खेल Archives | Page 8 of 62 | नेपालमाला

 

अदालतले सजाय तोकेपछि मात्रै सन्दीपका विषयमा क्यान बोल्छ : पारस खड्का

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेबारे २५ पुसपछि मात्र आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । बलात्कारको मुद्दामा दोषी ठहर भएका लामिछानेको सजाय तोक्न २५ पुसमा पेशी तोकिएको छ । क्यानका सचिव पारस खड्काले सन्दीपबारे त्यसपछि मात्र क्यानले…

ललितपुर एनएसएलको फाइनलमा

काठमाडौं : पोखरा थन्डर्सलाई २-१ ले हराउँदै ललितपुर सिटी नेपाल सुपर लिग एनएसएलको फाइनलमा पुगेको छ । दशरथ रंगशालामा भएको दोस्रो क्वालिफायरको ३३ औं मिनेटमा निखिल कदम रातो कार्ड (दोहोरो पहेँलो कार्ड) पाउँदै बाहिरिएपछि १० खेलाडीमा सिमित भए पनि ललितपुरले…

लैनचौर डोजोका पदक विजेता खेलाडीलाई स्कुटर र नगद पुरस्कार

काठमाडौं : लैनचौर शाखा डोजोले आफ्ना पदक विजेता खेलाडीलाई स्कुटर तथा नगदसहित सम्मान गरेको  छ । बुधबार आयोजित कार्यक्रममा सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपका पदक विजेता चार खेलाडीलाई नगदसहित र अन्य तीन खेलाडीलाई स्कुटरबाट सम्मान गरेको हो । डोजोले सातौं…

नेपाल सुपर लिग : पोखरा र धनगढी आज पहिलो क्वालिफायरमा भिड्दै

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज देखि प्लेअफ चरणका खेलहरु हुँदैछन् । त्यो भनेको नकआउट खेल हुनेछ । ९ टोली सहभागी एनएसएलमा लिग चरणका ३६ खेल सकिएपछि शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाएका थिए । त्यसमा पहिलो…

रिभेरामा तेक्वान्दो प्रतियोगिता हुने

काठमाडौं : रिभेरा इन्टरनेसनल एकेडेमीको आयोजनामा दोस्रो रिभेरा तेक्वान्दो च्याम्पियनसिप आगामी पुस ७ गते शनिबार हुने भएको छ । च्याम्पियनसिपमा सम्भावी स्कुल, नेपाल एभरेष्ट स्कुल, जुगलनवा गरुकुल, विज्ञान इङलिस स्कुल, दुर्गाभवनी एकेडेमी, डेफोडिल बोर्डिङ, बोधीसदन स्कुल, हिमशिखर स्कुल, टेक्सास स्कुल,…

फुङलिङले गठन गर्‍यो खेलकुद विकास समिति

ताप्लेजुङ : ताप्लेजुङको फुङलिङ नगरपालिकाले नगर खेलकुद विकास समिति गठन भएको छ। सामाजिक विकास समिति संयोजक तथा वडा नं ८ का अध्यक्ष क्षितिज सुनुवारको अध्यक्षतामा १४ सदस्यीय समिति गठन भएको हो। खेलकुद विकास समिति गठन गर्ने फुङलिङ जिल्लाको पहिलो स्थानीय…

स्वस्तिक डोजाङका पदक विजेतालाई नगदसँगै पोसाक

काठमाडौं : बरिष्ठ समाजसेवी इन्द्रकुमार श्रेष्ठले स्वस्तिक तेक्वान्दो डोजाङका पदक विजेता खेलाडीलाई खेल पोसाक र नगद पुरस्कार प्रदान गरेका छन् । डोजाङका अध्यक्षसमेत रहेका श्रेष्ठले हालै सम्पन्न दोस्रो एनटीए लिग राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका पदक विजेता खेलाडीलाई ५० हजार रुपैयाँ बराबरको…

नेपाल तेस्रो

काठमाडौं : हङकङमा जारी चारदेशिय महिला टी-२० सिरिजमा नेपाल तेस्रो भएको छ । आइतबार भएको खेलमा जापानलाई ४५ रनले हराएर नेपाल तेस्रो भएको हो । लिग चरणमा तेस्रोमा रहेको नेपाल र चौथोमा रहेको जापानबीच तेस्रो स्थानको लागि खेल भएको थियो…

राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक लामा सम्मानित

काठमाडौं : राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन् । शुभ दीपावली तथा नेपाल सम्वत् ११४४ को अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पशुपति देवपाटनको पशुपति सिर्जनशील युवा क्लबले लामालाई मंगलबार सम्मान गरेको हो । क्लबका अध्यक्ष…

सन्दीप लामिछाने मुद्दा : दुबै पक्षका वकिलसँग बहस नोट माग

काठमाडौं : जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा दुवै पक्षसँग बहस नोट माग गरेको छ । बिहीबार न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सरकारी वकिल र सन्दीपको पक्षबाट बहस गरेका कानुन व्यवसायीलाई एक महिनाभित्र बहस नोट पेश गर्न आदेश दिएको…

एन्फा विशेष साधारणसभा : नेम्वाङको अध्यक्ष पद जोगियो

काठमाडौं : विशेष साधारण सभाले बर्खास्तीको प्रस्ताव अस्वीकृत गरेसँगै अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङको पद जोगिएको छ । तर, आगामी दिनमा काम गर्न भने झन् कठिन हुने देखिएको छ । निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराएर ६ असार…

पारा तेक्वान्दो टोली सम्मानित

काठमाडौं : चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा कांस्य पदक जितेकी पलेशा गोवर्धनसहितको टोलीलाई शनिबार सम्मान गरिएको छ । पलेशासहित प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठ सम्मानित भएका हुन् । काठमाडौं र ललितपुर जिल्ला तेक्वान्दो संघ,…

नेपाल १० वर्षपछि टीट्वेन्टी विश्वकपमा

काठमाडौं : नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो ।…

तेक्वान्दो संघद्वारा पलेशा सम्मानित

काठमाडौं : नेपाल तेक्वान्दो संघले चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा कांस्य पदक जितेकी पलेशा गोवर्धनलाई शुक्रबार नगदसहित सम्मान गरेको   छ । नेपाल पारालिम्पिक कमिटीकी अध्यक्ष राधा घले र तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले पलेशालाई नगद ३ लाखसहित प्रशंसा पत्र प्रदान…

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौं : टीट्वेन्टी विश्वकप एसिया छनोटको समूह चरणको अन्तिम खेलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाउन सक्यो । ओमानका लागि जिशान…

पलेशालाई प्रधानमन्त्री दाहालको बधाइ

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा ऐतिहासिक पदक जित्न सफल पलेशा गोवर्धनलाई बुधबार बधाइ दिएका छन् । प्रधानमन्त्री दाहालले पलेशालाई सिंहदरबारमा भेटी बधाइ दिएका हुन् । सोही…

टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोट : नेपालको सुखद् सुरुवात

काठमाडौं : टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटमा नेपालले सुखद् सुरुवात गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले पराजित गरेको हो । सिंगापुरले दिएको एक सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले कुशल भुर्तेलको…