कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ८ हजार ४५० पुग्यो

काठमाडौं : कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ८ हजार ४५० पुगेको छ । शनिबार विहानसम्म विश्वभर संक्रमितको संख्या ४६ लाख २४ हजार ३४ पुगेको छ ।

अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८८ हजार ४८४ पुगेको छ । बेलायतमा ३३ हजार ९९८, इटलीमा ३१ हजार ६१०, स्पेनमा २७ हजार ४५९ जनाको मृत्यु भएको छ ।

नेपालमा अहिलेसम्म दुई सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिसकेको छ । अहिलेसम्म कसैले पनि यो भाइरसका कारण ज्यान भने गुमाएका छैनन् । कोरोना भाइरसको संक्रमणलाई ३६ जनाले जितिसकेका छन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments