छैटौं कोरोना संक्रमित पनि भेटिए

काठमाडौं : नेपालमा छैटौं कोरोना भाइरस (कोभिड–१९)को संक्रमित भेटिएका छन् । बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रेस ब्रिफिङ गर्दै छैठौं व्यक्तिमा संक्रमण देखिएको पुष्टि गरेको हुन्।

उनी गत चैत ४ गते कतार एयरवेजको जहाजबाट आएका थिए । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६ पुगेको छ।

पहिलो संक्रमित व्यक्ति निको भएर घर फर्किएका छन् भने बाँकी ४ जनाको आइसोलेसनमा उपचार भइरहेको छ।

 

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments