काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवमा पुनः रमेशकुमार सिलवाललाई नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई राखेपको सदस्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको छनोट समितिले सिलवालसहित तीन जनाको नाम…
कोरोना महामारीमै कांग्रेसमा चुनावी सरगर्मी
काठमाडौं : कोरोना भाइरसका कारण करिब चार महिना ठप्प प्रमुख प्रतिपक्षी कांग्रेसको आन्तरिक राजनीति लकडाउन खुकुलो भएसँगै गर्माएको छ। पार्टीको १४औं महाधिवेशन फागुनमै गर्ने गरी असार तेस्रो साता बसेको केन्द्रीय समिति बैठकले आन्तरिक कार्यतालिका परिमार्जन गरेपछि कांग्रेसमा चुनावी सरगर्मी एकाएक…
जुम्ला कोरोना सङ्क्रमण मुक्त
जुम्ला : जुम्लाजिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेका एक जना सङ्क्रमित आइतबार निको भएर घर फर्केपछि जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको हो । प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा निरज थापाले भन्नुभयो,“प्रतिष्ठानमा…
काठमाडौँमा थप आठ सहित १३० जनामा कोरोना सङ्क्रमण
काठमाडौँ : देशभर आज १३० जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या कूल १८ हजार ६१३ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४४० रहेको छ…
निर्मला हत्या प्रकरणका दुई वर्ष : नतिजा शुन्य
शेरबहादुर सिंह (रासस) : कञ्चनपुरको भीमदत्तनगरपालिका– उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको बताइएको दुई वर्ष बितिसक्दा पनि प्रहरी अपराधी नजिक पुग्न सकेको छैन । दुई वर्षअघि साउन १० गते साथीको घरमा स्कूलको गृहकार्य गर्न आएकी बालिका पन्तको…
पहिरामा स्काभेटर पुरियो , दुई चालक बेपत्ता
बागलुङ : बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ । गएराति साढे आठ बजे खसेको पहिरामा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले…
कोरोनाले विदेशमा थप एक नेपालीको मृत्यु
काठमाडौँ : विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस हप्ता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना नेपालीको निधन भएको हो ।स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार…
सोमबारबाट पुनः मौसम सक्रिय हुने
काठमाडौँ : आगामी सोमबारबाट पुनः मौसम सक्रिय हुने भएको छ । वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । यस वर्ष…
१०९ जनामा कोरोना संक्रमण पुष्टि, १०६ डिस्चार्ज
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप १०९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०६ जनाले कोरोना जितेका छन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या १३ हजार ५३…
कोरोना भाइरस सङ्क्रमितको संख्या एक करोड ५९ लाख नाघ्यो
जेनेभा : विश्वमा शनिबारसम्म एक करोड ५९ लाख ५५ हजार ८८७ जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी छ लाख ४३ हजार ४० व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको…
गोसाइँकुण्ड मेला यस पटक नहुने
रसुवा : जनैपूर्णिमा पर्वका अवसरमा यस वर्ष लाग्ने पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला स्थगित भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार कोभिड–१९ को सङ्क्रमण रोक्न मठमन्दिरमा भेला हुन नदिने सरकारको निर्णयलाई पालना गर्दै यही साउन १५ गते पुत्रदा एकादशीदेखि १९…
२४ घन्टामा १३३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं : शुक्रबार थप १३३ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १८ हजार ३७४ पुगेको हो । बुधबार १०० जना र बिहीबार १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको…
सीतापाइलामा युवतीलाई एसिड छ्याप्ने पक्राउ
काठमाडौं : काठमाडौंको सीतापाइलामा युवतीलाई एसिड छ्याप्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु…
कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ८१३ नाघ्यो
सुर्खेत : नेपाल सरकारले गत चैत ११ गतेदेखि घोषणा गरेको बन्दाबन्दी यही साउन ६ गतेराति १२ः०० बजेदेखि खुला गरेपछि नागरिकलाई राहत मिलेको छ । यद्यपि बन्दाबन्दीको राहतमा सरकारले निर्देशन गरेका विषयमा गम्भीर नभएर नागरिकको स्वास्थ्यमा आघात पुग्ने पनि त्यत्तिकै खतरा…
आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण
काठमाडौँ : विश्व बैंकले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१ प्रतिशत मात्रै रहने प्रक्षेपण गरेको छ । बैंकले पछिल्लोपटक जारी गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ अध्ययन प्रतिवेदनले विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ र त्यसको सङ्क्रमणको जोखिमबाट जोगिन गरिएको लकडाउनबाट समस्यामा परेको…
थप १४७ जनामा कोरोना पुष्टि
काठमाडौं : बिहीबार थप १४७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार दुई सय ४१ पुगेको छ। बुधबार १०० र मंगलबार १५० जनामा…
सञ्चालनमा आयो सार्वजनिक सवारीसाधन
काठमाडौँ : झण्डै चार महिनादेखि थन्किएका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आज करिव आधा सवारीसाधन सञ्चालन भएको जानकारी दिएको छ । पहिलो दिन बिहानैदेखि बस, मिनिबस, माइक्रो, टेम्पोलगायतका सवारीसाधन सञ्चालनमा आए पनि तीनमा यात्रु…
