काठमाडौं : थप ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार १० बजे आवधिक गरेको विवरणअनुसार बर्दिया, सिरहा, पर्सा, सर्लाही र चितवनका गरी ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २७३…
सीमाका नेपालीको चित्कार : पानीसम्म खान पाएनौं
सुर्खेत : नेपाल–भारत सीमानाका बाँकेको जमुनाहमा पुगेका नेपालीहरुले दुई दिनदेखि खाना र पानी राम्रोसँग नपाएको गुनासो गरेका छन् । ज्याला मजदुरीका लागि भारत गएका नेपाली लकडाउन भएपछि नेपाल फर्कने क्रममा अलपत्र परेका थिए । १५ दिनअघि सीमा पुगे पनि त्यहाँबाट…
सुन्दरको सहयोगी मन : लकडाउनमा निरन्तर राहत वितरणमा जुट्दै
काठमाडौं : पूर्व राष्ट्रिय फुटबल खेलाडी सुन्दर थापालाई नेपाली खेलकुद वृत्तमा चिनाइरहनु पर्दैन । नेपाली खेलकुदको श्रीवृत्तिमा लामो समय खर्चिएका थापाले सामाजिक क्षेत्रमा पनि आफ्नो सशक्त उपस्थिति जनाउँदै आइरहेका छन् । वि.सं. २०७२ सालको विनासकारी भूकम्पको प्रतिकुल समयमा होस् या…
कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ८ हजार ४५० पुग्यो
काठमाडौं : कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ८ हजार ४५० पुगेको छ । शनिबार विहानसम्म विश्वभर संक्रमितको संख्या ४६ लाख २४ हजार ३४ पुगेको छ । अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८८ हजार ४८४…
तीन बालकसहित थप नौ जनामा सङ्क्रमण
काठमाडौँ : कोभिड–१९ को सङ्क्रमण आज फेरि नौ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगञ्जमा परीक्षणका क्रममा नयाँ नौ जनामा सङ्क्रमण…
केन्द्रमा तीन सय र प्रदेशमा पचास शय्याको सरुवा रोग अस्पताल
काठमाडौँ : सरकारले सातवटै प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गर्ने भएको छ । संघीय संसद्को दुवै सदनमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रयोगशाला परीक्षण सेवासहितको तीन सय शय्याको केन्द्रीय र न्यूनतम ५०…
३६ जनाले जिते कोरोना
काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार ९ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या २५८ पुगेको हो। जसमध्ये पुरुष २१० र महिला ४८ छन् । मन्त्रालयका अनुसार राष्ट्रिय…
थप ९ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २५८ पुग्यो
काठमाडौं : शुक्रबार नेपालमा थप ९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगंजमा…
काठमाडौंका सात वर्षीय बालकमा कोरोना : संक्रमितको संख्या २४९ पुग्यो
काठमाडौं : नेपालमा थप तीन जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षण अनुसार बिहीबार साँझ तीन जनामा कोरोना पुष्टि भएको हाे । काठमाडौं, दहचोक निवासी ७ वर्षीय बालक, जनकपुर, धनुषा निवासी १७ वर्षीया युवती र धादिङकी ३० वर्षीया महिलामा…
जिल्ला प्रशासनले जारी गरेका सबै सवारी पास खारेज
काठमाडौं : गृह मन्त्रालयले यसअघि जिल्ला प्रशासन कार्यालयले जारी गरेका सबै पास खारेज गर्ने निर्णय गरेको छ । शनिबारदेखि लागू हुनेगरी मन्त्रालयले जिल्लाभित्र सवारी साधन सञ्चालनका लागि दिइएका सबै पास खारेज गर्ने निर्णय गरेको मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले जानकारी दिए…
धादिङ सील : नाकामा सुरक्षाकर्मी परिचालन
धादिङ : कोरोना भाइरसको जोखिम बढ्दै जाँदा यहाँको मुख्य राजमार्गमा सवारी साधन , तरकारी तथा फलफूल आयातमा निषेध गरिएको छ । आजबाट यस्तो प्रावधान लागू गर्दै जिल्लाका सबै नाकामा सुरक्षाकर्मी परिचालन गरिएको छ । पृथ्वीराजमार्ग, त्रिभुवन राजपथ र सहायक मार्गहरुमा…
टिचिङका चिकित्सकलाई क्वारेन्टाइनमा राख्ने तयारी
काठमाडौँ : त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक बिरामीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै अस्पतालले सङ्क्रमित बालिकाको सम्पर्कमा आएका चिकित्सकलाई १४ दिन ‘क्वारेन्टाइन’ तथा ‘सेल्फ आइसोलेसन’मा राख्ने तयारी गरेको छ । अस्पतालको न्यूरो सर्जरी वार्डको श्यया (बेड) नं ५० मा भर्ना…
बाँझो जग्गामा खेती गर्नेलाई तीन हजार अनुदान
गोरखा : गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले कृषि व्यवसायलाई प्रोत्साहन गर्न बाँझो बसेको जमिनमा खेती गर्ने किसानलाई अनुदान सहयोग कार्यक्रम गर्न शुरु गरेको छ । गाउँपालिकाले स्वरोजगारीको विकास गर्दै कृषि उतपदनमा समेत वृद्धि गर्नका लागि पालिकाभित्र रहेका बाँझो जमिनलाई उपयोगमा ल्याउने…
कोरोना संक्रमितको संख्या २४५ मात्रै
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस संक्रमितको संख्या सच्याएको छ । यसअघि संक्रमितको संख्या २५० पुगेको तथ्यांक सार्वजनिक गरेको मन्त्रालयले विवरण दोहोरिएको भन्दै सच्याएको छ । मन्त्रालयका प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार नेपालमा कोरोना संक्रमित २४५…
कोरोना संक्रमितको संख्या २५० पुग्यो, पाँच नयाँ थपिए
काठमाडौं : थप पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा नयाँ पाँच जनामा कोरोना पुष्टि भएको हो।…
चन्द्रागिरीका ३२ वर्षीया युवाका कोरोना : संक्रमितको संख्या २४५ पुग्यो
काठमाडौं : बिहीबार थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा नयाँ दुई जनामा कोरोना पुष्टि भएको…
थप २४ मा कोरोना पुष्टि : संक्रमितको संख्या २४३ पुग्यो
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २४३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बुधबार साँझ थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यसअघि बुधबार दिउँसो २ जनामा कोरोना पुष्टि भएको थियो। साँझ…
