काठमाडौं : कालोबजारी गरेको आरोपमा शंकर समूहका मालिक सुलभ अग्रवाल पक्राउ परेका छन्। जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालकसमेत रहेका अग्रवाल कालोबजारी गरेको आरोपमा मंगलबार पक्राउ परेका हुन्। महानगरीय प्रहरी अपराध महाशाखाका एसपी मुकेस सिंहका अनुसार अग्रवाल ६७ थान थर्मलगतसहित नक्सालबाट…
कक्षा ११ र १२ को परीक्षा स्थगित
काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड-१९)का कारण कक्षा ११ र १२ को परीक्षा अनिश्चित कालका लागि रोकिएको छ। मंगलबार बसेको राष्ट्रिय परीक्ष बोर्डको बैठकले अर्को सूचना नभएसम्मका लागि कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको बोर्डका…
परीक्षणको दायरा फाकिलो बनाऊ : सभापति देउवा
काठमाडौँ : नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको तत्काल परीक्षण व्यापक बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले सुदूरपश्चिम प्रदेशका केही ठाउँमा कोरोना संक्रमितको संख्या बढेपछि यसलाई गम्भीरता साथ लिनुपर्ने उल्लेख गर्नुभएको छ । सुदूरपश्चिम…
सङ्कटका काला बादल हटेर जानेछन्ः प्रधानमन्त्री
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न सङ्कटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ भन्दै सङ्कटका काला बादल अवश्य हटेर जाने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रका नाममा आज सम्बोधन गर्दै उहाँले मुलुक कोरोना विरुद्धको…
औँठी–आइफोन हातमाः राहतको लाममा
भक्तपुर : लकडाउनका बेलामा अति विपन्न एवं ज्याला मजदुरीमा दैनिक गुजारा चलाउनेलाई वितरण गरिने राहत हुनेखानेहरु नै लाइनमा बसेर लिन थालेका छन् । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनमा दैनिक मजदुरी गरेर खानुपर्ने मानिस भोकै बस्नु नपरोस्…
कोरोना संक्रमण रोकथामका लागि मन्त्रीहरुलाई जिम्मेवारी
काठमाडौँ : मन्त्रिपरिषद्को आजको बैठकले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा नरहनुभएका मन्त्रीलाई कोरोना भाइरस रोकथामका लागि प्रदेश सरकारसँग समन्वय गर्न थप जिम्मेवारी दिइएको छ । सोअनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई महिला, ज्येष्ठ नागरिक र अपांगता…
अब बैशाख ३ सम्म मुलुक लकडाउनमा
काठमाडौं : कोरोना भाइरस संक्रमण हुन नदिन सरकारले विगत दुई सातादेखि गर्दै आएको ‘लकडाउन’को अवधि फेरि एक साता बढाएको छ । अब आगामी वैशाख ३ गतेसम्म मुलुक लकडाउनमा हुनेछ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन एक साता लम्ब्याउने निर्णय गरेको…
राउटेका मुखमा पनि मास्क
वीरेन्द्रनगर : जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय अहिले माक्स लगाउन थालेको छ । सुर्खेतको भेरीगंगा नगरपालिका २ स्थित छिञ्चुखोलामा बस्दै आएको सो समुदायका सबैले मास्क लगाउन थालेका छन् । कोभिड–१९को संक्रमण बढिरहेकाले बच्नका लागि माक्स लगाउन थालिएको उनीहरुले…
लकडाउन फेरि एक साता लम्बिने
काठमाडौं : कोरोना भाइरस संक्रमण हुन नदिन सरकारले विगत दुई सातादेखि गर्दै आएको ‘लकडाउन’को अवधि फेरि एक साता बढाउने भएको छ । अब आगामी वैशाख ३ गतेसम्म मुलुक लकडाउनमा हुनेछ । आइतबार साँझ बसेको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम…
पशुपतिमा घट्न थाले शव
पूर्णप्रसाद मिश्र (काठमाडौँ ) बन्दाबन्दी शुरु भएसँगै पशुपतिमा जलाउन ल्याइने शव पनि घट्न थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यही चैत ११ गते अघि पशुपतिमा अन्तिम संस्कारका लागि दैनिक ३० देखि ४० शव आउने गरेकामा हाल दैनिक १०…
खरिपाटी क्वारेन्टाइनका ९४ को रिपोर्ट नेगेटिभ : १५ सयको परीक्षण, ११३ को उपचार
भक्तपुर : स्थानीय खरीपाटीस्थित नेपाल विद्युत् प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएका ९४ जनाको कोरोना भाइरस संक्रमण रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले खरिपाटी क्वारेन्टाइनमा रहेका सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो । यही…
कीर्तिपुरमा राहत कोष स्थापना
कीर्तिपुर : कीर्तिपुर नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा राहतको व्यवस्थापन गर्नका लागि आकस्मिक राहत कोष २०७६ स्थापना गरेको छ । नगरपालिकाले आइतबार रु ५० लाख राखेर कोष स्थापना गरेको जनाएको छ । कोषमा सहयोगी मनलाई रकम जम्मा गर्न नगरपालिकाले आग्रहसमेत…
स्वास्थ्य सामग्री सरकारले सोझै खरिद गर्ने
काठमाडौं : कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिले स्वास्थ्य सामग्री खरिद सिधै सरकारले गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको उच्चस्तरीय समितिको बैठकले स्वास्थ्य सामग्री प्रतिस्पर्धामार्फत खरिद गर्ने र अपुग भएमा सरकारले…
कोरोना भाइरसको उच्च जोखिममा सुदूरपश्चिम
धनगढी : चिकित्सकले सुदूरपश्चिम प्रदेश कोरोनाको उच्च जोखिममा रहेको बताएका छन्। भारतबाट नेपाल भित्रिएका नेपालीमा पनि कोरोनाको संक्रमण देखिनु र तेस्रो मुलकबाटै संक्रमित भएर आएका व्यक्तिले परिवारलाई सारेको पुष्टि भएपछि जोखिम बढेको चिकित्सकले बताएका हुन्। शनिबार मात्रै भारतटबाट फर्केर कञ्चनपुरको बेदकोट…
क्वारेन्टाइनमा बस्न मान्दैनन् हुम्ली
सिमकोट : हुम्लाका सात स्थानीय तहमा १४१ क्वारेनटाइन बनेका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सात गाउँपालिकाका ४४ वडामा बनेका क्वारेन्टाइनस्थल अधिकांशमा आधारभूत सुविधासमेत नभएपछि अधिकांशले बस्न मानेका छैनन् । सर्केगाड गाउँपालिकामा तयार भएका क्वारेनटाइनमा कोही बस्न नमान्दा खाली…
मन्त्रिपरिषद् बैठक : लकडाउनमा थप कडाइ
काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि चैत ११ गतेदेखि लगाएको लकडाउनमा सरकारले थप कडाइ गर्ने भएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदले एक प्रदेशबाट…
आन्दोलनमा सहभागी थिए २१ वर्षीय संक्रमित
धनगढी : शनिबार कोरोना संक्रमण देखिएका तीन जनामध्ये कैलालीको लम्कीचुहा नगरपालिका–९ का २१ वर्षीय युवक आन्दोलनमा सरिक भई प्रहरीलाई ढुंगामुढा गर्नेमध्येको एक भएको जनाइएको छ । चैत ११ गते कैलालीको गौरीफन्टा सीमा नाकाबाट नेपाल प्रवेश गरेका उनी लकडाउनका बेला सीमामा…
