विशेष Archives | Page 197 of 242 | नेपालमाला

 

कैलाश जान नेपाली भूमिमै खोलिँदै ट्र्याक

काठमाडौं : भारतले महाकाली नदीपूर्व नेपाली भूभाग गुन्जी हुँदै लिम्पियाधुरातर्फ जाने सडक मनोमानी ढंगले बनाइरहेको छ।  कोरोना महामारीकै मौकामा भारतको सीमा सडक संगठन बोर्डर रोड अर्गनाइजेसन (बीआरओ)ले गुन्जी–जोलिंकन सडक निर्माणलाई तीव्रता दिएको हो। भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूभाग तवाघाटबाट…

राखेप सदस्य सचिवमा सिलवाल, थापा र श्रेष्ठको नाम सिफारिस

काठमाडौँ : राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्य सचिवका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा रमेशकुमार सिलवाल, लीलबहादुर थापा र अञ्जु श्रेष्ठ छन् । सिफारिस समितिले सदस्य सचिवका लागि सिलवाल, थापा र श्रेष्ठको नाम युवा तथा खेलकूदमन्त्री…

कोरोना संक्रमितको संख्या १ करोड ५० लाख नाघ्यो

जेनेभा : विश्वमा बुधबारसम्म १ करोड ५० लाख ९९ हजार ८२४ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी ६ लाख १९ हजार ६१४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार जानकारी दिएको…

बुधबार थप १०० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : बुधबार थप १०० जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १८ हजार ०९४ पुगेको छ । मंगलबार १५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको…

नारायणगढ–मुग्लिन सडकमा पुनः पहिरो

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ । भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार चारकिलोको पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो खसेको हो…

वीपी स्मृति दिवस : तरुण दलद्वारा बाल आश्रमका बालबालिकालाई फलफूल वितरण

काठमाडौं : जननेता वीपी कोइरालाको ३८औं स्मृति दिवसका अवसरमा नेपाल तरुण दल केन्द्रीय समितिले बाल आश्रममा आश्रित बालबालिकालाई फलफूललगायत विभिन्न सामग्री वितरण गरेको छ । मंगलबार बिहान काठमाडौं महानगरपालिका–१४, कुलेश्वरमा रहेको बाल संरक्षण अभियान नेपालको आश्रममा पुगेर तरुण दलले फलफूल,…

साग स्वर्ण विजेतालाई नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले सम्मान गर्ने

काठमाडौं  : नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ । विभागको साउन ५ गते बसेको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा विभाग प्रमुख मोहनबहादुर…

मंगलबार थप १५० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : मंगलबार थप १५० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १७ हजार ९सय ९४ पुगेको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६०९ जनाले कोरोना जितेर घर…

सात जिल्ला कोरोनामुक्त

काठमाडौं : पछिल्लो समय नेपालमा कोरोना संक्रमण दर घट्दै गएको मन्त्रालयले जनाएको छ।संक्रमण दर घट्दै गएसँगै ७ जिल्ला कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन्। भोजपुर, पाँचथर, धनकुटा, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको…

पृथ्वी राजमार्ग खोल्न दुई दिन लाग्ने

चितवन :  पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ । सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ । कार्यालयका प्रमुख ई…

१८६ जना कोरोना संक्रमित थपिए

काठमाडौं : सोमबार थप १८६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १७३ जनाले कोरोना…

आगामी २४ घण्टा मुलुकभर नै वर्षा   

काठमाडौँ :  मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टामा पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिएको छ । विभागका अनुसार अहिले मुलुकभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद्…

कोरोनाबाट मृत्यु हुनेको संख्या छ लाख ८ हजार नाघ्यो

जेनेभा : विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ८ हजार ९७८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ । सो संगठनकाअनुसार सोमबारसम्म विश्वभरीमा १ करोड ४६ लाख ४६ हजार ७०७ जना व्यक्ति कोरोना संक्रमित…

अनियमितताको दलदलमा रेडक्रस सोसाइटी

–कालिका खड्का महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले नेपाल रेडक्रसमा लामो समयदेखि भइरहेकोे व्यापक अनियमिताका विषयमा छानबिन भइरहेको बताउनुभएको छ । मन्त्री गुरुङले भन्नुभयो, “नेपाल रेडक्रसको अनियमितता र कार्यशैलीका विषयमा मन्त्रिपरिषद्मा अध्ययन र छलफल गर्न अझै बाँकी रहेको छ,…

आइतबार फेरि बढ्यो कोरोना संक्रमितको संख्या

काठमाडौं : पछिल्लो २४ घण्टामा तीन हजार सात सय ४१ जनाको पीसीआर परीक्षण गर्दा नेपालमा १५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार  आइतबार १५६ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको…

कर्णालीका ८७ प्रतिशत सङ्क्रमितले कोरोना जिते

कर्णाली : पछिल्लो समयमा कर्णालीमा निको भएर घर फर्कने कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि आएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले शनिबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार १७ सङ्क्रमित निको भएर घर फर्केका छन् । कोरोनाबाट निको भएर घर फर्कने सङ्ख्या…

कोरोनाबाट विदेशमा १६० नेपालीले ज्यान गुमाए

काठमाडौँ : विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट विदेशमा १६० नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बितेका सात दिनमा कतारमा आठ, कुवेतमा तीन र संयुक्त अरब इमिरेट्समा पाँच जनाको मृत्यु भएको छ । शनिबार साँझसम्म विश्वका विभिन्न…