विशेष Archives | Page 200 of 242 | नेपालमाला

 

सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय

काठमाडौँ : समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ । सो पार्टीको आज बसेको पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो । समाजवादी पार्टीका प्रचार…

शैलेश थापा आईजीपी नियुक्त

काठमाडौं : शैलेश थापा क्षत्री नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त भएका छन् ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको सिफारिसमा थापालाई आईजीपी नियुक्त गरेको हो । आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बुधबारबाट अनिवार्य अवकाश लिँदै छन्। २८औं आईजीपीको ‘दौड’मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर…

कोरोना संक्रमितको संख्या १६ हजार नाघ्‍यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १६ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितको संख्या १६ हजार एक सय ६८ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र २०४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ…

घर बाहिर निस्कँदै हुनुहुन्छ ? माक्स लगाउन नभुल्नु होला नत्र प्रहरीको फन्दामा परिन्छ

काठमाडौं : तपाई घर बाहिर निस्कँदै हुनुहुन्छ । माक्स अवश्य लगाउनु होला । नत्र तपाईं प्रहरीको फन्दामा पर्न सक्नु हुन्छ । मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने भएको छ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न…

उपत्यकामा दिनदिनै बढ्दै छन् कोरोना संक्रमित

काठमाडौँ :  कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण उपत्यकामा बढेको पाइएको छ । उपत्यकामा मानिसहरु भित्रेसँगै सङ्क्रमित बढेको पाइएको हो । अहिले दैनिक उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ । आइतबार ३० जना सङ्क्रमित देखिएका थिए भने आज ५४ जनामा देखिएको…

४२ दशमलव सात प्रतिशतले जिते कोरोना

काठमाडौँ :  नेपालमा कोभिड–१९ का जम्मा सङ्क्रमितमध्ये ४२ दशमलव सात प्रतिशत सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या छ हजार ८११ पुगेको…

कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १५ हजार ९६४  पुगेको छ। सोमबार १८० जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १५ हजार ९६४ पुगेको हो।आइतबार मात्रै २९२ जनामा कोरोना संक्रमण देखिएको थियो। मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा २९ हजार २१५  रहेका…

तनहुँमा ६७ जनाले जिते कोरोना

तनहुँ : तनहुँमा हालसम्म ६७ जनाले कोरोना जितेर घर फर्किएका छन् । व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आइसोलेशनबाट सोमबार एकैदिन ३२ जनाले कोरोना जितेर घर फर्किएसँगै उक्त सङ्ख्या पुगेको हो । उक्त आइसोलेशनमा बस्दै आएकामध्ये सबैभन्दा बढी ऋषिङ गाउँपालिकाका…

नेकपाको बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुनः स्थगन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको नेकपाको पाँचौँ बैठक यही असार २४ गते (बुधबार)सम्मका लागि स्थगन गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । यसअघि…

ढलबाट कोरोना सङ्क्रमण भएको प्रमाण छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौँ :  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फोहर पानीको ढलमा कोभिड– १९ को सङ्क्रमण देखिएको प्रमाण कहीँकतै फेला नपरेको बताएको छ । आज मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ढलको पानीमा कोभिड– १९ को भाइरसको पहिचान भए पनि यसको माध्यमबाट मानिसमा भाइरस…

२९३ सङ्क्रमित थपिए, १३२ डिस्चार्ज

काठमाडौँ : कोभिड– १९ को सङ्क्रमण आज २९३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मुलुकभरिका २५ प्रयोगशालामा गरिएको परीक्षणमा २९३ जनामा सङ्क्रमण देखिएको बताउनुभयो । आज देखिएका सङ्क्रमणसँगै…

२३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार चार सय ९१ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १५ हजार चार सय ९१ पुगेको छ। बिहीबार मात्र दुई सय ३२ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १५ हजार चार सय ९१ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका…

बक्सिङ संघको अनियमितता लुकाउन विज्ञप्तिको झटारो

काठमाडौं : नेपाल बक्सिङ संघमा भएको आर्थिक अपारदर्शिता, अनियमितता, संघको विधानविपरीतका गतिविधि र अध्यक्ष राम अवालेको असक्षमता एवं नालायकीपनका बारेमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि अवाले परिवार निकै अत्तालिन पुगेको बुझिएको छ । विभिन्न सञ्चार माध्यममा आएका समाचार सामाजिक…

गोरखामा एकको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ पुग्यो

गोरखा : कोरोनाबाट संक्रमित एकको गोरखा अस्पतालमा मृत्यु भएको छ। पालुङटार नगरपालिका- ७ पुर्नेपिपलबाट शुक्रबार गोरखा अस्पतालको आइसोलेशनमा भर्ना हुन आएका संक्रमितको शनिबार बिहान साँढे पाँचबजे मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ। कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका ४४ वर्षका उनी मधुमेह…

कर्णालीका ८० प्रतिशत सङ्क्रमित निको भए

सुर्खेत : कर्णालीमा कोरोना सङ्क्रमित हुनेको भन्दा निको भएर घर जानेको सङ्ख्यामा वृद्धि भएको छ । शुक्रबार ५१ सङ्क्रमित निको भएर घर फर्केसँगै यस प्रदेशका कूल सङ्क्रमितमध्ये ८० प्रतिशत निको भएका छन् । दुई महिलासहित ५१ जना घर फर्केका छन्…

एमसीसी ‘होल्ड’मा : अर्थमन्त्री खतिवडा

काठमाडौँ : नेपाल सरकारले अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी कम्प्याक्ट) सम्झौता हाल ‘होल्ड’ मा रहेको जानकारी दातृ मुलुक संयुक्त राज्य अमेरिकालाई गराएको छ । उक्त सम्झौता संसद्मा अनुमोदनको समयावधि (असार १६) मा अनुमोदन नभई गुज्रिएकाले अर्थ मन्त्रालयले एमसीएमार्फत्…

थप ७४० जनामा कोरोना पुष्टि : संक्रमितको १५ हजार नाघ्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ। बिहीबार मात्र  ७४०  जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १५ हजार २५९ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना जित्नेको संख्या ६ हजार…