समाचार Archives | Page 107 of 122 | नेपालमाला

 

तीन सय गाडी नियन्त्रणमा

काठमाडौ : कोरोना भाइरस (कोभिड–¬१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ३०० भन्दा बढी सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट गाडी नियन्त्रणमा लिएको हो । अटेर…

अर्को एक जनामा पनि देखियो कोरोना

काठमाडौ : कोभिड–१९ को पोजिटिभ पुनः एकजनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले पुनः एक जनामा आज कोभिड–१९ पोजिटिभ देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार ती पोजिटिभ देखिएका व्यक्तिको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल…

वडा अध्यक्ष बानियाँको एक महिनाको सेवा सुविधा कोरोना उपचार कोषमा

काठमाडौं : कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजेन्द्र बानियाँले आफूले पाउने एक महिनाको सेवा सुविधा ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई प्रदान गर्ने भएका छन् । अहिले सिंगो मुलुक नै कोरोना भाइरसविरुद्धका रोकथाम तथा नियन्त्रण…

मंगलबार बिहानैदेखि ‘लकडाउन’

काठमाडौं : सरकारले भोलि मंगलबार बिहानैबाट देशलाई पूर्ण रुपमा ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले यो निर्णय गरेको हो । अब मंगलबार विहानबाट एक सातासम्म घरबाट बाहिर निस्कन पाइने छैन भने सवारीसाधन…

सीमाका नेपालीलाई गन्तब्यमा जान दिइने

काठमाडौं : भारत र चीनसँगको सीमा नाकामा यात्रु आवतजावत गर्न रोक लगाएको सरकारले अलपत्र परेका नेपालीलाई गन्तब्यमा जान दिने भएको छ । विशेषगरी भारतसँगको विभिन्न सीमामा अलपत्र परेका व्यक्तिले नेपाली नागरिक भएको पुष्टि हुने कागजपत्र पेश गर्नुपर्नेछ । सरकारले आइतबार…

सामाजिक दूरी कायम गर्न तरुण दलको अपिल

काठमाडौ : नेपाल तरुण दलले अति आवश्यकबाहेक अन्य काममा घर बाहिर ननिस्की सुरक्षित तरिकाले घरमै बसी केही समयसम्म समाजिक दूरी कायम गर्न आह्वान गरेको छ । विगत केही समयदेखि विश्व समुदाय कोभिड–१९ सँग लडिरहेको छ । नेपालले पनि कोरोना भाइरसको…

कोरोना सङ्क्रमितलाई उद्धार गरी उपचार गर्ने

काठमाडौ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस पोजेटिभ देखिएका कुनै पनि बिरामीलाई सरकारले उद्धार गरेर उपचार गर्ने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले कुनै पनि कोभिड–१९ का बिरामी भेटिए सरकारले निःशुल्क उपचार गर्नेसमेत बताउनुभयो ।…

पलाञ्चोक मन्दिरमा पूजामा रोक

बनेपा : कोरोना भाइरस (कोभिड–१९)को सम्भावित सङ्क्रमणबाट जोगिन पाँचखाल नगरपालिकाले नगर बासिन्दालाई सकेसम्म घर बाहिर ननिस्कन, ऐतिहासिक एवं धार्मिक मन्दिर पलाञ्चोक भगवतीको मन्दिरमा नित्य पूजाबाहेकका भीडभाड रोक्न र अन्य पूजाआजा बन्द गर्ने निर्णय गरेको छ । आइतबार नगरप्रमुख महेश खरेलको…

पानीट्यांकी नाकामा तीन सय नेपाली अलपत्र

भद्रपुर  : पूर्वी नाका काँकडभिट्टा भएर नेपाल प्रवेश गर्ने करीब तीन सय नेपाली भारतीय नाका पानीट्यांकीमा अलपत्र परेका छन् । मन्त्रिपरिषद्को निर्णयानुसार आज बिहान १० बजेदेखि सीमानाका बन्द भएपछि उनीहरु अलपत्र परेका हुन् । तिनमा भारतका विभिन्न शहरबाट मजदूरी गरेर…

फ्रान्सबाट नेपाल आएकी विद्यार्थीमा कोरोना संक्रमण

काठमाडौं : फ्रान्सबाट नेपाल आएकी एक विद्यार्थीमा नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी फ्रान्सबाट फर्किएकी एक नेपाली युवतीमा भाइरस पोजेटिभ देखिएको जानकारी दिएका हुन् । हाल…

बन्द भयो अन्तर्राष्ट्रिय उडान

काठमाडौ : कोभिड–१९को विश्वव्यापी सङ्क्रमणलाई ध्यानमा राखी सरकारले आज मध्यरातिदेखि लागू हुनेगरी नौ दिनसम्म नेपाल भित्रिने सबै अन्तरराष्ट्रिय हवाई उडान बन्द गरेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सरकारको निर्णयबमोजिम शनिबार जरुरी सूचना निकालेर नेपालमा उडान भर्ने सबै अन्तरराष्ट्रिय…

पशुपतिमा विशेष पूजा नहुने

काठमाडौ : कोरोना भाइरस (कोभिड १९ ) जोखिमबाट सतर्कता अपनाउन सोमबारदेखि पशुपतिमा विशेष पूजा नगरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले शुक्रबारदेखि नै विशेष पूजाको रसिद काट्न बन्द गरेको थियो । बिहीबारसम्म काटेका रसिदको विशेष पूजा आइतबार सकिएपछि…

सञ्चारकर्मीलाई निवासबाट नै कामकाजको व्यवस्था मिलाउन आग्रह 

काठमाडौ : नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को जोखिमलाई ध्यानदिँदै सञ्चारकर्मीलाई निवासबाट नै कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गरेको छ । आज यहाँ बसेको केन्द्रीय समितिको बैठकले सञ्चारकर्मीका लागि सुरक्षित वातावरण तयार पार्न, समयमै पारिश्रमिक प्रदान गर्न तथा निवासबाट कामकाजको…

सहृदयी जनप्रतिनिधि : जसले आफ्नै बलबुतामा कोरोनाविरुद्ध अभियान चलाइरहेका छन्

काठमाडौं : अहिले कोरोना भाइरसले विश्वभरी महामारी फैलाइरहेको छ । चीनको वुहानबाट फैलिएको यो भाइरसले विश्वका थुप्रै मुलुकमा त्रास फैलाइरहेको छ । नेपालमा कोरोना भाइरसबाट अहिलेसम्म कोही पनि संक्रमित भएको पाइएको छैन । तर, विश्व स्वास्थ्य संगठनलगायतका अन्तर्राष्ट्रिय संघसंस्थाले नेपाल…

चट्याङसहित पानी पर्ने सतर्क रहन आग्रह

काठमाडौ  : स्थानीय वायुको प्रभावले आज पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको प्रभावले आज मध्याह्नपछि पहाडी भूभागका केही स्थानमा र तराईका एक–दुई स्थानमा…

मनकामना मन्दिरमा पूजा गर्न रोक

गोरखा :  गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा आजदेखि विशेष पूजाबाहेकका अन्य सबै पूजाआजा गर्न रोक लगाइने भएको छ । कोभिड–१९ को सङ्क्रमण फैलन नदिन मनकामना मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाइएको मन्दिरका मुख्य पुजारी इन्सान थापामगरले जानकारी दिनुभयो ।…

सीमा नाकामा आवागमन रोक   

धनगढी : कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारीस्वरुप भारतसँग सीमा जोडिएको कैलालीका विभिन्न नाकाबाट आवागमनमा रोक लगाइएको छ । भारतसँग सीमा जोडिएको जिल्लाका मुख्य नाकाबाहेक अधिकांश नाकाबाट आवागमनमा रोक लगाइएको हो । मुख्य नाका भएर भित्रिनेलाई भने सहायता कक्ष ‘हेल्थ…