१० एसएसपीलाई प्रहरी नायब महानिरीक्षकमा बढुवा सिफारिस

काठमाडौँ  : नेपाल प्रहरीतर्फ १० प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षकमा बढुवा सिफारिस गरिएको छ ।

प्रहरी नियमावली २०७१ (संसोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस समितिको यही चैत २८ गतेको निर्णयले बढुवा सिफारिस गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो ।

बढुवा सिफारिसमा परेका एसएसपीहरुमा घनश्याम अर्याल, प्रकाशजङ्ग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बिसी रहनुभएको छ । गृहसचिवको नेतृत्वमा उक्त बढुवा समिति रहेको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments