सप्तरी : कोरोना भाइरसको जोखिम हुन नदिन सशस्त्र प्रहरी बलले नयाँ बोर्डर आउट पोस्ट (बिओपी)हरू खडा गरी थप कडाइ गरेको छ । सीमानाकाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाउन सप्तरीस्थित सीमाको ५५ स्थानमा प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल नं…
लकडाउन छिट्टै अन्त्य हुँदैन : प्रधानमन्त्री
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच आज कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे भिडियो कन्फरेन्सका माध्यमबाट भई लकडाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले छलफल सञ्चालन गर्दै यसबीचमा रोकथामका लागि…
मनाङमा एकजना मात्र क्वारेन्टाइनमा : स्वास्थ्य सामग्री अभाव
मनाङ : कोभिड–१९ को जोखिम हुन नदिन यहाँ विदेशबाट फर्किएका नागरिकको खोजी जारी रहेको छ । स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा अनिवार्य रुपमा राख्नुपर्ने व्यवस्था गरिएको छ । जिल्लामा हालसम्म भारतबाट फर्किनुभएका एकजना मात्रै क्वारेन्टाइनमा रहनुभएको छ । यही चैत…
सुदूरपश्चिममा एक हजार ४८३ को स्वाब सङ्कलन
डोटी : सुदूरपश्चिम प्रदेशका ६ जिल्लाका क्वारेन्टाइनमा रहेका एक हजार ४८३ जनाको स्वाब सङ्कलन गरिएको छ । सङ्कलित ती स्वाब परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । निर्देशनालयका अनुसार…
केही दिनमै डिस्चार्ज हुँदैछन् कोभिड सङ्क्रमित : टेकु अस्पताल
काठमाडौँ : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का दुई सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हँुदैछन् । कोभिड–१९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि छिट्टै डिस्चार्ज हुने अस्पतालका…
१० एसएसपीलाई प्रहरी नायब महानिरीक्षकमा बढुवा सिफारिस
काठमाडौँ : नेपाल प्रहरीतर्फ १० प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षकमा बढुवा सिफारिस गरिएको छ । प्रहरी नियमावली २०७१ (संसोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस समितिको यही चैत २८ गतेको निर्णयले बढुवा सिफारिस गरिएको…
कोरियाका नेपालीले पठाए चार हजार थान कोरोना परीक्षण कीट
काठमाडौँ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोरियाले चार हजार थान कोरोना परीक्षण गर्ने कीटसहित अन्य स्वास्थ्य उपकरण नेपाल पठाएको छ । एनआरएनए कोरियोका संयोजनमा सङ्कलन गरिएका चार हजार किट र पाँचसय थान हाइ सेन्सेटिभ कोभिड किट्स (एचपीपीई) सेट कोरियन नेपाल…
कोरोनाविरुद्ध सचेतना जगाउँदै काङग्रेस नेता
काठमाडौँ : कोभिड–१९को सम्भावित जोखिम हुन नदिन यही चैत ११ गतेदेखि मुलुकभर ‘लकडाउन’ जारी रहेको छ । यसले गर्दा अत्यावश्यक सेवाबाहेकका अन्य सेवा, यातायात र हिँडडुलमा कडाइ गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका अधिकांश नेता सामाजिक सञ्जाल तथा…
प्रदेश २ मन्त्रिपरिषद्को निर्णय : किसानले लिएको ऋणको ब्याज सरकारले तिरिदिने
जनकपुरधाम : विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी लकडाउनले समस्यामा परेका प्रदेश २ का किसानले बैंक, वित्तिय संस्था र सहकारी संस्थाबाट लिएको ऋणको व्याज प्रदेश सरकारले तिर्ने भएको छ । प्रदेश २ को प्रमुख आम्दानीको मानिएको कृषि क्षेत्र कोरोना भाइरसको…
कीर्तिपुर–४ मा राहत वितरण सुरु : सामाजिक दूरीमा जोड
कीर्तिपुर : कीर्तिपुर नगरपालिका वडा नम्बर ४ ले नमुना किसिमले राहत वितरण सुरु गरेको छ । बिहीबारबाट सुरु गरिएको राहत वितरणमा थर्मल गनबाट ज्वरोको परीक्षण र सामाजिक दूरी कायम गरी राहत वितरण गरिएको वडा नम्बर ४ का अध्यक्ष राजेन्द्र बानियाँले…
सरकारको निर्णय उल्टियो, भोलि र पर्सि उपत्यका बाहिर जान नदिइने
काठमाडौं : लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको छ । प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयमा डेढ घण्टा पनि टिक्न सकेन । कोरोना भाइरस (कोभिड-१९)को सक्रमण फैलिन नदिन सरकारले ११ चैतदेखि लकडाउन…
तातोपानी नाकाबाट स्वास्थ्य सामग्री आयात
चौतारा : तीन महिनादेखि बन्द तातोपानी नाकाबाट कोभिड –१९ सम्बन्धी स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । चीनको खासाबाट बुधबार अपराह्न नेपाल भित्रिएका सामानमा १९ बाकस मास्क र १० बाकस स्यानिटाइजर रहेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । चीनको हुबेई प्रान्तको…
उपत्यकामा अलपत्र परेकालाई भोलि र पर्सी घर जान दिइने
काठमाडौं : सरकारले ‘लकडाउन’का कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले भोलि र पर्सि बाहिर जान दिने निर्णय…
कोरोना भाइरस नियन्त्रणमा सरकारी पहल : अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाइँदै
काठमाडौँ : सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा जनशक्तिको सुनिश्चिताका लागि आवकाशप्राप्त र छात्रवृत्तिमा गएर फर्किएका चिकित्सकलाई समेत परिचालन गर्ने भएको छ । विश्वव्यापी महामारी भएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा थप फैलन नदिन र क्वारेन्टाइमा बसेकाहरुलाई दैनिक कम्तीमा एक हजारको…
चन्द्रागिरिका १० हजार परिवारलाई राहत
काठमाडौँ : चन्द्रागिरी नगरपालिकाले १० हजार घरपरिवारलाई राहत वितरण गरेको छ । विश्वव्यापी भएको नोबेल कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले लकडाउन गरेपछि मजदुरी गरेर दैनिक गुजारा चलाउँदै आएका १० हजार घरपरिवारलाई नगरपालिकाले राहत वितरण गरेको हो । नगरपालिकाका…
चार गाउँपालिकाका एकान्तबास रित्तिँदै
प्युठान : यहाँका नौ स्थानीय तहमा रहेका बहुउद्देश्यीय भवन, खेलकूद मैदान र विद्यालयमा गरी ३० स्थानमा एकान्तवास बनाइएको छ । तीन सय ५६ जनाको क्षमताका एकान्तवास भए पनि हाल ८६ जना मात्रै बसेका छन् । स्वर्गद्वारी नगरपालिकाले ४७ व्यक्तिलाई एकान्तवासमा…
अवैतनिक दूतको सुविधा खोसियो
काठमाडौं : अवैतनिक दूतले पटकपटक आफ्नो ओहोदा र सुविधाको दुरुपयोग गरेको घटना लगातार बढ्न थालेपछि सरकारले उपलब्ध गराउँदै आएको सबै कूटनीतिक सुविधा (निलो प्लेट, सिंहदरबार प्रवेश पास, झण्डाको प्रयोग, एअरपोर्टको भीआईपी कक्षलगायत) खोसेको छ । कूटनीतिक सुविधा दुरुपयोग गर्दै अवैतनिक…
