जनकपुरधाम : विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी लकडाउनले समस्यामा परेका प्रदेश २ का किसानले बैंक, वित्तिय संस्था र सहकारी संस्थाबाट लिएको ऋणको व्याज प्रदेश सरकारले तिर्ने भएको छ ।
प्रदेश २ को प्रमुख आम्दानीको मानिएको कृषि क्षेत्र कोरोना भाइरसको संक्रमण र लकडाउनबाट प्रभावित भएपछि चार महिनाको व्याज प्रदेश सरकारले तिरिदिने निर्णय गरेको हो ।
प्रदेश २ को शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले किसानहरुले पाँच लाखसम्म लिएको ऋणमा अधिकत्तम १२ प्रतिशतका दरले चार महिनाको व्याज तिरिदिने निर्णय गरेको हो । पाँच लाखदेखि १५ लाखसम्मको ऋणमा १२ प्रतिशत व्याजमा ५० प्रतिशत, १५ देखि ३० लाख सम्मको ऋणमा ४० प्रतिशत र ३० लाखभन्दा बढीको ऋणको ब्याज कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा प्रदेश सरकारले तिर्ने भएको हो । बैठकले दूध, फलफूल, तरकारी, कुखुरा तथा माछामा राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

Previous Article
अमेरिकामा एक करोड ६८ लाखले रोजगारी गुमाए
Next Article