कोरोना संक्रमितको संख्या १७ हजार नाघ्‍यो

काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १७ हजार ६१ पुगेको हो ।

पछिल्लो २४ घण्टामा चार हजार तीन सय ६१ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । अहिले क्वारेन्टाइन २४ हजार सात सय १६ जना छन् ।

आइसोलेसन ६ हजार ६ सय ९५ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा ३४ जनाले कोरोना जितेका छन् ।

मन्त्रालयका अनुसार १० हजार तीन सय २८ जनाले अहिलेसम्म कोरोना जितेका छन् । यो संख्या कुल संक्रमितमध्ये ६० प्रतिशत बढी भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments