काठमाडौं : यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । आज बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । ३ मंसिरमा उम्मेदवारको विरोधमा उजुरी दिने सकिनेछ भने ४ गते बेलुकाम्म उजुरी उपर जाँचबुझ गरी निर्णय दिनुपर्नेछ । त्यस्तै ५ मंसिरको दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् ।
त्यसपछि त्यसै दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र निर्वाचन चिह्न पनि त्यसै दिन दिइनेछ । १६ गते बिहान ७ देखि ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । ४४ पदका लागि हुन लागेको उपनिर्वाचनका लागि ३८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।
यसपटक २ जिल्ला समन्वय समिति प्रमुख, एक/एक नगर प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो ।निर्वाचन आयोगले आजैदेखि लागू हुनेगरी निर्वाचन आचारसंहिता पनि जारी गरेको छ ।
कुन दलले कहाँ कसलाई उम्मेदवार बनाएका छन ?
१. कीर्तिपुर नगरपालिका, काठमाडौं
चुनाव हुने पद : मेयर
कांग्रेस— कृष्णमान डंगोल
एमाले— डा. सुरेन्द्र मानन्धर
माओवादी— शिवशरण महर्जन
राप्रपा— ई. ध्रुव महर्जन
२.गौरिशंकर गाउँपालिका, दोलखा
चुनाव हुने पद : उपाध्यक्ष
कांग्रेस— पास्वीकी तामाङ
एमाले— उमा लुंगेली शेर्पा
माओवादी— निमलेकी शेर्पा
एकिकृत समाजवादी— रवीना खड्का
रास्वपा— गोमा श्रेष्ठ
३. ग्रामथान गाउँपालिका, मोरङ्ग
चुनाव हुने पद : अध्यक्ष
कांग्रेस— बलराम सरदार
एमाले— तुल्सीराम विश्वास
माओवादी— नमो नारायण माझी
एकिकृत समाजवादी— दिलबहादुर विक
राप्रपा— दिनेश कुमार थनदार
रास्वपा— नवीन कुमार विश्वास
४.पुथा उत्तर गंगा गाउँपालिका, रुकुम (पूर्व)
चुनाव हुने पद : उपाध्यक्ष
कांग्रेस— रिर्चा सुनार
एमाले— केस कुमारी तुलाचन
माओवादी— ज्ञान देवी पुन
एकिकृत समाजवादी— सुनिता बुढा
५. महाबु गाउँपालिका, दैलेख
चुनाव हुने पद : अध्यक्ष
कांग्रेस— झलकबहादुर भण्डारी
एमाले— जंग बहादुर शाही
माओवादी— जंग बहादुर मगर
रास्वपा— प्रकाश कुमार बुढा
६. नलगाड नगरपालिका, जाजरकोट
चुनाव हुने पद : उपप्रमुख
कांग्रेस— इन्द्रा चन्द सिंह
एमाले— सुनिता बोहोरा
माओवादी— देवका लामिछाने
राप्रपा नेपाल— मनिषा रावल
रास्वाप— पार्वती पुन
७. सर्केगाड गाउँपालिका, हुम्ला
चुनाव हुने पद : उपाध्यक्ष
कांग्रेस— सविता बुढा
एमाले— जाना शाही
८. स्वामी कार्तिक खापर गाउँपालिका, बाजुरा
चुनाव हुने पद : उपाध्यक्ष
कांग्रेस— पुलती सरा शाही
एमाले—सुलोचना भण्डारी बुढा
माओवादी— राजु कुमारी वि.क.
एकिकृत समाजवादी— जवा शाही