समाचार Archives | Page 103 of 122 | नेपालमाला

 

आइतबारदेखि भरी सिलिण्डर

काठमाडौँ : नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको आज बसेकोे बैठकले १४.२ किलो (पूरै भरी) को सिलिण्डर ग्यास बिक्रीवितरण खुला गर्ने निर्णय गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका…

 पुमाभिरको जङ्गलमा लागेको आगो नियन्त्रणमा आएन

लमजुङ : दक्षिण एशियाकै नमूना घलेगाउँ जाने बाटो नजीकै बेँसीशहर नगरपालिका–६ स्थित पुमाभिर जङ्गलमा मङ्गलबार राति ८ः०० बजेदेखि आगलागी भएको आजसम्म नियन्त्रणमा आउन सकेको छैन । हालसम्म १७ हेक्टर क्षेक्रफलमा आगलागी भइसकेको र आजसम्म पनि आगो नियन्त्रणमा आउन नसकेको जिल्ला…

कोरोना भाइरसको परीक्षणको क्षमता दोब्बर गरिँदै 

काठमाडौँ : प्रदेश र जिल्लास्तरबाट माग बढेसँगै सरकारले कोरोना भाइरसको नमूना परीक्षणको क्षमता विस्तार गरी दोब्बर बनाउने भएको छ । हाल दैनिक मुलुकभर रहेका १० प्रयोगशाला (ल्याब) मा गरी तीन हजारको सङ्ख्यामा परीक्षण गर्ने क्षमता रहेकामा प्रदेशस्तरमा प्रयोगशालाको जडान, स्तरोन्नति…

बौद्धको तेमाल जात्रा, बालाजु २२ धारा र जामाचो मेला स्थगित

काठमाडौँ : दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गर्ने तामाङ समुदायको पर्व तेमाल जात्रा यस वर्ष प्रभावित भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दी (लकडाउन) का कारण सबै राजनीतिक दलका प्रतिनिधि, बौद्धनाथ क्षेत्र विकास समिति,…

राष्ट्रसंघद्वारा शान्तिसेना परिचालन स्थगित       

न्यूयोर्क : कोरोनाभाइरस महामारीलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले शान्ति सैनिक परिचालन र अदलीबदलीका सबै कार्यक्रम आगामी जुन ३० तारिखसम्मका लागि स्थगित गरेको छ । राष्ट्रसंघका अनुसार विश्वका विभिन्न भागमा तैनाथ शान्ति सैनिक, सैन्य अधिकृत तथा प्रहरी अधिकारीहरुको परिचालन पनि स्थगित…

लुम्बिनी प्रादेशिक अस्पतालका ५ चिकित्सक बर्खास्त

बुटवल : कोरोना संक्रमणको महामारीका बेला कामकाजमा नआउने पाँचजना चिकित्सकलाई सेवाबाट बर्खास्त गरिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा करार ज्यालादारीमा कार्यरत पाँच चिकित्सकलाई सेवाबाट हटाइएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयले कुनै पनि स्वास्थ्यकर्मीलाई बिदामा नबस्‍न भनेको छ । तर, प्रादेशिक…

 चन्द्रमाको फरक रङ : खगोल शास्त्रका लागि दुर्लभ

काठमाडौँ : चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ ।…

बैशाख १८ सम्म अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध

काठमाडौं : सरकारले वैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ। मंगलबार बसेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण समन्वय समितिले अन्तर्राष्ट्रिय उडान  वैशाख १८ अर्थात् अप्रिल ३० तारिखसम्म बन्द गर्ने निर्णय गरेको हो। समिति बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका…

कीर्तिपुरलाई खाद्यान्न सहयोग   

कीर्तिपुर : कीर्तिपुर नगरपालिकालाई खाद्यान्न सहयोग भएको छ । नगरपालिकाको विपद् व्यवस्थापन शाखाका अनुसार नगरपालिकाभित्र सञ्चालित शिखर दीप बहुउद्देश्यीय सहकारी संस्थाले चामल, तेल तथा दाल सहयोग गरेको हो । उक्त सहकारीका प्रबन्धक लीलानाथ गौतमले सोमबार शाखालाई रु डेढ लाखका सामानमा…

कालोबजारी गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौं : कालोबजारी गरेको आरोपमा शंकर समूहका मालिक सुलभ अग्रवाल पक्राउ परेका छन्। जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालकसमेत रहेका अग्रवाल कालोबजारी गरेको आरोपमा मंगलबार पक्राउ परेका हुन्। महानगरीय प्रहरी अपराध महाशाखाका एसपी मुकेस सिंहका अनुसार अग्रवाल ६७ थान थर्मलगतसहित नक्सालबाट…

कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड-१९)का कारण कक्षा ११ र १२ को परीक्षा अनिश्चित कालका लागि रोकिएको छ। मंगलबार बसेको राष्ट्रिय परीक्ष बोर्डको बैठकले अर्को सूचना नभएसम्मका लागि कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको बोर्डका…

परीक्षणको दायरा फाकिलो बनाऊ : सभापति देउवा

काठमाडौँ : नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको तत्काल परीक्षण व्यापक बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले सुदूरपश्चिम प्रदेशका केही ठाउँमा कोरोना संक्रमितको संख्या बढेपछि यसलाई गम्भीरता साथ लिनुपर्ने उल्लेख गर्नुभएको छ । सुदूरपश्चिम…

सङ्कटका काला बादल हटेर जानेछन्ः प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न सङ्कटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ भन्दै सङ्कटका काला बादल अवश्य हटेर जाने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रका नाममा आज सम्बोधन गर्दै उहाँले मुलुक कोरोना विरुद्धको…

औँठी–आइफोन हातमाः राहतको लाममा

भक्तपुर : लकडाउनका बेलामा अति विपन्न एवं ज्याला मजदुरीमा दैनिक गुजारा चलाउनेलाई वितरण गरिने राहत हुनेखानेहरु नै लाइनमा बसेर लिन थालेका छन् । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनमा दैनिक मजदुरी गरेर खानुपर्ने मानिस भोकै बस्नु नपरोस्…

कोरोना संक्रमण रोकथामका लागि मन्त्रीहरुलाई जिम्मेवारी

काठमाडौँ : मन्त्रिपरिषद्को आजको बैठकले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा नरहनुभएका मन्त्रीलाई कोरोना भाइरस रोकथामका लागि प्रदेश सरकारसँग समन्वय गर्न थप जिम्मेवारी दिइएको छ । सोअनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई महिला, ज्येष्ठ नागरिक र अपांगता…

अब बैशाख ३ सम्म मुलुक लकडाउनमा

काठमाडौं : कोरोना भाइरस संक्रमण हुन नदिन सरकारले विगत दुई सातादेखि गर्दै आएको ‘लकडाउन’को अवधि फेरि एक साता बढाएको छ । अब आगामी वैशाख ३ गतेसम्म मुलुक लकडाउनमा हुनेछ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन एक साता लम्ब्याउने निर्णय गरेको…

राउटेका मुखमा पनि मास्क

वीरेन्द्रनगर : जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय अहिले माक्स लगाउन थालेको छ । सुर्खेतको भेरीगंगा नगरपालिका २ स्थित छिञ्चुखोलामा बस्दै आएको सो समुदायका सबैले मास्क लगाउन थालेका छन् । कोभिड–१९को संक्रमण बढिरहेकाले बच्नका लागि माक्स लगाउन थालिएको उनीहरुले…