खेल Archives | Page 10 of 62 | नेपालमाला

 

कक्षपतिको नेतृत्वमा मुवाँथाई संघ

काठमाडौँ : नेपाल राष्ट्रिय मुवाँथाई संघको शुक्रबार प्रथम अधिवेशनले गणेशलाल कक्षपतिको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा उमेशकुमार खड्का, प्रथम उपाध्यक्षमा निलम अधिकारी, महासचिवमा मनराज श्रेष्ठ, सचिवमा उत्तम गुरुङ र कोषाध्यक्षमा वीरेन्द्र ओली चुनिए । सदस्यमा…

२२औं आईटीएफ विश्व च्याम्पियनसिपमा चार खेलाडी

काठमाडौं : नेपालका चार खेलाडीले काजकिस्तानमा हुने २२औं आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन् । आगामी अगस्ट १८ देखि २७ तारिखसम्म काजकिस्तानको अस्तानामा २२औं आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिप सुरु हुँदै छ । जहाँ नेपाल समान दुई पुरुष…

सन्दीप लामिछानेविरुद्धको मुद्दामा बिहीबारदेखि नियमित सुनुवाइ

काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आजदेखि काठमाडौं जिल्ला अदालतमा नियमित सुनुवाइ हुँदै छ । उनले काठमाडौंको गौशालास्थित एक होटलमा एक नाबालिकलाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका छन् । पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बाबे प्रस्थान गरेयता मुद्दाले निरन्तरता…

इजरायल लागिन् सावित्रा

काठमाडौं : इजरायलको शीर्ष श्रेणीको महिला क्लब लिग फुटबल खेल्न नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी इजरायल प्रस्थान गरेकी छन् । सावित्रा आज (मंगलबार) बिहान इजरायल प्रस्थान गरेकी हुन् । उनले त्यहाँ हापोएल रानानाबाट खेल्ने छिन् । सावित्रा युरोपियन लिग…

सुनिल गोल्ड जिममा तेक्वान्दो खेलाडीको पावर ट्रेनिङ

काठमाडौं : १९औं एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका तेक्वान्दो खेलाडीले ललितपुरको नखिपोटमा रहेको सुनिल गोल्ड जिममा निशुल्क पावर ट्रेनिङ गर्न पाउने भएका छन् । नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्यसमेत रहेका सुनिल राजकर्णिकारले खेलाडीलाई निशुल्क जिमको सुविधा प्रदान गरेका हुन् ।…

इलेन स्मृति जुनियर तेक्वान्दो च्याम्पियनसिप : स्युचाटार च्याम्पियन

काठमाडौं : स्युचाटार तेक्वान्दो डोजाङले प्रथम इलेन स्मृति जुनियर तेक्वान्दो च्याम्पियनसिपको उपाधि जितेको छ । इलेन मेमोरियल स्कुलको आयोजनामा काठमाडौंको सीतापाइलामा भएको च्याम्पियनसिपमा १८ स्वर्ण, ६ रजत र आठ कांस्यका साथ स्युचाटार टिम च्याम्पियन बनेको हो । यसैगरी १२ स्वर्ण,…

मानबहादुर श्रेष्ठ नेपाली भलिबल टिमको नयाँ कप्तान

काठमाडौं : मानबहादुर श्रेष्ठ नेपाल पुरुष राष्ट्रिय भलिबल टिमका नयाँ कप्तान नियुक्त भएका छन् । सोमबार बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर मान बहादुरलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो । सन् २०१५ देखि नेपालको राष्ट्रिय…

नेपालले आज पाकिस्तान ‘ए’ सँग खेल्दै

काठमाडौं : एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’ अन्तर्गत यस खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा बिहान सवा १० बजे सुरु हुनेछ । रोहित पौडेलको कप्तानीमा नेपाल मैदान उत्रँदा पाकिस्तानको कप्तानी सिनियर…

अब महिला र पुरुषको पुरस्कार बराबर : आईसीसी

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले महिला र पुरुषको पुरस्कार राशी बराबर हुने ऐतिहासिक घोषणा गरेको छ । दक्षिण अफ्रिकाको डर्नमाभ एको वार्षिक सम्मेलनमा आईसीसीले आफ्ना सबै महिला र पुरुष टोलीको पुरस्कार रकम समान बनाउने घोषणा गरेको हो । यस…

काठमाडौं जिल्ला तेक्वान्दो संघमा विक्रम खड्गी

काठमाडौं : काठमाडौं जिल्ला तेक्वान्दो संघको अध्यक्षमा विक्रम खड्गी निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा टोनिल कर्माचार्यलाई १७ मतले पराजित गर्दै विक्रम अध्यक्षमा निर्वाचित भएका हुन् । विक्रमले ७६ मत ल्याउँदा टोनिल कर्माचार्यले ५९ मत मात्रै पाएका थिए ।…

मलेसियालाई हराउदै नेपाल समूह विजेता

काठमाडौं : मलेसियामा जारी एसीसी इस्ट जोन यू-१६ प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा घरेलु टोलीलाई पराजित गर्दै नेपाल समूह ए को विजेता बनेको छ । बायोमास ओभल क्रिकेट मैदानमा नेपालले मलेसियालाई ८५ रनले पराजित गरेको हो । नेपालले दिएको १ सय…

थाइल्यान्डलाई २२५ रनले हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ : नेपालले थाइल्यान्डमाथि २ सय २५ रनको विजय हात पार्दै एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । २ सय ७० रनको विजय लक्ष्य लिएर आएको थाइल्यान्ड १३.२ ओभरमा ४४ रनमै अलआउट भयो । मलेसियामा भइरहेको…

१९औं एसियाली खेलकुद : तेक्वान्दोका ११ खेलाडी छनोट

काठमाडौं : चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोका लागि ११ जना खेलाडी छनोट भएका छन् ।सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा आयोजना भएको छनोट प्रतिस्पर्धाबाट ११ खेलाडीको अन्तिम छनोट गरिएको हो । ग्योरोगीतर्फ पाँच पुरुष र चार महिला खेलाडी छनोट भएका हुन्…

पाकिस्तानसँग हार्यो नेपाल

काठमाडौं : हङकङमा जारी महिला इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पाकिस्तानसँग ९ रनले पराजित भएको छ । जितका लागि ८८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो । नेपालका २ जना बाहेक अरु…

बागमती र कर्णालीलाई उपाधि

काठमाडौं : बागमती र कर्णाली प्रदेशले बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको उपाधि जितेका छन् । आइतबार भएको फाइनलमा बागमती महिला र कर्णाली पुरुषतर्फ च्याम्पियन बनेका हुन् । भक्तपुरको सानोठिमीमा भएको पुरुष फाइनलमा कर्णालीले विभागीइ टोली त्रिभुवन आर्मीलाई सडन डेथमा ५–०…

ओलम्पियन निशा लेभल टु प्रशिक्षक

काठमाडौं : ओलम्पियन निशा रावलले ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी छन् । राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारीसमेत सम्हाल्दै आएकी निशाले वल्र्ड तेक्वान्दोले गत मे १९ मा सञ्चालन गरेको ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी हुन् । उनले यसअघि गत फेब्रुअरी…

वल्र्ड च्याम्पियनसिपमा सहभागी हुने तेक्वान्दो खेलाडीको बिदाइ

काठमाडौं : यही जेठ १५ देखि २१ गतेसम्म अजरबैजानको बाकु सहरमा आयोजना हुने वल्र्ड च्याम्पियनसिपमा सहभागी हुने तेक्वान्दो खेलाडीको बिदाइ गरिएको छ । आठ खेलाडी र दुई प्रशिक्षकलाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले बुधबार मन्त्रालयमा बिदाइ गरेका हुन् । वल्र्ड…