अस्पतालको आइसोलेसन वार्डबाटै भागे बिरामी

डडेल्धुरा : डडेल्धुरास्थित डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा कोरानाको आशंकामा भर्ना गरिएका दुईजना भागेका छन् । उनीहरू शनिबार दिउँसो अस्पतालबाट भागेको जनाइएको छ । कोरोना भाइरसको संक्रमण आशंकामा तीन दिनअघि अस्पतालमा भर्ना भएको उनीहरू अस्पताललाई जानकारी नदिइ भागेको जनाइएको छ । उनीहरु तीन दिनअघि अस्पताल भर्ना गरिएका थिए ।

उनीहरुको स्वाबको नमुना संकलन गरी काठमाडौं पठाइए पनि अहिलेसम्म रिपोर्ट आइसकेको छैन । दुवै जनाको स्वास्थ्य अवस्था सामान्य नै रहेको अस्पतालले जनाएको छ ।

अस्पतालको वार्डबाट भागेका उनीहरू भागेश्वर गाउँपालिका–३ नानीगाडका व्यक्ति भएको जनाइएको छ । उनीहरूको अहिले प्रहरी र गाउँपालिकाले खोजी गरिरहेको छ । अस्पतालबाट भागेका उनीहरू आमा–छोरा हुन् । छोरा हालसालै भारतबाट आएको बुझिएको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments