कोरोना संक्रमितको संख्या २४५ मात्रै

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस संक्रमितको संख्या सच्याएको छ । यसअघि संक्रमितको संख्या २५० पुगेको तथ्यांक सार्वजनिक गरेको मन्त्रालयले विवरण दोहोरिएको भन्दै सच्याएको छ ।

मन्त्रालयका प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार नेपालमा कोरोना संक्रमित २४५ जना रहेका छन् । यसअघिकै तथ्यांक दोहोरिउको भन्दै मन्त्रालयले संक्रमितको संख्या पुरानै रहेको स्पष्ट पारेको हो । मन्त्रालय बिहान थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको थियो ।

मन्त्रालयले बिहान पौने ८ बजे सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार सर्लाहीको धान्कौल नगरपालिकाका २५ वर्षीय पुरुष, धनुषाको जनकपुर उपमहानगरपालिका र मिथिला नगरपालिका निवासी क्रमशः ४०, वर्षीय पुरुष र २० वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै महोत्तरीको जलेश्वर नगरपालिका र बलवा नगरपालिका निवासी १६ र ३५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको जनाएको थियो ।
आजै बिहान काठमाडौंको चन्द्रागिरी नगरपालिका निवासी ३२ वर्षीय पुरुष र कपिलबस्तुकी ६ वर्षीया बालिकामा पनि कोरोना पुष्टि भएको थियो । उनीहरु सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिए ।

अहिलेसम्म प्रदेश नम्बर २ मा सर्वाधिक कोरोनाको बिरामी फेला परेका छन् । प्रदेश २ मा १०३ जना संक्रमित पुगेका छन् ।

प्रदेश ५ मा ९४, प्रदेश १ मा ३५, बागमतीमा ११, गण्डकीमा २ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परेका छन् । कर्णाली प्रदेश भने हालसम्म कोरोना मुक्त छ । यस्तै ३५ जना कोरोना निको भएर घर फर्किसकेका छन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments