काठमाडौं : काठमाडौं जिल्ला तेक्वान्दो संघको अध्यक्षमा विक्रम खड्गी निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा टोनिल कर्माचार्यलाई १७ मतले पराजित गर्दै विक्रम अध्यक्षमा निर्वाचित भएका हुन् । विक्रमले ७६ मत ल्याउँदा टोनिल कर्माचार्यले ५९ मत मात्रै पाएका थिए । टोनिल कर्माचार्य तीन महिना अघि गठित काठमाडौं जिल्ला तेक्वान्दो संघ तदर्थ समितिका अध्यक्ष पनि हुन् ।
नौ पदका लागि भएको निर्वाचनमा विक्रम खड्गी पक्षले सचिव बाहेक प्यानल नै जित हासिल गरेको हो । सचिवमा विक्रम पक्षका विकेश बिडारीलाई टसमा पराजित गर्दै टोनिल कर्माचार्य समूहका गौरव रजक विजयी भए । दुवैले ६४/६४ मत ल्याएपछि भएको टसमा गौरवले बाजी मारेका थिए ।
संघको उपाध्यक्षमा सुरेन्द्र डंगोल निर्वाचित भए । उनले सानुबाबु महर्जनलाई सात मतले पराजित गरे । डंगोलले ६९ र महर्जनले ६२ मत ल्याएका थिए । यस्तै कोषाध्यक्षमा कविता श्रेष्ठले नवीन केसीलाई नौ मतले पछि पारिन् । कविताले ६९ मत ल्याउँदा नवीनले ६० मत मात्रै पाए ।
यसैगरी कार्यसमिति सदस्यमा मोहमद ताज आलम, सरोज तामाङ, रामशरण नेपाली, दिनेश न्यौपाने र टिकाराम भण्डारी विजयी भए ।
Next Article

नेपालमाला
