जेनेभा : कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर ३१ हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर संक्रमित व्यक्तिको संख्या ६ लाख ६८ हजार पुगेको छ । प्राप्त विवरण अनुसार इटालीमा हालसम्म १० हजार २३…
अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध लम्बियो
काठमाडौं : अन्तर्राष्ट्रिय उडान वैशाख २ गतेसम्म नहुने भएका छन्। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको नोभल कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समिति बैठकले यस्तो निर्णय गरेको हो। यसअघि सरकारले गरेको निर्णय कार्यान्वन गर्दै बैठकले अन्तर्राष्ट्रिय उडानलाई…
कुनै समस्या परे मलाई र मेरो सचिवालयमा सम्पर्क गर्नुहोला : काँग्रेस नेता सिंह
काठमाडौ : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’को कठिन परिस्थितिमा कुनै गम्भीर समस्या आएमा आफू र आफ्नो सचिवालयमा सम्पर्क गर्न आग्रह गर्नुभएको छ । नेता सिंहले आज एक विज्ञप्तिमार्फत लकडाउनको समयमा स्वदेश तथा…
चीनबाट आयो मेडिकल सामग्री
काठमाडौँ : राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजमार्फत चीनको ग्वाङजाओबाट मेडिकल सामग्री नेपाल ल्याइएको छ । औषधि उपचारजन्य सामग्री लिन निगमको वाइडबडी जहाज शनिबार दिउँसो ग्वाङ्जाओ गएको थियो । मेडिकल सामग्री बोकेर आएको वाइडबडी जहाज…
थप एकमा कोभिड–१९ पोजिटिभ
काठमाडौ : कोरोना भाइरसको सङ्क्रमण थप अर्को एक जनामा भेटिएको छ । यससँगै कोभिड–१९ सङ्क्रमित नेपाली पाँच जना पुगेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको नमूना परीक्षणका क्रममा…
ग्रीन भिलेजमा १० बेडको क्वारेन्टाइन
काठमाडौं : कीर्तिपुर नगरपालिका–४ को क्वारेन्टाइन भत्केपाटीमा अवस्थित ग्रीन भिलेज सेकेन्डरी स्कुलमा बनाइएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर ४ मा हालै बसेको बैठकले उक्त विद्यालयमा क्वारेन्टाइन बनाउने निर्णय गरेको हो । वडा नम्बर ४ का अध्यक्ष राजेन्द्र बानियाँको विशेष…
कोरोनाको उपचाररत युवतीको स्वास्थ्मा सुधार
काठमाडौ : फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएर कोरोना भाइरसको उपचाररत १९ वर्षीया युवतीको अहिले पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा रहेकी छिन् । उपचाररत ती युवती अस्पतालबाट डिस्चार्ज भएको भनी समाजिक सञ्जाल र केही…
राहत प्याकेज घोषणा गरी कार्यान्वयन गर : देउवा
काठमाडौ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ को सङ्क्रमणबाट बच्न लागु गरिएको लक डाउनका कारण विभिन्न वर्ग र क्षेत्रमा परेको आर्थिक असरलाई दृष्टिगत गरेर तत्काल आवश्यक निर्णय लिन सरकारको पुनः ध्यानाकर्षण गराउनुभएको छ । उहाँले आज एक विज्ञप्तिमार्फत उक्त…
बेलायतका नेपाली त्रासमा
लन्डन : चीन, इटाली, स्पेन र अमेरिकाको तुलनामा बेलायतमा शुरुमा कोरोना भाइरसको प्रभाव नपरेजस्तो देखिए पनि पछिल्लो एक हप्तामा यहाँ पनि सङ्क्रमण दर ह्वात्तै बढेको छ । यसबाट यहाँको जनजीवन प्रभावित भएसँगै नेपाली समुदायमा पनि त्रास फैलिएको छ । यो…
फ्रान्सेली नागरिकलाई लिएर फर्कियो कतार एयरवेजको जहाज
काठमाडौ : नेपालमा रहेका फ्रान्सेली नागरिकलाई लिएर कतार एयरवेजको जहाज फर्किएको छ । कतार एयरवेजको वाइड बडी जहाजले आज बिहान ११:५० बजेको उडानमा फ्रेन्च नागरिक लिएर फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले तीनजना बालबालिकासहित ३०४…
कोरोना संक्रमित धमाधम भेटिएपछि नयाँ रणनीति बनाउँदै सरकार
काठमाडौ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप एक जनामा कोभिड–१९ पोजिटिभ देखिएपछि थप रणनीति अपनाउने भएको छ । कोरोना भाइरसको नमूना परीक्षणका क्रममा विदेशबाट आएकामा पोजिटिभ देखिएपछि थप रणनीति अपनाउन लागिएको हो । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अहिले अपनाइएको…
तीन सय गाडी नियन्त्रणमा
काठमाडौ : कोरोना भाइरस (कोभिड–¬१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ३०० भन्दा बढी सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट गाडी नियन्त्रणमा लिएको हो । अटेर…
अर्को एक जनामा पनि देखियो कोरोना
काठमाडौ : कोभिड–१९ को पोजिटिभ पुनः एकजनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले पुनः एक जनामा आज कोभिड–१९ पोजिटिभ देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार ती पोजिटिभ देखिएका व्यक्तिको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल…
वडा अध्यक्ष बानियाँको एक महिनाको सेवा सुविधा कोरोना उपचार कोषमा
काठमाडौं : कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजेन्द्र बानियाँले आफूले पाउने एक महिनाको सेवा सुविधा ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई प्रदान गर्ने भएका छन् । अहिले सिंगो मुलुक नै कोरोना भाइरसविरुद्धका रोकथाम तथा नियन्त्रण…
मंगलबार बिहानैदेखि ‘लकडाउन’
काठमाडौं : सरकारले भोलि मंगलबार बिहानैबाट देशलाई पूर्ण रुपमा ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले यो निर्णय गरेको हो । अब मंगलबार विहानबाट एक सातासम्म घरबाट बाहिर निस्कन पाइने छैन भने सवारीसाधन…
सीमाका नेपालीलाई गन्तब्यमा जान दिइने
काठमाडौं : भारत र चीनसँगको सीमा नाकामा यात्रु आवतजावत गर्न रोक लगाएको सरकारले अलपत्र परेका नेपालीलाई गन्तब्यमा जान दिने भएको छ । विशेषगरी भारतसँगको विभिन्न सीमामा अलपत्र परेका व्यक्तिले नेपाली नागरिक भएको पुष्टि हुने कागजपत्र पेश गर्नुपर्नेछ । सरकारले आइतबार…
सामाजिक दूरी कायम गर्न तरुण दलको अपिल
काठमाडौ : नेपाल तरुण दलले अति आवश्यकबाहेक अन्य काममा घर बाहिर ननिस्की सुरक्षित तरिकाले घरमै बसी केही समयसम्म समाजिक दूरी कायम गर्न आह्वान गरेको छ । विगत केही समयदेखि विश्व समुदाय कोभिड–१९ सँग लडिरहेको छ । नेपालले पनि कोरोना भाइरसको…
