काठमाडौं : गृह मन्त्रालयले यसअघि जिल्ला प्रशासन कार्यालयले जारी गरेका सबै पास खारेज गर्ने निर्णय गरेको छ । शनिबारदेखि लागू हुनेगरी मन्त्रालयले जिल्लाभित्र सवारी साधन सञ्चालनका लागि दिइएका सबै पास खारेज गर्ने निर्णय गरेको मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले जानकारी दिए…
धादिङ सील : नाकामा सुरक्षाकर्मी परिचालन
धादिङ : कोरोना भाइरसको जोखिम बढ्दै जाँदा यहाँको मुख्य राजमार्गमा सवारी साधन , तरकारी तथा फलफूल आयातमा निषेध गरिएको छ । आजबाट यस्तो प्रावधान लागू गर्दै जिल्लाका सबै नाकामा सुरक्षाकर्मी परिचालन गरिएको छ । पृथ्वीराजमार्ग, त्रिभुवन राजपथ र सहायक मार्गहरुमा…
टिचिङका चिकित्सकलाई क्वारेन्टाइनमा राख्ने तयारी
काठमाडौँ : त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक बिरामीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै अस्पतालले सङ्क्रमित बालिकाको सम्पर्कमा आएका चिकित्सकलाई १४ दिन ‘क्वारेन्टाइन’ तथा ‘सेल्फ आइसोलेसन’मा राख्ने तयारी गरेको छ । अस्पतालको न्यूरो सर्जरी वार्डको श्यया (बेड) नं ५० मा भर्ना…
बाँझो जग्गामा खेती गर्नेलाई तीन हजार अनुदान
गोरखा : गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले कृषि व्यवसायलाई प्रोत्साहन गर्न बाँझो बसेको जमिनमा खेती गर्ने किसानलाई अनुदान सहयोग कार्यक्रम गर्न शुरु गरेको छ । गाउँपालिकाले स्वरोजगारीको विकास गर्दै कृषि उतपदनमा समेत वृद्धि गर्नका लागि पालिकाभित्र रहेका बाँझो जमिनलाई उपयोगमा ल्याउने…
कोरोना संक्रमितको संख्या २४५ मात्रै
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस संक्रमितको संख्या सच्याएको छ । यसअघि संक्रमितको संख्या २५० पुगेको तथ्यांक सार्वजनिक गरेको मन्त्रालयले विवरण दोहोरिएको भन्दै सच्याएको छ । मन्त्रालयका प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार नेपालमा कोरोना संक्रमित २४५…
कोरोना संक्रमितको संख्या २५० पुग्यो, पाँच नयाँ थपिए
काठमाडौं : थप पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा नयाँ पाँच जनामा कोरोना पुष्टि भएको हो।…
चन्द्रागिरीका ३२ वर्षीया युवाका कोरोना : संक्रमितको संख्या २४५ पुग्यो
काठमाडौं : बिहीबार थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा नयाँ दुई जनामा कोरोना पुष्टि भएको…
थप २४ मा कोरोना पुष्टि : संक्रमितको संख्या २४३ पुग्यो
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २४३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बुधबार साँझ थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यसअघि बुधबार दिउँसो २ जनामा कोरोना पुष्टि भएको थियो। साँझ…
भक्तपुरका सडक, पसल पूर्ण बन्द गर्ने निर्णय
भक्तपुर : भक्तपुरका दुईजनामा कोरोना पोजेटिभ देखिएपछि मध्यपुरथिमि नगरपालिकाले उच्च सतर्कता अपनाउँदै मुख्य दुईवटा सडकबाहेक सबै सडक बन्द गर्ने भएको छ । नगरपालिकालको आज आकस्मिकरुपमा बसेको कार्यपालिका बैठकले लकडाउनलाई कडाइ गर्नुका साथै सडक, पसल पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो…
मच्छेगाउँ क्षेत्रमा तरकारी बेच्न पनि प्रतिबन्ध
काठमाडौं : एक महिलामा कोरोना संक्रमण भेटिएपछि काठमाडौंको चन्द्रागिरि नगरपालिकाको वडा नम्बर ९ कार्यालयले तरकारी बेच्न पनि प्रतिबन्ध लगाएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि वडामा बसेको स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र वडा समितिको बैठकले सार्वजनिक स्थलमा तरकारी बेच्न, गाडीमार्फत तरकारी…
कपिलवस्तुका थप एक जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २१९
काठमाडौं : कपिलवस्तुका थप एकजनामा कोरोना पोजिटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा कपिलवस्तु नगरपालिका ५ का २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार योसँगै संक्रमितको संख्या…
काठमाडौंकी कोरोना संक्रमित महिला मच्छेगाउँकी, महेन्द्रनगरबाट आएको खुलासा
काठमाडौं : काठमाडौंकी ३३ वर्षीया कोरोना संक्रमित महिला चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँको भएको खुलेको छ । उनी कन्चनपुरको महेन्द्रनगरबाट २९ गते काठमाडौं आएकी थिइन् । उनी कर्मचारी परिवार भएको बताइएको छ । काठमाडौं आएलगत्तै उनको स्वाब परीक्षणका लागि नमूना संकलन गरेर…
प्रदेश नं २ मा सिरहाबाहेक सबै जिल्लामा कोरोना सङ्क्रमण
महोत्तरी : प्रदेश नं २ मा एकै दिन ६२ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएको छ । पर्सामा ५७, महोत्तरी र धनुषामा दुई÷दुई र बाराका एक जना मङ्गलबार सङ्क्रमण पुष्टि भएपछि प्रदेशभरिमा सङ्क्रमितको सङ्ख्या ९४ पुगेको छ । कूल सङ्क्रमितमा अब…
सीमामा सक्रिय सशस्त्र
दार्चुला : महाकाली नदी तरेर धमाधम नेपाली घर फर्किन थालेपछि सशस्त्र प्रहरीले सीमामा निगरानी बढाएको छ । महाकाली नदीमा पौडिएर आउने तथा ट्युबमार्फत नदी तरेर आउने नेपालीलाई नियन्त्रणमा लिएर स्थानीय तहको क्वारेन्टाइनमा पठाइएको छ । लकडाउनले सीमा नाका बन्द भएपछि…
एकै दिन ८३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१७ पुग्यो
काठमाडौं : मंगलबार मात्र ८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मंगलबार बिहान एकै पटक ५७ जनामा संक्रमण देखिएकोमा राति थप २६ जनामा कोरोना भाइरस पुष्टि भएको हो । नेपालमा एकै दिन यति ठूलो संख्यामा संक्रमित देखिएको पहिलो पटक हो…
अन्तर–जिल्ला प्रवेशमा थप कडाइ, पुग्ने जिल्लाको स्वीकृति अनिवार्य
काठमाडौँ : कोभिड–१९ को सङ्क्रमण रोक्न गृह मन्न्त्रालयले आवश्यक सुरक्षा सावधानीमा थप सतर्कता अपनाउने भएको छ । यसअघि पास प्राप्त भएपछि निर्बाध रुपमा एक जिल्लाबाट अर्काे जिल्लामा जान पाउने व्यवस्थालाई रोक्दै आवतजावतमा कडाइ गर्न लागिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका…
कुन प्रदेश र जिल्लामा कति छन् कोरोना संक्रमित ?
काठमाडौं : मंगलबार एकै दिन ५७ जनामा कोरोना भाइरस पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबार एकै दिन पर्सामा ३९, कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा एक गरी ५७ जनामा कोरोना पुष्टि भएको हो। योसँगै…
