्रमण भए-नभएको परीक्षण सुरु गरिएको छ । शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुने भएकाले सांसदहरुको स्वास्थ्य परीक्षण गर्न लागिएको हो । राष्ट्रिय सभा सांसदहरुको परीक्षण बिहान १० बजेदेखि र प्रतिनिधिसभा…
महामारीविरुद्ध जुध्न बुद्धजयन्तीले थप प्रेरित गर्नेछ : प्रधानमन्त्री
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस महामारीविरुद्ध जुध्न र मानवताको पक्षमा ऐक्यबद्धता प्रदर्शन गर्न बुद्धजयन्तीले थप प्रेरित गरिरहेको समेत उल्लेख गर्नुभएको छ । आज २५६४औँ बुद्धजयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा…
विद्यार्थी भर्ना, परीक्षा र पठनपाठन नगराउन निर्देशन
काठमाडौँ : प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरसको सङ्क्रमण फैलिएको वर्तमान अवस्थामा तत्काल विद्यार्थी भर्ना नगर्न, शुल्क नलिन, औपचारिक पठनपाठन र परीक्षा सञ्चालन नगर्न÷नगराउन निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले मुुलुकभर कोरोना सङ्क्रमणको आँकलन नगरी सामान्य…
दुई महिने शिशुसहित १७ जनामा कोरोना संक्रमण
काठमाडौं : नेपालमा पहिलो पटक दुई महिनाको शिशुमासमेत कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार पर्साका दुई महिनादेखि ६६ वर्षसम्मका गरेर १७ जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये सात महिला र १० पुरुष…
किट अभावमा क्वारेन्टाइनमा बसेकाहरु परीक्षणबिनै धमाधम घर फर्किँदै
सुर्खेत : यही वैशाख १७ गते सुर्खेतको लेकबेँसी नगरपालिकाले जीवनज्योति मावि दशरथपुरमा सञ्चालित क्वारेन्टाइनमा राखिएका आठ जनालाई कोरोना परीक्षणबिनै घर पठाइएको छ । नगरपालिकासँग भाइरल ट्रान्सफर्म मिडियम (भिटीएम) तथा स्वाब परीक्षण गर्ने प्रोसेसिङ किट नहुँदा १४ दिन क्वारेन्टाइन बसेकाहरुलाई अन्ततः…
नेपालमा फेरि लम्बियो लकडाउन, अब मुलुक जेठ ५ सम्म लकडाउनमै
काठमाडौं : कोरोना भाइरस संक्रमण हुन नदिन सरकारले विगत लामो समयदेखि गर्दै आएको ‘लकडाउन’को अवधि फेरि बढाएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । मंगलबार उपप्रधान तथा रक्षामन्त्री…
कोरोना जितेर ६ भारतीय डिस्चार्ज
विराटनगर : कोरोना भाइरस संक्रमणपछि विराटनगरमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक निको भएर डिस्चार्ज भएका छन् । पछिल्लो पटक गरिएको तीनवटा परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरुलाई बुधबार बिहान डिस्चार्ज गरिएको हो । अस्पताल परिसरमा प्रदेश १ का सामाजिक…
पनौतीमा नेवार जातिलाई मात्र घरजग्गा किनबेच गर्न पाइने
काभ्रे : काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नम्बर ७ ले नेवार जातिको धार्मिक र पुरातात्तिवक सम्पदा जोगाउन अन्य जातिलाई घर बेच्न सिफारिस नदिने निर्णय गरेको छ। मंगलबार बसेको वडा समिति बैठकले यस्तो निर्णय गरेको हो। ‘यस वडा समितिको मिति २०७७ वैशाख…
अमेरिकामा कोरोनाबाट मर्नेको संख्या ७२ हजार नाघ्यो
न्युयोर्क : कोरोना भाइरस (कोभिड–१९) महामारीको केन्द्र अमेरिकामा यसबाट ७२ हजार बढीको मृत्यु भएको छ । पछिल्लोे तथ्यांकअनुसार हालसम्म अमेरिकामा ७२ हजार दुई सय ७१ जनाले ज्यान गुमाइसकेका छन् । यसैगरी १२ लाख ३७ हजार ६३३ जनामा संक्रमण पुष्टि भइसकेको…
लकडाउनलाई अहिलेकै मोडलमा निरन्तरता दिन सिफारिस
काठमाडौं : सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई शून्यमा झार्नेगरी काम गर्ने तयारी गरेको छ। मंगलबार बालुवाटारमा बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकमा संक्रमण शून्यमा झार्ने विषयमा छलफल भएको हो। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको…
कुन प्रदेशमा कति छन् कोरोना संक्रमित ?
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ८२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाँकेको नेपालगञ्जमा सात जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ८२ पुगेको हो। मंगलबार भेरी अस्पताल, नेपालगञ्जमा सात जनाको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ…
लकडाउन मोडालिटी : उद्योग प्रतिष्ठान चलाउन खुकुलो नीति अवलम्बन गरिने
काठमाडौँ : सरकारले उद्योग व्यवसाय सञ्चालनका लागि केही खुकुलो बनाउने तयारीका साथ आवश्यक निर्णय गर्ने तयारी थालेको छ । लामो समयसम्म उद्योग व्यवसाय बन्द हुँदा मुलुकको आर्थिक स्वास्थ्यमा नराम्रो असर परेको, श्रमिक तथा उद्योगीलाई समेत ठूलो मार परेकाले केही खुकुलो…
एसइई को विकल्प को विकल्प खोजिँदै : आन्तरिक मूल्याङ्कनलाई आधार मान्न आग्रह
काठमाडौँ : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कोरोना भाइरसको रोकथामका लागि जारी बन्दाबन्दीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) सञ्चालन हुन नसक्ने भएकाले आन्तरिक मूल्याङ्कनलाई आधारमा मान्न आग्रह गरेको छ । सरकारले परीक्षा सञ्चालनको वैकल्पिक…
किट अभावले कर्णालीमा कोरोना परीक्षण प्रभावित
सुर्खेत : किट अभावका कारण कर्णाली प्रदेशमा कोरोना भाइरसको परीक्षण प्रभावित भएको छ । थ्रोट स्वाबको नमूना सङ्कलन तथा प्रोसेसिङ गर्ने सामान सकिएपछि कोरोना परीक्षणकार्य प्रभावित भएको हो । किट नहुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जडान गरिएको रियल टाइम…
फुटबलर समीक्षाको उपचारमा चिकित्सकको लापरवाही
काठमाडौँ : चिकित्सकको लापरवाहीका कारण महिला फुटबलकी उदीयमान खेलाडी समीक्षा मगरको उपचार कठिन बनेको छ । गम्भीर चोट लागेको १२ दिन भइसक्दा पनि मगरको आँखाको शल्यक्रिया गर्न सकिएको छैन । उनको आँखाको घाउ दिन प्रतिदिन बढ्दै गएको छ । उदयपुरको…
नेपालगन्जमै भेटियो थप सात जना कोरोना संक्रमित, संक्रमितको संख्या ८२ पुग्यो
काठमाडौं : कोरोना संक्रमितको संख्या ८२ पुगेको छ। मंगलबार भेरी अस्पताल, नेपालगञ्जमा भएको परिक्षणमा ७ जना नयाँ संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमितहरु नेपालगञ्ज-८ का २२, ३० र ४० वर्षका पुरुष र ०९, ३२,…
