कोरोनाबाट मर्नेको संख्या दुई लाख ८० हजार नाघ्यो, ४१ लाख बढी संक्रमित

जेनेभा :  विश्वभर महामारीका रुपमा फैलिएको कोराना भाइरसबाट विश्वका ४१ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। आइतबार बिहानसम्मको तथ्यांकअनुसार ४१ लाख ६२५ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये १४ लाख ३९ हजार ९१९ जना निको भइसकेका छन्। त्यस्तै २ लाख ८० हजार ४३१ जनाले ज्यान गुमाएका छन्।

सबैभन्दा बढी अमेरिकामा ८० हजार ३७ जनाको ज्यान गएको छ। त्यस्तै १३ लाख ४७ हजार ३०९ मा संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये २ लाख ३८ हजार ७८ जना निको भएका छन्।

अमेरिकापछि बेलायतमा ३१ हजार ६६२ ले ज्यान गुमाएका छन् भने २ लाख १६ हजार ५२५ मा संक्रमण पुष्टि भएको छ। जसमध्ये १ हजार १ जना निको भएका छन्।

यसैगरी इटालीमा ३० हजार ३९५ को मृत्यु भएको छ। पछिल्लो समय संक्रमण दर घटेको इटालीमा हालसम्म ३ लाख १८ हजार २६८ जना संक्रमित भइसकेका छन्। तीमध्ये १ लाख ३ हजार ३१ निको भएका छन्।

पछिल्लो समय तीव्र रुपमा फैलिरहेको रुसमा १ हजार ८२७ को ज्यान गएको छ। त्यहाँ १ लाख ९८ हजार ६७६ संक्रमित हुँदा ३१ हजार ९१६ निको भएका छन्। त्यस्तै छिमेकी मुलुक भारतमा पनि संक्रमण तीव्र फैलिरहेको छ।

भारतमा हालसम्म ६२ हजार ८०८ मा संक्रमण देखा परेको छ। जसमध्ये १९ हजार ३०१ निको भएका छन् भने २ हजार १०१ ले ज्यान गुमाएका छन्।

नेपालमा अहिलेसम्म ११० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । उपचारपछि ३१ जना निको भएका छन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments