बिहीबार थप १६७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा १६७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार  बिहीबार थप १६७ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा २१३ जनाले कोरोना जितेका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या ११ हजार दुई सय ४९ पुगेको छ। पछिल्लो २४ घण्टामा चार हजार नौ सय ८१ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गरिएको थियो। अहिले क्वारेन्टाइनमा २३ हजार पाँच सय रहेका छन्। आइसोलेसनमा ६ हजार ५६ जनाको उपचार भइराखेको छ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments