विशेष Archives | Page 11 of 242 | नेपालमाला

 

काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं : काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराति पौने ११ बजे भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन भएको छ । काठमाडौं उपत्यकाबासीले भूकम्पको धक्का महसुस गरेको…

बीआरआई बहस : अनुदानको अडानमा कांग्रेस

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा बीआरआई विषय फेरी एकपटक चर्चामा छ। चर्चाको विषय भनेको बीआरआई अनुदानमा लिने कि ऋणमा लिने ? नेपालमा चिनियाँ ऋण तथा अनुदानमा केही परियोजना सञ्चालनमा छन्, तर ती बीआरआईअन्तर्गत नभई द्विपक्षीय सम्झौतामा आधारित…

एमालेबाट २५ वर्षमा खोसेको कीर्तिपुर बचाउन कांग्रेसलाई चुनौती

काठमाडौं : नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकामा सधैंको प्रतिस्पर्धी नेकपा एमालेलाई जित्न २५ वर्ष कुर्नपर्‍यो । २०५४ र २०७४ सालको स्थानीय निर्वाचनमा पराजित भएको कांग्रेसले २०७९ सालमा भने एमालेलाई ठूलो मतान्तरले हराइदियो । नगर प्रमुखमा कांग्रेसका उम्मेदवार राजकुमार नकर्मीले ९ हजार…

कांग्रेसले किन लाज मानेको होला !

कांग्रेसले यसपालि पनि त्यो गरेन, जे गर्ने निर्णय केन्द्रीय कार्यसमितिले गरेको धेरै भइसकेको थियो । त्यो भनेको आफ्ना स्थापक तथा विभिन्न कालखण्डमा योगदान गरेका साहसी एवं बलिदानी नेताहरूको आदर र सम्मान पुनस्र्थापित गर्ने निर्णय कार्यान्वयनको सबाल । निर्णय धेरै पटक…

उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

काठमाडौं : यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारहरूको अन्तिम नामावली प्रकाश हुँदैछ । निर्वाचन आयोगका अनुसार आजै उम्मेदवारी फिर्ता लिने र त्यसपछि अन्तिम नामावली प्रकाशन गर्ने चुनावी कार्यतालिका रहेको छ । उम्मेदवारलाई आजै दिउँसो ३ बजेदेखि ५…

विद्युत् प्राधिकरणको ‘ओभरहेड’ संरचना हट्दा चिटिक्क न्युरोड

काठमाडौं : अहिले न्युरोड पहिलभन्दा सफा देखिन्छ । नेपाल विद्युत् प्राधिकरणले भूमिगत विद्युत् वितरण प्रणाली मार्फत विद्युत् आपूर्ति थालेपछि काठमाडौं महानगरपालिकाले अनावश्यक पोल र तार हटाउन थालेको छ । प्राधिकरण प्रवक्ता चन्दन घोषका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भूमिगत विद्युत्…

‘पृथ्वीबाट कार्बन सोस्ने क्षमता आधाले घट्यो’

काठमाडौं : युरोपीय अन्तरिक्ष एजेन्सीको सहयोगमा गरिएको एक अध्ययनले अत्यधिक गर्मीका कारण पृथ्वीबाट कार्बन सोस्ने क्षमता आधाले घटेको पत्ता लागेको छ । सन् २०२३ मा तातो हावाको लहरसँगै खडेरी र डढेलोका घटना बढेका थिए । त्यसले वायुमण्डलीय कार्बन सोस्ने क्षमता…

पूर्वसभामुख ढुंगानाको निधनमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं : सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले आज सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। उनका अनुसार बैठकले प्रतिनिधिसभाका पूर्व सभामुख ढुंगानाको…

पूर्वसभामुख ढुंगानाप्रति सानोगौरचणमा श्रद्धाञ्जली, आर्यघाटमा अन्त्येष्टि

काठमाडौं : दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । अन्त्येष्टिअघि उनीप्रति श्रद्धाञ्जलीका लागि पार्थिव शरीरलाई सानोगौचरणमा राखिने भएको छ । श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष…

कीर्तिपुरको मेयर पदका लागि २० जनाको उम्मेदवारी (सूची)

काठमाडौं : काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि २० जनाले उम्मेदवारी दिएका छन्। आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म २० जनाले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिइन्। यहाँ नेपाली का‌ंग्रेसले कृष्णमान डंगोल, नेकपा…

स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारी दर्ता

काठमाडौं : यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । आज बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । ३ मंसिरमा उम्मेदवारको विरोधमा उजुरी दिने सकिनेछ भने…

आजदेखि निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

काठमाडौं : यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू हुँदैछ । निर्वाचन आयोगको शनिबार बसेको आजदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने…

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

काठमाडौं : १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको शनिबार बसेको बैठकले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू…

कीर्तिपुरको मेयरमा कांग्रेसको उम्मेदवार कृष्णमान डंगोल

काठमाडौं : नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने भएको छ । कांग्रेसको बागमती प्रदेश समितिले डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुरमा १६ मंसिरमा उपचुनाव तोकिएको छ । उम्मेदवारी दर्ता…

गाजा र बंगलादेशका अपसगुन !

मध्यपूर्वको युद्धग्रस्त गाजामा तत्कालै शान्ति सम्झौता भयो र पुनर्निर्माणको अभियान पनि अविलम्ब थालियो भने पनि त्यसलाई एक वर्षअघिको स्थान र स्थितिमा पु¥याउन ३५० वर्ष लाग्ने ठोकुवा गरेका छन्– संयुक्त राष्ट्रसंघका विज्ञहरूले । अमेरिकी समाचार एजेन्सी– एपीको समाचार विश्लेषणअनुसार जुन परिणाममा…

तीन दशकमा डायबिटीजका बिरामी चार गुणा वृद्धि : राष्ट्रसंघ

काठमाडौं : संयुक्त राष्ट्रसंघ समर्थित एक अध्ययनले तीन दशकको अवधिमा विश्वमा मधुमेह (डायबिटिज)का बिरामी चार गुणाले बढेको पत्ता लागेको छ । यसबाट विश्वका ८० करोड वयस्क पीडित भएको समेत पाइएको छ । १४ नोभेम्बरमा मनाइने विश्व मधुमेह दिवसको अवसरमा लनसेन्ट…

दार्चुलामा जिप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ८ पुग्यो

दार्चुला : दार्चुलाको मालिकार्जुन जात्राबाट दर्शनार्थी बोकेर गोकुलेश्वरतर्फ जाँदै गरेको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८ जना पुगेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–९ नक्तड बस्ने ४५ वर्षीय दिलिप बिष्ट…