उदयपुरको भुल्केमा थप एक जनामा कोरोना संक्रमण

काठमाडौं : उदयपुरको त्रियुगा नगरपालिका- ३ भुल्केमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । दोस्रो पटक संकलन गरिएको थ्रोट स्वाब परीक्षण गर्दा शनिबार थप एकजनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएकी महिला ४३ वर्षीया रहेको जनाइएको छ ।

यससँगै शनिबार थपिएका संक्रमितको संख्या ८ पुगेको छ । शनिबार बिहान मात्र उदयपुरका तीन, कपिलबस्तुका तीन र पर्साका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तीनैजना महिला विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र भर्ना भएका छन् । संक्रमण पुष्टि भएका १८,४५ र ६५ वर्षीया महिलामा शनिबार दिउँसो अस्पताल भर्ना भएका छन् । संक्रमित सबैको अवस्था सामान्य छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments