६३४ जनामा कोरोना संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण ६३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसहित संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले बताए।

२४ घण्टामा जम्मा १ सय २४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १८ हजार ३ सय ५० जना पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिए।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments