झापा : कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिएसँगै झापाका चार स्थानीय तहले बन्दाबन्दी घोषणा गरेका छन् । जिल्लामा समुदायमा रहेका ५१ जना कोरोना सङ्क्रमित भएपछि पालिकाहरु धमाधम बन्द हुन थालेका हुन् । बन्दाबन्दी घोषणा गर्नेमा दमक र मेचीनगर नगरपालिका तथा कमल…
४६८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं : पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ ।…
पहिरामा परेर एकै दिन १७ को मृत्यु, २८ बेपत्ता
काठमाडौँ : मुलुकका विभिन्न क्षेत्रमा पहिरामा परेर आज एकै दिन १७ जनाको मृत्यु भएको छ । अन्य २८ जना बेपत्ता छन् । सबैभन्दा ठूलो पहिरो सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा खसेको छ । त्यसगाउँमा मात्रै १० जनाको मृत्यु भएको र अन्य…
उपत्यकामा ११९ जना कोरोना संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ११९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बुधबार १३८ जना र बिहीबार १२७…
कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुग्यो
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्याले २५ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५९४ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ। पछिल्लो…
बक्सिङ संघमा पुस्कर पन्तको शंकास्पद् भूमिका : पहिले राजीनामा अहिले सक्रिय
काठमाडौं : भनिन्छ कहिँ नभएको जात्रा हाँडीगाउँमा हुन्छ । यही प्रसंग नेपाली खेलकुदमा भने नेपाल बक्सिङ संघमा लागु हुने गरेको छ । अध्यक्ष राम अवालेको असक्षमता, अकर्मन्यता, नातावाद र कृपावादका कारण विगत लामो समयदेखि नेपाल बक्सिङ संघभित्र गाईजात्रा चलिरहेको छ…
लिदी गाउँका १३ घर पुरियो, १५ जना घाइते
सिन्धुपाल्चोक : अविरल वर्षाको कारण जुगल गाउँपालिका–२ लिदिमा आज बिहानको ६ बजे भीषण पहिरो गएको छ । लिदी गाउँका १३ घर पुरिएको र केही थप घर जोखिममा रहेको जानकारी प्राप्त भएको गाउँपालिका उपाध्यक्ष श्रीजना तामाङले जानकारी दिनुभयो । पहिरोले…
कोभिड–१९ : सङ्क्रमणसँगै मृत्युको बढ्दो ग्राफ
काठमाडौँ : मुलुकमा कोभिड–१९ को सङ्क्रमणसँगै मृत्युको ग्राफ क्रमशः बढ्दै गएको छ । बुधबार एकै दिन कोरोनाका कारण आठ जनाले ज्यान गुमाए । आज बिहीबार चार जनाले ज्यान गुमाएका छन् । यही साउन २२ देखि २९ गतेसम्मको आठ दिनमा मात्रै…
कोरोनाले मृत्यु हुनेको संख्या ९५ पुग्यो, १६ हजार ८३७ डिस्चार्ज
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार संक्रमितको मृत्यु भएको हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार महोत्तरीको मटिहानी नगरपालिका-६ का एक ४५ वर्षीय पुरुषको साउन…
बाहिरी जिल्लाबाट काठमाडौं प्रवेशमा पूर्ण बन्देज
काठमाडौं : काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमित वृद्धि हुन थालेपछि काठमाडौं आवतजावत गर्ने दिइने पास पूर्ण रूपमा बन्द गरिएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयको निर्देशनमा उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास पूर्ण रूपमा बन्द गरेको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंका…
कोरोना संक्रमितको संख्या २४ हजार नाघ्यो, बुधबार थप ४८४ जनामा पुष्टि
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्याले २४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा संक्रमितको कुल संख्या २४ हजार…
डोटी बस दुर्घटना : तीन मृतकको सनाखतः ३३ घाइते
डोटी : पूर्वीचौँकी गाउँपालिका–१ फुलौटमा आज बिहान करिब ६ बजे भएको बस दुर्घटनामा परी निधन भएका तीन जनाको सनाखत भएको छ । घटनामा ३३ जना घाइते भएका छन् । तिनमा १२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा…
सुनको मूल्यमा भारी गिरावट
काठमाडौँ : नेपाली बजारमा आज पहेँलो धातुको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु छ हजार २०० ले घटेको छ । महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार…
डोटीमा बस दुर्घटना : तीनको मृत्यु, ३२ घाइते
डोटी : जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९…
धनुषामा कोरोनाबाट थप एकको मृत्यु
धनुषा : धनुषामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । विदेह नगरपालिका–८ निवासी ६० वर्षीय पुरुष बद्री मण्डलको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड–१९ विशेष अस्पतालमा करिब १८…
घर भत्किएर एकै परिवारका ४ को मृत्यु
डोटी : गएराति घर भत्किएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ बाँझककानी, खलगडामस्थित लोगे लुहारको घर भत्किँदा चार जनाको मृत्यु भएको हो । पाँच जना घाइते भएका छन् । राति करिब साढे…
नेपाली कांग्रेसको पुनर्जागरण : रामचन्द्र पौडेलको दृष्टिकोण
१. पार्टीमा नवजीवन – “निमुखालाई न्याय र विपन्नलाई आय” साकार पार्न कर्मशील कांग्रेसको निर्माण । सैद्धान्तिक विचलन नभएको स्वच्छ छवि । देशभक्ति र फराकिलो राष्ट्रवादी विचार । संसद, सडक र बस्ती–बस्तीमा भरोसाको केन्द्र कांग्रेस । न्याय, पारदर्शी म’ल्याङ्कन र निष्पक्षता…
