बुधबार ६८१ जनामा कोरोना भाइरस पुष्टि, संक्रमितको संख्या २८ हजार ९३८ पुग्यो

काठमाडौं : पछिल्लो २४ घण्टामा ६८१जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

यस्तै मन्त्रालयका अनुसार ३ हजार १ सय ३१ जना होम आइसोलेसनमा रहेका छन्। क्वारेन्टाइनमा १३ हजार ५७१ जना रहेका छन् भने आइसोलेसनमा ११ हजार १ सय १८ जनाको उपचार भइरहेको छ। पछिल्लो २४ घण्टामा १२० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय पुगेको छ। नेपालमा कोरोनाबाट १२० जनाको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट १२० जनाको मृत्यु भएको छ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments