काठमाडौं : नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कोरोना भाइरसको संक्रमणले सिंगो देश आक्रान्त बनेका बेला जनतालाई राहत, सहास र हौसला दिनुपर्ने सरकार आफै भ्रष्टाचार, अनियमितता र कमिसनको खेलमा लागेको बताएका छन् । शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै अध्यक्ष बस्नेतले…
थप तीन जनामा कोरोना सङ्क्रमण
काठमाडौ : कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण थप तीन जनामा देखिएको छ । मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा…
कोरोनालाई हराउन सबै एक होऔं : राष्ट्रपति भण्डारी
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै भावनामा नबगी कोरोना भाइरसको गम्भीरतालाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा आह्वान गर्नुभएको छ । नोवल कोरोना भाइरस (कोभिड–१९) बाट उत्पन्न विश्वव्यापी…
प्रहरी र चोरी शिकारीबीच गोली हानहान
विराटनगर : मोरङमा वनमा चोरी शिकारी गर्ने समूह र वन कर्मचारीबीच आज दोहोरो गोली हानहान भएको छ । मोरङको सलकपुर सामुदायिक वन क्षेत्र र लोहन्द्रा केरावारी साझेदारी वन क्षेत्रमा चोरी शिकारी गर्ने समूसँँग वनका कर्मचारीबीच आज अपराह्न ३ः३० बजे गोली…
पोखरामा पोजेटिभ रिपोट भेटिएको छैन : स्वास्थ्य मन्त्रालय
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा अहिलेसम्म कोही पनि व्यक्तिमा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नभेटिएको स्पष्ट पारेको छ । पोखरामा भर्खरै स्थापना गरिएको प्रयोगशालाको मेसिनको बैधता र प्रक्रियाको कुरा पनि देवकोटाले उठाए । कुनै केस शंकास्पद भयो भने त्यहाँ…
स्वास्थ्य सामग्री अनियमितता गर्नेलाई कारवाही गर : देउवा
काठमाडौ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अत्यावश्यक स्वास्थ्य सामग्री खरीदमा संलग्नहरूलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारवाहीको प्रक्रियालाई सघाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ । सभापति देउवाले आज वक्तव्य जारी गरी सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि गहिरो अनुसन्धान…
बेल्जियममा छोरी भेटेर फर्किएकी थिइन छैटौं संक्रमित
काठमाडौं : बिहीबार कोरोना भाइरस संक्रमणको पुष्टि भएकी बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया महिलामा बेल्जियममा छोरी भेटेर फर्किएकी थिइन् । उनी कोरोना संक्रमण पुष्टि भएकी दुई युवतीसँगै कतार एयरबाट गत चैत ४ गते नेपाल आएकी थिइन् । कतार एयरको ६५२…
छैटौं कोरोना संक्रमित पनि भेटिए
काठमाडौं : नेपालमा छैटौं कोरोना भाइरस (कोभिड–१९)को संक्रमित भेटिएका छन् । बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रेस ब्रिफिङ गर्दै छैठौं व्यक्तिमा संक्रमण देखिएको पुष्टि गरेको हुन्। उनी गत चैत ४ गते कतार एयरवेजको जहाजबाट आएका थिए । योसँगै…
नागरिकको समस्या बुझ्न टोल टोलमा प्रकाशमान
काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह कोरोना भाइरसको विश्वब्यापी संक्रमणका कारण घरमा नै लकडाउनको पालना गरिरहेका आम नागरिकका समस्या बुझ्न आफ्नो निर्वाचन क्षेत्रका साथै काठमाडौंका विभिन्न टोलमा पुगेका छन् । नेपाली कांग्रेसका प्रभावशाली नेता सिंहले काठमाडौंका…
रथयात्रा रोकिएपछि सेतो मच्छेन्द्रनाथ र चामुण्डा मन्दिरमा क्षमा पूजा
काठमाडौ : कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन यस वर्ष सेतो मच्छेन्द्रनाथको रथयात्रा स्थगित गरिएपछि आज क्षमा पूजा गरिएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन दरबारमार्गस्थित तीनधारा संस्कृत छात्रावासअघिबाट रथयात्रा शुरु गरिन्थ्यो । यस वर्ष जात्रा गर्न नसकिने भएपछि…
अधिकांश स्थानमा हावाहुरीसहित वर्षा हुने, सतर्क रहन आग्रह
काठमाडौ : पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज राति देशका अधिकाश भू–भागमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । उहाँका अनुसार हाल…
सबैतिरबाट आलोचना भएपछि ओबिसिआईसँगको सम्झौता रद्द, पाँच करोड धरौटी पनि जफत
काठमाडौ : सरकारले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि चीनबाट औषधिजन्य सामग्री ल्याउने भनिएको कम्पनीसँगको सम्झौता रद्द गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सम्झौतानुसार सामग्री ल्याउन नसक्ने भएपछि ओम्नी…
निगमको वाइड बडी जहाज आज अष्टे«लिया उड्दै
काठमाडौ : चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा फहराउदैँ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज अष्टे«लिया उड्दैछ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ३३० आज साँझ ५ः३० बजे मलेसियाको क्वालालम्पुर हुँदै अष्टे«लियाको शहर ब्रिश्वेन…
कोरोना भाइरसको सातवटै प्रदेशबाट परीक्षण शुरु
काठमाडौँ : उपत्यकाबाहिर कोरोना (कोभिड–१९) नमूना परीक्षण धमाधम भइरहेको छ । मङ्गलबार परीक्षणका लागि मेशिन पुगेपछि सातवटै प्रदेशमा नमूना परीक्षण धमाधम भइरहेको जनाइएको छ । धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारदेखि नै शुरु भएको हो । अहिले धरानमा दैनिक १२…
पूर्वराजाद्वारा दुई करोड सहयोग
काठमाडौ : पूर्वराजा ज्ञानेन्द्र शाहले कोभिड–१९ को जोखिम नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउन बाध्यात्मक अनिवार्यता भएकाले यसको पालनामा गैरजिम्मेवार हुने छुट कसैलाई पनि नभएको बताउनुभएको छ । कोभिड–१९ का सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै उहाँले विश्वमा अहिले देखा परेको…
कीर्तिपुरमा पानीको आपूर्ति सहज हुने
काठमाडौं : विगत तीन सातादेखि धारामा पानी नआउने समस्या झेलिरहेका गाम्चा, सल्यानस्थान, झुलपोखरी, कीर्तिपुर, पाँगा, भाजंगल, नगाउँलगायतका टोलमा बुधबारबाट नियमित रुपमा पानी आपूर्ति हुने भएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष राजेन्द्र बानियाँको विशेष पहलमा सिम र…
नेपाल भ्रमण वर्ष स्थगित
काठमाडौं : सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ । यसअघि अप्रिलसम्मका लागि मात्र स्थगित भएको यो अभियान अब भने औपचारिक रुपमा स्थगित गरिएको छ । नेपाल सरकारको चैत ९ गतेको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा…
