काठमाडौँ : हावाको बेगसँगै भारतबाट नेपाल प्रवेश गरेको बालीनाशक किरा (सलह) विभिन्न जिल्लाबाट प्रवेश गर्ने क्रम अझै रोकिएको छैन । असार १३ गते पहिलो पटक रौतहट हुँदै नेपाल पसेको सलह कहिले पूर्वी जिल्ला त कहिले पश्चिम जिल्लाबाट प्रवेश गरिरहेको छ…
जेलमा रहेका शिक्षकलाई तलब
बैतडी : बैतडीमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहरिएका दुई शिक्षकलाई तलब दिएको खुलेको छ । जिल्लाको दोगडाकेदारस्थित बटैराज प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक रतनसिंह भण्डारी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भए पनि निजलाई कारवाही गर्नुको साटो तलब भत्ता दिएको अख्तियार दुरुपयोग…
तनहुँ पहिरो अपडेट : सातको मृत्यु, पाँच बेपत्ता, तीन घाइते
दमौली : अविरल वर्षासँगै आएको पहिरामा पुरिएर आज तनहुँमा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माझफाँटमा एकै परिवारका तीनसहित चार, ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैसीकिलेमा दुई र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको निधन भएको जिल्ला…
सोमबार थप १४४ जना कोरोना संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको संख्या १६ हजार ९ सय ४५ जना पुगेको छ। सोमबार सातवटै प्रदेशमा कोरोनाका बिरामी भेटिएका छन्।…
पहिरोमा पुरिएर दुईको मृत्यु, पाँच बेपत्ता
दमौली : अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको…
अमिताभ बच्चन र अनुपम खेरको परिवारलाई नै कोरोना : प्रधानमन्त्री ओलीले गरे स्वास्थ्य लाभको कामना
काठमाडौं :बलिउडका चर्चित कलाकार अमिताभ बच्चन र अनुपम खेरको परिवारलाई नै कोरोना भाइरसको संक्रमण देखिएको छ । अभिताभसँगै उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या राय र नातिनी आराध्यामा कोरोना भाइरसको संक्रमण देखिएको जनाइएको छ । उनको श्रीमती जयाको रिपोर्ट भने नेगेटिभ…
आइतबार थप ८२ जनामा कोरोना संक्रमण
काठमाडौं : पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको संख्या १६ हजार ८ सय एक पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन…
जाजरकोटका पाँच सय परिवार विस्थापित, नौ शव भेटिए
जाजरकोट : पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा ५०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट–४ जिरीका ३२ घर, गोठगाउँका आठ घर, मैनागाउँका ५० भन्दा बढी घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ । विस्थापित…
म्याग्दीको पहिरोमा मर्नेको सङ्ख्या २७ पुग्यो
म्याग्दी : म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या २७ जना पुगेको छ । प्रहरीका अनुसार बेपत्ता भएका तीनजना जीवितै सम्पर्कमा आएका छन् । चारजना अझै बेपत्ता छन् । धवलागिरि–६ मराङका १८, मालिका–७ बिमका ८…
कोरोना सङ्क्रमणबाट थप तीनको मृत्यु, मृतकको सङ्ख्या ३८ पुग्यो
काठमाडौँ : कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँका दुई र सिन्धुपाल्चोकका एकजना छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका–१० शङ्खमूलका ६० वर्षीय पुरुष र गोकर्णेश्वर नगरपालिका–४ का ५४…
शनिबार थप ७० जनामा कोरोना पुष्टि, ४३१ डिस्चार्ज
काठमाडौं : पछिल्लो २४ घण्टामा ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार…
म्याग्दीको पहिरोमा बेपत्तामध्ये २० जनाको शव भेटियो
बेनी : म्याग्दीको धवलागिरी, मालिका र रघुगंगा गाउँपालिकामा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका २० जनाको शव भेटिएको छ। बेपत्ताको खोजीमा परिचालन भएको नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीले पहिरोले पुरिएकाको शनिबार दिउँसो शव फेला पारेका हुन् । हालसम्म…
कोरोनाबाट विश्वभर एक करोड २६ लाखभन्दा बढी सङ्क्रमित, पाँच लाख ६३ हजारको मृत्यु
वासिङ्टन : विश्वभर कोभिड–१९ बाट विश्वभर एक करोड २६ लाखभन्दा बढी सङ्क्रमितभएका र पाँच लाख ६३ हजारभन्दा बढीको शनिबारसम्म मृत्यु भएको जोन हकिन्स विश्वविद्यालयद्वारा सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । उक्त विश्वविद्यालयको तथ्याङ्क अनुसार विश्वभर ७३ लाख कोरोना भाइरस…
सलह किन्न पाँच लाख बजेट
बनियानी : झापाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि रु पाँच लाख बजेट विनियोजन गरेको छ । सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले उक्त बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिनुभयो । “सलह किरा नियन्त्रण र यसबाट…
बाढी पहिरोको बितण्डा : गण्डकी प्रदेशमा ११ को मृत्यु, १२ बेपत्ता
पोखरा : बिहीबार राति परेको पानीका कारण गण्डकी प्रदेशमा ११ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन् ।अविरल रुपमा परेको पानीका कारण पहिरोमा परी कास्कीमा सात, लमजुङमा तीन र म्याग्दीमा एक जना गरी ११ जनाको मृत्यु भएका…
११८जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११८ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको हो।…
सत्तापक्ष र प्रतिपक्ष दुवै भूमिकामा नेकपा : प्रमुख विपक्षी दल कांग्रेस कता ?
संसद अधिवेशन चलिरहेकै बेला सभामुख, सरकारका बहालवाला मन्त्रीहरू र प्रमुख प्रतिपक्षी दल कसैलाई पनि सुइँकोसमेत नै नदिई संसदको अधिवेशन हठात् अन्त्य गर्ने प्रधानमन्त्री ओली र बिना सोच बिचार वायुवेगमा प्रधानमन्त्रीको त्यस्तो लोकतन्त्र विरोधी कदमलाई सदर गर्ने राष्ट्रपतिको विरुद्धमा कांग्रेसले जुन…
