नेपालगन्जमा अर्को एक जनामा पनि भेटियो कोरोना संक्रमण

काठमाडौं : नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए । उनले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । संक्रमितमध्ये विभिन्न स्वास्थ्य संस्थामा उपचाररत ३० जना निको भएका छन् । कोशी अञ्चल अस्पतालमा उपचाररत आठ जना शुक्रबार नै डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १ महिलासहित ८ जना पुरुष हुन्। नेपालमा हालसम्म निको हुनेको संख्या ३० पुगेको छ।

प्रवक्ता देवकोटाका अनुसार आरडीटीबाट १५ हजार ४९२ र पीसीआर प्रविधिबाट १५ हजार ४९२ नमूना परीक्षण भएका छन्। गत २४ घन्टामा १ हजार ८५९ नयाँ नमूना परीक्षण भएका छन्।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments