विशेष Archives | Page 200 of 241 | नेपालमाला

 

होम क्वारेन्टिनमा बस्ने व्यक्तिलाई मात्रै उपत्यका भित्रिन दिने

काठमाडौँ : सरकारले अनिवार्य होम क्वारेन्टिनमा बस्ने व्यक्तिलाई मात्रै उपत्यका भित्रिन दिने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सेन्टर (सिसिएमसी) को आजको बैठकले होम क्वारेन्टिन बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको हो ।…

कोरोना सङ्क्रमितको सङ्ख्या १३ हजार पुग्यो

काठमाडौँ : गत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमित १२१ जना आज निको भई ‘डिस्चार्ज’ भएका छन् । हालसम्म २६६ महिला र दुई हजार ८६६ पुरुष गरी जम्मा तीन हजार १६४ जना डिस्चार्ज हुनुभएको छ । हालसम्म कोरोना निको भएर डिस्चार्ज…

काँग्रेसको १४औँ महाधिवेशन फागुन ७ मै

काठमाडौँ : नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी फागुन ७ गते नै गर्ने गरी अन्य अधिवेशनका कार्यतालिकामा भने कोभिड–१९ का कारण सामान्य हेरफेर हुने जनाएको छ । पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा १४औँ महाधिवेशन निर्धारित समयमै गर्ने र…

कोरोना संकटमै ११ हजार श्रमिक फर्किए

काठमाडौं : विदेशमा समस्या परेका ११ हजार ३ सय ७१ नेपाली स्वदेश पर्किएका छन्। जेठ २२ गतेदेखि असार १३ गते शनिबारसम्म विभिन्न मुलुकबाट कोरोनाका कारण समस्यामा परेका ११ हजार ३ सय ७१ नेपाली स्वदेश फर्काइएको हो। कोभिड–१९ नियन्त्रण व्यवस्थापन समितिका अनुसार…

थप ४६३ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमिततको संख्या १२ हजार सात सय ७२ पुगेको छ। आइतबार मात्र ४६३ जनाको रिपोर्ट पोजिटिभ आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार  नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ हजार…

 प्रदेश २ मा २९ नयाँ सङ्क्रमित थपिए

धनुषा : प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा धनुषा, महोत्तरी तथा पर्सामा गरेर कूल २९ जनामा कोरोना सङ्क्रमण भेटिएको छ । प्रादेशिक प्रयोगशाला जनकपुरधाम तथा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिइएको पीसीआर परीक्षणमा धनुषामा तीन जना, महोत्तरीमा २४ जना…

हावाको दिशा र गतिमा आएको परिवर्तनले सलह भित्रियो

काठमाडौँ : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हावाको दिशा र गतिमा आएको परिवर्तनले नेपालमा सलहको सानो झुण्ड भित्रिएको अनुमान गरेको छ । नेपालमा मनसुन शुरु भइसकेको सन्दर्भमा यस कीराको प्रवेश हुने सम्भावना न्यून रहेको आँकलन हुँदै गर्दा मौसममा आएको परिवर्तन…

७७ जिल्लामै कोरोना फैलियो : संक्रमितको संख्या १२ हजार नाघ्‍यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमिततको संख्या १२ हजार नाघेको छ । शनिबार मात्र पाँच सय ५४ जनाको रिपोर्ट पोजिटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार मात्र  पाँच सय ५४ जनामा संक्रमण पुष्टि…

नेपाल भित्रियो सलह किरा

काठमाडौं । नेपालमा सलह फट्याङग्रा प्रवेश गरेको छ । शनिबार बिहान ७ देखि ८ बजेको समयमा तराईको विभिन्न सीमाबाट नेपालमा यो फट्याङग्रा प्रवेश गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालय अन्तर्गतको प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख…

बक्सिङ संघमा बेथिति : अध्यक्ष अवालेको अकर्मन्यताले विधानको धज्जी

काठमाडौं : नेपालका अधिकांश खेल संघहरु राष्ट्रिय खेलकुद परिषद् (राखेप)को अधिनमा रहन्छ । राखेपको विधिविधान र ऐननियम अनुसार सञ्चालन हुने गर्दछ । अधिकांश संघ राखेपकै विधान अनुरुप सञ्चालन हुँदै आएका छन् । राखेपमा दर्ता भएका पुराना संघमध्ये नेपाल बक्सिङ संघ…

गण्डकीमा थप ३२ जनामा कोरोना

काठमाडौं : गण्डकी प्रदेशमा १२ महिने शिशुसहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकीका ३ जिल्लामा कोरोना पुष्टि भएको हो । शनिबार कोरोना पुष्टि…

कर्णालीमा २६ सङ्क्रमित थपिए, संक्रमितको संख्या १,४३३ पुग्यो

सुर्खेत : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण कर्णालीका थप २६ जनामा पुष्टि भएको छ । शुक्रबार २६ जना थपिएसँगै कर्णाली प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ४३३ पुगेको हो । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले…

नेपालको जनसङ्ख्या तीन करोड नाघ्यो

काठमाडौँ : नेपालको जनसङ्ख्या आजदेखि औपचारिक रुपमा तीन करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार देशको जनसङ्ख्या आज तीन करोड ६३४ पुगेको छ । विभागले राष्ट्रिय जनगणना, २०६८ को जन्म, मृत्यु र बसाइँसराइ दरको तथ्याङ्कमा आधारित भएर मुलुकको जनसङ्ख्या…

थप ५९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमिततको संख्या ११ हजार सात सय ५५ पुघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार ५९३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ११ हजार सात सय ५५ पुगेको हो। मन्त्रालयका…

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

कास्की : गण्डकी प्रदेशमा आज थप २५ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान विज्ञप्ति जारी गरी तनहुँमा दुई, स्याङ्जा र बागलुुङमा एक÷एक तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २१ जनामा सङ्क्रणमण पुष्टि भएको जनाएको…

कोरोना संक्रमितको संख्या ११ हजार नाघ्‍यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमिततको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार ४३४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ११ हजार एक सय ६२ पुगेको हो । मन्त्रालयका अनुसार बिहीबार…

कोरोना अपडेट : विश्वभर ४ लाख ८५ हजारको मृत्यु

जेनेभा  : महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ४ लाख ८५ हजारभन्दा बढी मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनका अनुसार कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ९५ लाख ४३ हजार पुगिसकेको छ जसमध्ये करिब ५२ लाख मानिस निको…