विशेष Archives | Page 198 of 241 | नेपालमाला

 

पहिरोले घर बगाउँदा सात जना बेपत्ता   

म्याग्दी :   लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा आज बिहान सात जना बेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार भीमप्रसाद…

सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय, ५० प्रतिशत भाडा बढी तिर्नुपर्ने

काठमाडौं : सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाका अनुसार सरकारले कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि आवश्यक सुरक्षा मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको…

बिहीबार १०८ जना कोरोना संक्रमित थपिए

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १६ हजार पाँच सय ३१ पुगेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०८ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १६ हजार पाँच सय ३१ पुगेको हो।…

बाढीले बाह्रबिसेमा दुईको मृत्यु, १८ बेपत्ता

चौतारा :  अविरल वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई जनाको मृत्यु भएको छ भने १८ बेपत्ता भएका छन् । बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले दिएको जानकारीअनुसार खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुल बगाउनुका साथै ठाउँठाउँमा सडक बगाएकाले…

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ५५० पुग्यो

सुर्खेत :  कर्णालीमा कोरोना सङ्क्रमण नियन्त्रणमा आएको छैन । दिनहुँ सङ्क्रमित बढिरहे पनि भौतिक दूरी कायम गरेर दैनिक कामकाज गर्न सरकारले दिएको निर्देशनप्रति सर्वसाधारणले ध्यान दिएको देखिँदैन । यसले गर्दा पनि कोरोना सङ्क्रमण हुने सङ्ख्या नियन्त्रण हुनसकेको छैन । कर्णाली…

२५५ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या  १६ हजार ४२३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २५५ जनाको रिपोर्ट पोजिटिभ आएको छ।  मंगलबार २०४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो भने सोमबार १८०…

बक्सिङ संघमा परिवारवाद : भाइलाई पदैपदको लाभ

काठमाडौं : नेपाल बक्सिङ संघ लामो समयदेखि विवादको घेरामा पर्नुको मुख्य कारण हो, अध्यक्ष राम अवालेको परिवारवाद । अध्यक्ष अवालेको परिवारवाद मोहकै कारण बक्सिङ विवादको भुमरीमा लगातार परिरह्यो । चार वर्षअघि नेपाल बक्सिङ संघको अध्यक्षमा राम अवाले निर्वाचित भए ।…

आफन्तले मृत्यु भनिएका बिरामी निको भएर फर्किए

चितवन : उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन् । स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए । भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक…

सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय

काठमाडौँ : समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ । सो पार्टीको आज बसेको पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो । समाजवादी पार्टीका प्रचार…

शैलेश थापा आईजीपी नियुक्त

काठमाडौं : शैलेश थापा क्षत्री नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त भएका छन् ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको सिफारिसमा थापालाई आईजीपी नियुक्त गरेको हो । आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बुधबारबाट अनिवार्य अवकाश लिँदै छन्। २८औं आईजीपीको ‘दौड’मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर…

कोरोना संक्रमितको संख्या १६ हजार नाघ्‍यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १६ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितको संख्या १६ हजार एक सय ६८ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र २०४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ…

घर बाहिर निस्कँदै हुनुहुन्छ ? माक्स लगाउन नभुल्नु होला नत्र प्रहरीको फन्दामा परिन्छ

काठमाडौं : तपाई घर बाहिर निस्कँदै हुनुहुन्छ । माक्स अवश्य लगाउनु होला । नत्र तपाईं प्रहरीको फन्दामा पर्न सक्नु हुन्छ । मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने भएको छ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न…

उपत्यकामा दिनदिनै बढ्दै छन् कोरोना संक्रमित

काठमाडौँ :  कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण उपत्यकामा बढेको पाइएको छ । उपत्यकामा मानिसहरु भित्रेसँगै सङ्क्रमित बढेको पाइएको हो । अहिले दैनिक उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ । आइतबार ३० जना सङ्क्रमित देखिएका थिए भने आज ५४ जनामा देखिएको…

४२ दशमलव सात प्रतिशतले जिते कोरोना

काठमाडौँ :  नेपालमा कोभिड–१९ का जम्मा सङ्क्रमितमध्ये ४२ दशमलव सात प्रतिशत सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या छ हजार ८११ पुगेको…

कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १५ हजार ९६४  पुगेको छ। सोमबार १८० जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १५ हजार ९६४ पुगेको हो।आइतबार मात्रै २९२ जनामा कोरोना संक्रमण देखिएको थियो। मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा २९ हजार २१५  रहेका…

तनहुँमा ६७ जनाले जिते कोरोना

तनहुँ : तनहुँमा हालसम्म ६७ जनाले कोरोना जितेर घर फर्किएका छन् । व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आइसोलेशनबाट सोमबार एकैदिन ३२ जनाले कोरोना जितेर घर फर्किएसँगै उक्त सङ्ख्या पुगेको हो । उक्त आइसोलेशनमा बस्दै आएकामध्ये सबैभन्दा बढी ऋषिङ गाउँपालिकाका…

नेकपाको बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुनः स्थगन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको नेकपाको पाँचौँ बैठक यही असार २४ गते (बुधबार)सम्मका लागि स्थगन गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । यसअघि…