ओरालो लाग्दै कोरोना ग्राफ

काठमाडौं : पछिल्लो समय नेपालमा कोरोना संक्रमितको ग्राफ ओरोलो लाग्न थालेको छ । यो क्रम यही साउन १ गतेदेखि निरन्तर ओरोलो लाग्न थालेको हो । तेस्रो मुलुकसँगको हवाई सम्पर्क ठप्प हुनु र छिमेकी मुलुक भारतबाट नेपाल भित्रिने नेपालीको संख्या पनि कम भएका कारण कोरोनाको ग्राफ ओरालो लाग्न थालेको विज्ञहरुले जनाएका छन् ।
विगत २४ घण्टामा तीन हजार तीन सय ३१ जनाको पीसीआर परीक्षण गर्दा नेपालमा ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार थप १०१ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०३ जनाले कोरोना जितेका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ३७ पुगेको छ। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ६६ दशमलव १२ प्रतिशत पुगेको छ।

मन्त्रालयका अनुसार अहिले क्वारेन्टाइनमा २३ हजार दुई सय ७५ रहेको छ। पाँच हजार आठ सय २५ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। कोरोनाले ज्यान गुमाएनेको संख्या भने ४० पुगेको छ।

पाँच सय बढी संक्रमित भएका तीन जिल्ला छन् । मन्त्रालयका अनुसार रौतहट, कैलाली र बाजुरामा पाँच सय बढी संक्रमित रहेका छन् । त्यसैगरी कोरोना संक्रमण शुन्य हुने जिल्ला भोजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ र हुम्ला हुन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments