थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७३

काठमाडौं  : थप ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार १० बजे आवधिक गरेको विवरणअनुसार बर्दिया, सिरहा, पर्सा, सर्लाही र चितवनका गरी ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं गरिएको परीक्षणमा थप ६ जनामा कोभिड-१९ पोजिटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ।

नयाँ पुष्टि हुनेमा बर्दिया, नार्दु-११ निवासी २८ वर्षीया महिला सिराहा, सखुवा-१९ निवासी ३० वर्षीय पुरुष, पर्सा, वीरगन्ज-१२ निवासी २८, २९ वर्षीय पुरुष, सर्लाही, रामनगर-४ निवासी १८ वर्षीया महिला, चितवन, गढ़ौली-१ निवासी २५ वर्षीया महिला रहेका छन् । हालसम्म उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments