फाइल तस्बिर

विराटनगरमा थप दुई जनाले जिते कोरोना

काठमाडौं : विराटनगरको कोभिड-१९ उपचार केन्द्रबाट दुई जना डिस्चार्ज भएका छन्। योसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ। आइतबार दिउँसो झापाका एक र भोजपुरका एकजना डिस्चार्ज भएका हुन्। डिस्चार्ज हुनेमा भोजपुरका २७ वर्षीय युवक र झापा बाह्रदशी गाउँपालिकाका ४० वर्षीय पुरुष छन्।

भोजपुरका युवक वैशाख १० र झापाका पुरुष वैशाख १२ मा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएका थिए। लगातार तीन पटकसम्म स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएपछि उनीहरुलाई आइतबार दिउँसो डिस्चार्ज गरिएको हो।

दुबै जनालाई स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा होम क्वारेन्टाइनमा बस्ने गरी एम्बुलेन्समा राखेर आइतबार नै घर पठाइएको छ। कोभिड-१९ उपचार केन्द्रबाट यसअघि बुधबार ६ र शुक्रबार ८ जना डिस्चार्ज भएका थिए।

यस अघि डिस्चार्ज हुनेमा ७ जना भारतीय, २ जना विराटनगरका र ५ जना उदयपुर भुल्केका नागरिक थिए। अब १९ जना उपचार केन्द्रमा उपचाररत छन्।  शनिबार उदयपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश १ मा संक्रमितको संख्या ३५ पुगेको छ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments